पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीको सरुवा


काठमाण्डौं, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीको सरुवा हुने भएको छ । गत असारमा कार्यभार सम्हालेका प्रहरी उपरिक्षक अधिकारी आफैंले पनि पछिल्लो समयमा आफूलाई पर्साबाट सरुवा गर्न भन्दै हेडक्वार्टरमा माग गरिरहेकाले एक वर्ष कार्यकाल पुरा हुनु अगावै उनको सरुवा हुने भएको हो ।
प्रहरी उपरिक्षक अधिकारीको सीआइबीमा पोष्टिङग हुने सम्भावना रहेको छ । उनी चैतको अन्तिम साता सरुवा हुनेछन्,हेडक्वार्टरका एकजना उच्च अधिकृतले भने ।प्रहरी उपरिक्षक पिताम्बर अधिकारी आइतबारदेखि बिदा बस्ने र प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल आइतबारदेखि नारायणी अञ्चल प्रहरी कार्यालयमा उपस्थित हुने सम्बद्ध श्रोतले बतायो ।

अधिकारी बिदामा आएका बेला उनलाई सम्भवतः नियमित सरुवा गरिनेछ,हेडक्वार्टरका उच्च अधिकारीले भने, नियमित सरुवा गर्न सम्भव नभए काज सरुवा गरिने निश्चित छ ।
प्रहरी उपरिक्षक अधिकारीको ठाउँमा प्रहरी उपरिक्षक धिरजप्रताप सिंह पर्सा जिल्लामा सरुवा भएर आउन लागेको प्रधान कार्यालय निकट श्रोतले जनाएको छ ।  सिंहले आफू पर्सा जिल्लामा प्रहरी प्रमुख भएर काम गर्न इच्छुक रहेको भन्दै प्रहरी महानिरिक्षक कुवेर राना समक्ष इच्छा जाहेर गरेपछि सिंहलाई यो जिम्मेवारी दिने तयारी भएको हो ।
प्रहरीका उच्च अधिकारीहरुका अनुसार प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल र प्रहरी उपरिक्षक पिताम्बर अधिकारीबीच पछिल्लो समयमा द्वन्द्व चर्किएको रिपोर्ट विभिन्न माध्यमबाट हेडक्वार्टरमा पुगेको र वरिष्ठ उपरिक्षक खनालले पनि उनको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गरिरहेकाले सरुवा हुन लागेको हो ।केही दिनदेखि प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल बिदा लिएर राजधानीमै रहेका छन् । श्रोत:यात्रा

SHARE THIS

Author:

Facebook Comment