आज तेश्रो हाप्ता भो “जीवन दर्शन ” लेखको अन्तिम
भाग पर्खेको । न्यूज टाइम्स पत्रिकाको अफिस फोन गरि सोध्दा, कृपया
पर्खनुहोस् आउने छ मात्र भन्छ । सोचाइका पानाहरु त्यो पात्लो पर्दा झैँ वर–र –पर
दिमागी झोलुंगे पुलमा हल्लिरह्यो.....।
आखिर को होला ती साहशिक हिमायती “जीवन
दर्शन” को लेखिका ? एक–पटक जसरी नि
भेट्नेछु, यो मेरो अठोट नै हो भन्दा फरक नपर्ला.....।
भाइको लागि खाजा डाइनिंग टेबुलमा छोपेर राखिदिए
र लम्ब्याए आफ्नो पाइलाहरु हस्पिटल तिर, बिचरा आमा मेरै बाटो हेरी बस्नु भएको
होला । घर बाहिर निस्कन साथ लाग्यो प्रकृति आज शोक मा डुबेकी छिन्, लाग्छ
क्यानभाष को बेरंगले पोतिएको निरस्तामा डुबी, बादलको अँध्यारो
खास्टो ओडी आँशुको सागरमा डुबुल्की मार्न चाहन्छिन.....। यो मन नै नरमाइलो कस्तो–कस्तो
भएर आयो ।
पाइलाहरु गह्रुङगो गति (चाल) मा अघि बडी रहे
काने झार माथि सर्याप–सर्याप.....। रोडमा रातो बत्ति म हरियो नाबलुञ्जेल उभिएँ – मनमा
“जीवन दर्शन” कै चल–खेल थियो । उता आमा सिकिस्त तीन हप्ता देखि हस्पिटल मा
उफ्फ....कतिबेर लागेको होला – हरियो बत्ति बल्न...........। लौ बल्यो
बल्ल बाटो क्रश गर्न एक–पाइला मात्र के चालेको थिए कालो बिरालोले
श्वाट्ट बाटो काट्यो हुन त यो रुढीवादी सोचाई भन्छन् तर पनि मन न हो....यसैबीच
हुर्की छिप्पिएको, एक–पटक जोडले थुकेर सराप्दै अघि बढे...।
वातावरण बडो खल्लो केहि भन्न खोजे जस्तो तर
वाक्या फुटाउन नसकी निस्सासिएको, उकुस–मुकुस कुण्ठित छ
। किन हो खोइ , आज सानै देखिका स्मृति–हरुले सताइराछन्
। बा ! बाबा कस्तो हुनुहुन्थ्यो सम्झना छैन तर तस्वीर हेर्दा लाग्छ उहाँ निक्कै
अटल, स्वाभिमानी, निडर, निस्वार्थ भाभको
हुनुहुन्थ्यो होला – आमा पनि अक्सर यहीं भन्ने गर्नु हुन्छ ।
अंग्रेजसँग लड–दा हासिँ–हासिँ मातृ
भूमीको लागि फलामे छाती थाप्नु भएको थियो रे । र रक्ताम्मे भै बांगिएको हातले एक–मुठी
माटो निधारमा घस्दै सल्युट गर्दै जय मातृभूमि भन्नु भा थियो रे ! मलाइ गर्व छ उहाँ
जस्तो बहादुरको छोरी हुन पाएकोमा....उफ्फ आज बाटो पनि कति लामो लागि रहेछ हस्पिटल
पुग्न....शायद मनमा धेरै कुरा खेलाएर पो हो कि....?
