चैत्र २४ । उत्तर कोरियाले राजधानी प्योंगयांगमा रहेका विदेशी दूतावासहरुलाई मुलुकमा संकट बढेमा सुरक्षा दिन नसक्ने चेतावनी दिएको छ । सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने भन्दै कोरियाली सरकारले ती दूतावासहरुलाई आफ्ना कर्मचारी हटाउनेबारे पनि विचार गर्न प्रष्ट गरेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि परमाणु आक्रमणको धम्की दिएलगत्तै दूतावासहरुलाई यो चेतावनी दिएको हो । तर रुस र बेलायतले भने त्यहाँबाट दूतावास खाली गाउने तत्काल कुनै योजना नभएको जनाएका छन् । यता दक्षिण कोरियाले पनि मिसाइल रक्षा प्रणालीका साथ आफ्ना दुई युद्धपोत देशको पूर्वी र पश्चिमी तटमा पठाएको जनाएको छ । यसअघि उत्तरले पनि उसको मिसाइल पूर्वी क्षेत्रमा पठाएको खबर आएको थियो ।
यसअघि राष्ट्रसंघका महासचिव बान की मूनले उत्तर कोरियालाई भड्काउयुक्त प्रचारबाजी रोक्न र परमाणु युद्धको धम्की कुनै खेल नभएकाले ख्यालठट्टा नगर्न सचेत गराउनुभएको थियो ।
यसअघि राष्ट्रसंघका महासचिव बान की मूनले उत्तर कोरियालाई भड्काउयुक्त प्रचारबाजी रोक्न र परमाणु युद्धको धम्की कुनै खेल नभएकाले ख्यालठट्टा नगर्न सचेत गराउनुभएको थियो ।