वीरगंज/मदिरा सेवनपछि भएको भनाभनलाई लिएर विवाद चर्किएपछि शुक्रबार बिहान पर्साको भेडियारी गाविसमा दुई पक्षबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । भेडियारी गाविस वडा नम्वर ८ स्थित गदियानी टोलमा महन्थ कुशवाहा र अमेरिका राउत गद्दीबीच झडप भएको हो ।
महन्थ कुशवाहाले बिहीबार राति मदिरा सेवन गरी महिलालाई जथाभावी गालीगलौज गर्न थालेपछि कुशवाहा र अमेरीका राउत गद्दी पक्षबीच झडप भएको स्थानीयवासीले बताएका छन् ।झडपमा स्थानीय महन्थ कुशवाहा,अमेरीका राउत गद्दी, कैलाश महत्तो कोइरी, सदाब मियाँ, शैरा खातुन र इद्रिस मियाँ घाईते भएका हुन् ।
घाईतेमध्ये अमेरिका राउत गद्दीको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागी काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ । महन्थ कुशवाहा र कैलाश महत्तो कोइरीको सदरमुकाम वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरी निरिक्षक खेमनारायण चौधरीले जानकारी दिएका छन् ।
अन्य घाईते सामान्य उपचारपछि घर फर्किएका छन् । झडपमा संलग्न रहेको आशंकामा प्रहरीले सरिफ मियाँ, नजिर आलम, होदा मियाँ र जहिर राउत गद्दीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा आवश्यक छानबिन भईरहेको प्रहरी निरिक्षक खेम नारायण चौधरीले जानकारी दिए