बिचारी आमालाई अत्यास लागि सक्यो होला...। मेरी
आमा संसारकै सबै भन्दा ग्रेट आमा हुन् , जसले आफ्नो खुशी, आशा,
भविष्य
हामीमा देख्नु भो र आफ्नो सम्पूर्ण जीवन खचिर्नु भो वा यसो भनौ अर्पित गर्नु भो
भन्दा फरक पर्दैन । भाइ र मलाई कहिल्यै कुनै पनि चीजको कमि महसुस गर्नु दिनु भएन ।
हामी बाँड्दै गयौ, पड्दै गयौ त्यहि अनुसारको अनुशासन, शिक्षा–दीक्षा,
वाताबरण
दिनु भयो तर त्यो अनुहारमा निरस्ता, निर्बलता, बेखुशी, संघर्ष
गर्दा–गर्दा हारेको एक्लो–पनको, दोसहाराको एक–रेशा
पनि मैले कहिल्यै देखिन । महिला बिकास उधमसिल्मा कार्यरत उनि –आमा)
घर बाहिर र भित्रको ब्यबहार राम्ररी म्यानेजमेन्ट गर्दै भाइ र मलाई धेरै समय दिनु
हुन्थ्यो । आपत्तिको “अ” र समस्याको “स” पनि
हामीमा पर्न दिनु भएन । भाइ र मेरो स्कुल फी, टिफिन –पानी
कहिल्यै टुटेन ।
सोच्दैछु म अब जागिर गर्दै डिग्री पढुँ,
आमालाई
मैले सहायता गर्नु पर्छ । दिनदिनै उहाँ कम्जोर हुँदै हुनुहुन्छ, उहाँले
धेरै गर्नु भा हामीलाई तसर्थ अब हाम्रो पालो हो विस्तारै उहाँको लागि गर्ने र यो
कर्तब्य पनि हो हाम्रो...। जीन्दगीको संघर्ष पूर्ण उकालो रेश्मा एक्लै हल–गोरु
बराबरको जुवामा नारी छक्का तान्न सजिलो
थिएन र छैन पनि तर उहाँले हरेश नखाई त्यो रेल गाडा तान्नु मात्र भएन–हामीलाई
सदा सदाचारी, स्वाभिमानी र लिएर होइन दिएर दिएर जिउन सिकाउनु
भो । जीवन के हो ? र, कसरि जिउनु पर्छ ? यो
कुरा उहाँले राम्रो बुझ्नु भा छ , त्यसैले त हिमा दिदी भाइ यस स्तरमा
उभिन सक्षम छौ ।
आबुई..........कस्तो स्पीडले मोटरसाइकल चलाएको
होला कानैमा सूइया छुयेझै लाग्यो...उफ्फ.... आजकलका उत्पट्यांहरु....म गन–गन
गर्दै अघि बढे...। हरे आजको दिन रुनै मन
लाग्ने , आगो नपुगेर कचल्टिएको र कच्रक्क परेको खिचडी जस्तो । हस्पिटल पुग्न
कत्ति बेर लागेको आज...? घुमी–फिरी रुम्जैटार
भनेझै मेरा मानसपटलमा खुल्दुली त्यहि –“जीवान दर्शन”” को भाइ र म हरेक
हप्ता नछुट्याई पढ्ने गथ्र्यौं । आखिरी के कारणले त्यो लेख नआएको होला ? यसले
थुप्रै पाठक हरुलाई प्रतिक्षा गराएको उत्तर पाएकी थिए अफिसमा फोन गर्दा तर अचम्म
लाग्यो नाम ठेगाना गोप्या रे । रहस्यमय लाग्यो खैर हुन सक्छ पब्लिकमा खुलासा र
चिनिन नचाहेको । बिगत १५ बर्ष देखि यो भौतिक जीवनलाई प्रत्यक्ष प्रेम दर्शन गराउन
सफल ती प्रेरणाकी स्रोत र हिमायतीको दर्शन गर्नेछु म एक–दिन । अहिले आएर
उसले आफ्नै जीवन भोगाइका याथार्थ रहेकोले अझ बढी उत्सुक बनाएको छ सबैमा तर खोइ
अन्तिम भाग...?
लौ, बल्ल आइपुग्यो हस्पिटल गेटमा झोला
पटिउरो जाँच पड्ताल पछि फटा–फट हतारमा हिंड्दा । देब्रे पाउँको
बुडी औला जोरले ठोक्कियो उफ्फ...एक–पटक हिरिक्कै नै पार्यो आज के भैरहेको
छ मलाइ यस्तो...? ह्या...छोडी दिउ नकारात्मक सोचाई....। नर्स लाई
एक्स–किउज मि ! भन्दै भित्र छिरे आमालाई अचेत अवस्थामा पाए र म आत्तिए
आमा...आमा...भन्दै ....डाक्टर । नर्स अक्क न बक्क थिए , के भनौ के
नभनौको स्थितिमा वाताबरण मौन........। सिनियर डाक्टर आमाको जान–पहिचानको
थियो त्यसैले हामी अंकल भन्थ्यौं । अहिले आमाको स्थिति बारे कामको – घाँटी
भित्रै गाडिएको स्वरमा कर्ण थाले, आमालाई आखिर भएको के हो ?
