अपहरित राजु प्रजापतिको बुवालाई ज्यान मार्ने धम्की

विगत ८ महिना देखि अपहरणमा परेको छोरोको वास्तविक अवस्था पत्ता नलागिरहेको पिडाले पिरोलिरहेको बुवालाई सोहि अपराधिक समुहले बारम्बार फोन गरि ज्यान मार्ने धम्की दिन थाल्दा कस्तो महसुस हुन्छ होला ? हो यस्तै घटना दोहोरिरहेको वीरगंज वडा नम्वर ६ विनासी अपहरित राजु प्रजापतिका बुवा शम्भु प्रजापतिलाई । छोरा राजु वीरगंजको घण्टाघरबाटै गत अशोज २१ गते दिउँसै अपहरण परेको र अहिले सम्म वास्तविक अवस्था पत्ता नलागिरहेको अवस्थामा उनका बुवा शम्भुलाई पनि बारम्बार तिनै
पहरणकारीहरुले ज्यान मार्ने धम्की दिइरहेको भन्दै अहिले जीउज्यानको सुरक्षाका लागि भन्दै शम्भुले जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा गार्ड लिएका छन् ।
छोरा अपहरणकारीहरुले ७० लाख रुपैयाँ फिरौती बापत मागेको र १० लाख बुझाउँदा पनि छोरा नफर्काइ अझै सम्म बेपत्ता पारेको भन्दै उल्टै अहिले सम्म पनि आफुलाई ज्यान मार्ने धम्की दिइरहेको शम्भुले गुनासो गरे । शम्भु प्रजापतिले गत बैशाख ४ गतेबाट सुरक्षा गार्ड पाएका हुन् । उनले आज फेरी स्थायी रुपमा नै सुरक्षा गार्डको आवस्यक परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । अपराधिक समूहले बारम्बार ज्यान लिने धम्की दिएकाले सुरक्षा गार्डको माग गरेको प्रजापतिले बताउनु भयो । यता प्रमुख जिल्ला अधिकारी कैलासकुमार बजिमय र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले भने सुरक्षा गार्ड (पिएसओ) अस्थायी, स्थायीको रुपमा नहुने भन्दै आवश्यकता महशुस भएसम्म रहने र त्यसपछि फिर्ता हुने बताउनु भयो । पिएसओ दिँदा जिल्ला सुरक्षा समितिको निर्णय आवश्यक पर्छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिमा जनपथ, सशस्त्र, अनुसन्धान तर्फका प्रहरी उपरिक्षकका साथै नेपाली सेनाका जिल्ला स्थित प्रमुखको पनि प्रतिनिधित्व हुने गर्छ । समितिको निर्णयपछि मात्रै आवश्यकता महशुस हुने जो–कोहिले पिएसओ राख्न पाउने व्यवस्था रहेको छ ।

SHARE THIS

Author:

Facebook Comment