राष्ट्रपति यादवको सबै परीक्षण सकिएकोले आज प्रतिवेदन आउने उपचारमा संलग्न चिकित्सकहरुलाई उधृत गर्दै जापानस्थित नेपाली दुतावासले जनाएको छ । टोकियो शिक्षण अस्पतालका प्रध्यापक तोसिकाइ वाकानाबे नेतृत्वको टोलीले गरेको परीक्षणको स्वास्थ्य रिपोर्ट आएपछि थप उपचारको प्रक्रिया अगाडि बढाइने दुतावासले जनाएको छ ।
राष्ट्रपति डाक्टर यादव गत मंगलबार उपचारका लागि जापान गएका हुन् । त्यसअघि उनको प्रारम्भिक परीक्षण काठमाडौंको शिक्षण अस्पताल र ग्राण्डी अस्पतालमा गरिएको थियो ।