उहाँ मा केहि बोल्न सक्ने ल्याकत थिएन फर्केर
आमालाई हेरे लोलाएर बटारिन खोजेका–हेर्दा–हेर्दै आमाको
आखाँ बाट तप्प–तप्प दुई थोपा आँशु झरे म झन आत्तिएँ आमा –
आमा
भन्दै ......झम्टिए शिकारी आफ्नो शिकार माथि झम्टेझै । म आफ्नो संयमता गुमाउँदै थे
आँशुका धारा बग्न थालेको पत्तै भएन – आमाले दुवै हात बल–जफ्ती
उचाली आशिर्वाद दिए झैँ गर्नु भो मेरो शीरमा र ती हातहरु बिस्तारै लत्रिये ठुलो
हुण्डरी ले बुढो रुख ढले झैँ ढले कहिल्यै नउठ्ने गरि वाताबरण स्तब्ध भो....बग्दै
गरेको आँशु ठ्याप्प थामियो । चल्दै गरेको हावा त्यहि रोकियो, उड्दै
गरेको हवाई–जहाज बादल–माथि टक्क अडियो,
हिंड्दै
गरेको सवारी–साधनहरू र मान्छेहरू आ–आफ्नो ठाउँ मै
टक्क अडिए – पर–हेर्दै गरेको आँखाहरू खुल्लाको खुलै भए
, बन्द गर्नेको बन्दको बन्दै , हाँस्ने हाँसेको हाँसै, रुने
रुएको रुयै , निदाउने निदाको निदै, आधा उफ्रेका पक्षी
हरु माथि को माथि नै रहे.....।
मेरो चेतानाहरुले काम गर्न छोडे र अचेत भए ,
जीवनको
ध्रुव सत्य स्वीकार्न कत्ति गारो हुँदो रहेछ । त्यो त प्रत्यक्ष भोग्नेलाई मात्र
थाहा हुन्छ – काटेर नकाटिने , साटेर नसाटिने
अनि ढाँटेर नढाँटिने यहि सत्य भोग्दै थियौं भाइ र म । शरीर चिमोट्दा नि दुख्दैन थे
लाटा भएर । आकाश ढाक्ने न्यानो छानो एक्कासि तुफान हुरी आइ उडाई लगेझैं भो ।
संसारको सबै भन्दा प्यारो चिजर वस्तु गुमाउँदा कस्तो अनुभूति हुन्छ होला ? त्यसको
अभिव्यक्त गर्ने शब्द नै छैन – छ त केवल सत्य स्वीकार्ने मौनता ।
संसार जीत्न हिम्मत राख्ने ती बहादुरी आमा आज संसारको निष्ठुर नियमबाट हारेर जानु
भो – आखिर जीवन के नै पो रहेछ र....? अहँ, केहि
होइन....मात्र पञ्च तत्वको अस्तु......।।
डाक्टर अंकलले हामीलाई आफ्नो क्याबिनमा लानु भो
र धेरै सम्झाई बुझाई गर्नु भो साथै वास्तविकताको खुलासा नि गर्नु भो – निक्कै
हिम्मत जुटाएर बोलि फोड्नु भो वास्तबमा तिम्रो आमालाई ब्लड क्यान्सर भएको थियो ।
मैले केहि बोल्न अघि उहाँले भन्नु भो यस अघि म बचनको घेरा भित्र प्रतिबन्धित थिए
अब ती बचनहरूबाट म मुक्त छु । यो कुरा तिमी दुईबाट आमा – टाडा राख्न
चाहनु हुन्थियो, तिमीदुईलाई कुनै पनि प्रकारको मानसिक तनाब दिन
चाहनु हुन्न थियो....भाइ र म स्तब्ध पूर्ण वाताबरण चिर्दै एक–अर्कालाई
हे¥यौं, त्यहाँ हामीमा बोल्ने हिम्मत थिएन, डाक्टर
