आज विभिन्न समस्याले नेपालीहरु हर दिन बिदेशी रहेका छन् । यो क्रम घट्दो होइन बल्की बढ्दो छ । यसरी निरन्तर युवा शक्ति विदेशिने क्रमलाई समयमै नरोक्ने हो भने कुनै दिन ओल्लो घरको मलामी जान पल्लो घरको छिमेकीलाई गुहार्नु पर्ने स्थिति आउँदैन भन्न सकिन्न । र, अर्को महत्वपूर्ण कुरो युवा शक्ति भनेको देश विकाशको खम्बारपिलर हो तसर्थ यस शक्तिलाई देश भित्रै कसरि सदुपयोग गर्ने यस तर्फ समयमै ध्यानाकर्षण नहुने हो भने देशले ठुलो क्षति बेहोर्नु पर्ने छ ।
कोहीं विद्यार्थी भिसामा जाने, कोहीं कलाकार भएर जाने, कोहीं पत्रकार भएर जाने, कोहीं टुरिस्ट भिसामा जाने र उतै गायब हुने उनीहरुको लागि यो बाध्यात्मक हुन सक्छ र, हो पनि । यस बाहेक सबै भदा बढी कामकै सिलसिलामा जाने बढी छन् । गल्फ, युरोप, अमेरिका, जापान आदि ठाउँमा अहिले लाखौं नेपालीहरु कार्यरत छन् । विदेश जाने नेपालीहरुबाट आर्जन हुने रेमिट्यान्सले देश विकासमा टेवा पुर्याएको कुरालाई हामीले स्वीकार्नु पर्छ तर त्यहीं युवा शक्तिलाई यदि स्वदेशमै सर्वसुलभ रोजगारको व्यवस्था भएमा
देश विकाशको रÇतारले अझ द्रूत गति लिनेछ ।
अब सम्बन्धित निकायले यो बुझ्नु आवश्यक छ यसरी विदेशमा लाखौंको संख्यामा रहेको नेपाली जब केही आर्थिक स्थिति सुधार गरि स्वदेश आÇनै गाउँ, ठाउँ, माटोमा फर्किन्छन् उनीहरुलाई त्यहीं स्तरको एउटा राम्रो अवसरको व्यवस्था गर्नु पर्छ । जसबाट उनीहरुले विदेशमा दु:ख गरी, पसिना बगाई कमाएको धनले उनीहरु आफैलाई पनि निरन्तर केहि गर्ने प्रेरणा मिलोस् र त्यसले देशलाई टेवा पनि पुगोस् । यसले गर्दा कामको विनिमयमा स्थानिय स्तरलाई पनि फाइदा नै पुग्ने छ ।
यदि नेपाल सरकारले राम्ररी यस तर्फ ध्यान दिने हो भने उसले विदेश बाट फर्किएर आएकाबाट प्रशस्त लाभ उठाउन सक्ने यात्र तत्र सम्भावनाहरु छन् । बाध्यतावश विदेशिएका नेपालीहरुले कुनै न कुनै काम र शीप जानेरै फर्केका हुन्छन् । उनीहरुलाई त्यहीं अनुरुपको सुलभ अवसर प्रदान गर्ने, कसले के गर्न सक्छ, कुन काममा पोख्त छ उसलाई त्यहीं गर्न दिने जसबाट समाज लाभान्वित होस्, समाजबाट देश ।
अहिले देशको अन्योलपूर्ण स्थितिले गर्दा स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुमा हर दम चिन्तित तुल्याएको छ । आकाशिएको महंगाईले गरीब जनताको डाड सेकिएको छ उनीहरु कसरी जिउने अब भोलि पो अलि राम्रो हुन्छ कि देशको स्थिति अब भोलि पो अझ राम्रो हुन्छ कि भन्दै आशा माथि आशा खापट्यएर जिइरहेका छन् । तर देशको स्थिति भने उस्तै वाक्क दिक्क लाग्दो । यहाँ यसको अनर्थ नलागोस् यसको मतलव जनताको कुनै जिम्मेवारी छैन भन्ने भने पटक्कै होइन अवस्य छ त्यसैले त उनीहरुले आर्जन गरेको पैसा सुनिश्चित लगानी गर्ने बाटो देखाउनु पर्यो त्यसबाट ऊ आफैं, समाज र देशलाई नै अवश्य टेवा पुग्ने छ ।
विदेशमा भएकाहरुको सबै भन्दा बढी चिन्ता के मा छ भने अब आÇनो देश त जाने गएर गर्ने के ? दु:ख गरेर कमाएको अलिकति धन के मा, कसरि लगानी गर्ने ? कोहींसँग धन नभएर चिन्ता कोहीसँग धन भएर नि त्यसलाई सहि रुपमा सदुपयोग गर्ने त्यो उचित स्थान नै छैन । साँच्चै भन्नुपर्दा लगानी गर्ने अवसर र स्थान नहुँदा आÇनो बल भइन्जेल बिदेशमा कमाएको धन स्वदेशमा फर्के पछि केहि समय बसेर खाने आरामको जिन्दगी बिताउने अनि बुढेसकाल नलाग्दै अस्ति कमाएको धन सकिन्छ अनि अवस्था ज्यूँका त्यूूँ । त्यस अवस्थाको दोषी को ?
यस्तो अवस्था आउन नदिन र बल र बुत्ता हुँदासम्म कमाएको धन उचित लगानी गरि सुनिश्चित भविष्य बनाउन सकिने त्यसबाट परिवार, समाज र देशलाइ नै टेवा पुग्ने यस्ता खाले प्रोत्साहित पूर्ण सु–अवसर सर्व सुलभ दिलाउने कार्य सम्बन्धित निकाएले गर्नु पर्छ । र ,अहिले अन्योलपूर्ण बिदेशी भूमीमा रहेका ती नेपालीहरु पक्कै लगानीको लागि लालाइत हुने छन् ।
(काठमाण्डौ घर भएकी लेखिका राई हाल इजरायलमा बस्दै आउनुभएको छ )
प्रकाशित मिति:२०७० असार २० गते बिहीवार
Nepalese Rupee Exchange Rate