अंकललाई धन्यवाद दिँदै क्याबिनबाट बाहिरियौ । हस्पिटलको फर्मालिटी पुरा गरि –
आमा
प्रतिको – छोरा–छोरीले गर्नु पर्ने उत्तर दायिŒव
पुरा गर्यौं.....।
सात दिनसम्म त आमा प्रतिको सहानुभुती र
प्रशंसाले जुन्जियो आठौ दिन बाट घर एक–दम सुनशान लाग्दो भो बडो न्याम्रो
लाग्दो भो....। एक–दिन भाइ र म एक–अर्काको हात
समाई आमाको कोठामा हिम्मत गरेर ढोका खोली छिर्यौं । हाम्रो मुख होइन आँख–आँखा
मात्र बोलिरहेको थियो । आमा बिनाको घर चार कोशे झाडी झैँ लाग्यो....बडो बिरक्त
लाग्दो । हावाले पर्दा हल्लाएको र एयर बेल टिंग–टिंग बजेको
बाहेक अरु सब चकमन्न थिए....। कोठाभरी आँखा घुमाए टेबल माथि आएर टक्क अधियो –
सादा
पानामा लेख्दै गरेर अधुरो छोडिएको जस्तो देखिन्थ्यो.....के लेखिएको रहेछ त्यस
पानामा भनि गएर हेरे .........। फेरी अर्को झट्का लागे झैँ भो , चट्यांग
ले टाउकै मा हानेर गये झैँ भान भो भाइ मै संग टास्सियेर उभिएको थियो । त्यस पानामा
लेखिएको हरफहरु पडन थालें – “जीवन
दर्शन” को अन्तिम भाग वा भनौ मेरै जीवनको अन्तिम यो कोरा–सादा)
पानामा कोर्दैछु , पुरा गर्न सक्छु – सक्दिन –
थाहा
छैन...।
यो सुन्दर संसारको सुन्दरतालाई चिन्ने प्रयास
गर्नु होस् । जीवन फूल भन्दा पनि सुन्दर छ यसलाई सकारात्मक रुपी सोचले मल जल गरि ।
पक्का माटोमा ढाल्नुहोस र सुन्दर आकार दिनुहोस, द्वेष, रीश,
इखले
जीवन क्रूर बन्छ । यसलाई सगरमाथाको स्वच्छ र निर्मल दुई थोपा जलले सिंचित गरि सदा–सदाचारी
बन्ने प्रयत्न गर्नुहोस् । आफ्नो दाहिने हात छातीमा राखी आफुले आफुलाई विश्वास
गर्नुहोस्, चिन्नुहोस, आफुले आफै भित्र
खोज्नुहोस – म भन्ने ?
शत्रु–मित्रु यी सब मन हो, यसलाई
अस्थिर राख्नुहोस सदा....।
म ब्लड क्यान्सर बाट पीडित छु तसर्थ मेरो एउटा
लक्ष र सपना छ जसलाई पुरा गर्न तपाइँहरुको न्यानो साथ र हातको सख्त आवश्यकता छ अनि
मात्र त्यो पुरा पुरा हुनेछ – त्यो हो ब्लड क्यान्सर अस्पतालको
निर्माण – हजुर यहि हो मेरो लक्ष्य र सपाना, जहाँ म जस्ता
क्यान्सर पीडितहरुको सजिलै उपचार होस्.....इत्यादी कलम हरु लतपतिएका अधुरा
वाक्यहरु.........
हे, प्रभु यो कस्तो अविश्वसनीय –अविस्वश्नीय
घटना , “जीवन दर्शन” को लेखिका –जसलाई म
प्रत्यक्ष भेट्ने अठोट गरेकी थिएँ ती महान लेखिका, ती हिमायती त
मेरै जन्म जननी नै पो रहेछ....।
(काठमाण्डौ घर भएकी लेखिका हाल इजरायलमा
हुनुहुन्छ ।)
प्रकाशित मितिः २०६९ चैत्र २२ गते बिहीवार