तोयानाथ उपेक्षित, आजभोली कुवेतमा कार्यरत नेपालीहरु आतंकित छन तर उनीहरुले काम गर्ने कम्पनी, स्थानिय नागरिक वा सरकारबाट होईन । नेपालीहरु नेपालीबाट नै आतंकित छन यहाँ । बैदेशिक भूमिमा काम गर्न आएका नेपालीहरु फुर्सदको शुक्रवार मनोरन्जन गर्न, खेल खेल्न र हिडन डुल्न पनि डराईरहेका छन आफैसँग । घरमा काम गर्ने घरेलु कामदार लुटिएका छन नेपालीहरुबाटै । उनीहरुको १८ घण्टाको कमाई ललाई फकाई हात पार्ने गरेका छन । स्वार्थ पुरा भएपछि बनाईएको कृतिम साईनो र सम्बन्धको अन्त्य हुन्छ मोवाईलको सीम कार्डहरु फेरेर । सजिलो भएको छ ठगहरुलाई मिठो र चिप्लो कुरा गरेर अप्ठ्यारो र एकान्तमा रोईरहेकी महिलालाई चंगुलमा पार्न । नेपाली महिलाहरुको कमी भए पो त । पुगेको छ बंगाली, पाकिस्तानी र अन्य मुलका नागरिकहरुलाई पनि । ती नेपाली महिला घरेलु कामदारले घरका चार दिवारबाट उन्मुक्ति खोजिरहेका बेला उनीहरुलाई यौन दासी बनाउन लालयीत कामी पुरुषहरुलाई कुनै गाहे छैन ।
सजिलै उनीहरुलाई भगाईने गरिन्छ काम गरिरहेको घरबाट । लामो समयको कडा परिश्रम भन्दा माया गर्ने पुरुष पाए पछि अरु के चाहियोर उनीहरुलाई पनि । छोटो सोचाईमा बहकिन्छन सजिलै । घरमा भएको सानो दुःखलाई पनि पहाड बनाएर उनीहरुले नै पुरुष मित्रलाई मनाएका पनि हुन्छन । घरबाट भाग्ने र भगाउने कुरामा पुलको काम गरेको हुन्छ नक्कली प्रेमले । तर यो सम्बन्ध दिगो हुने कुरा नै हुदैन । केही समय वित्न नपाउदै भत्कन्छ सम्बन्ध अनि ईलिगल स्टाटस । केही समयमा फयाकिन्छन सडकमा या त जाकिन्छन पुलिसको फन्दमा वा बिदेशीको चंगुलमा । बेसहारा भएकी महिला जो बास र गाँस दुवैको अभावमा तडपिरहेकी हुन्छे उसलाई जसले उठाए पनि भयो । ईश्र्य पो के गर्ने ती विदेशीहरुलाई जसले रख्यौल बनाएर राखेका छन । उनीहरुलाई प्रत्यक्ष वा परोक्ष बिगार्ने नेपाली नै हुन ।प्रशंग अन्तै मोडियो म पुन ट्रयाकमा आउने कोशीष गरौ । नेपाली समाज कुवेतमा यस्तो वितन्डता मच्चिएको अवस्था भने अहिले नै हो । यो भन्दा नराम्रो अवस्था कहिल्यै थिएन । एउटा पुन्य कार्यका लागि गरिएको प्रयासमा धावा बोल्ने काम जसले गरे आखिर उनीहरुको मकसद के थियो भन्ने अझै बुझ्न सकिएको छैन । आपसी आग्रह पूर्वाग्रह वा पुरानो ईबी दुवै पक्षका झगडीयाहरुमा भएको भए पनि त्यसलाई आम प्रवासीहरुले मनोरन्जन लिईरहेको कार्यक्रममा आएर साध्ने गर्नुलाई कदापी माफी गर्न सकिन्न तर पनि आयोजकले विवशतापूर्व सदासयता देखाई नै रहेको छ ।
नेपालका ख्याती प्राप्त तीन कलाकारहरुका सामुन्ने भएको महासंग्रामले अव कुवेतमा रहेका नेपालीहरुलाई विदेशमा रहेर पनि राष्ट्रका निधी एवं स्रष्टासँग भलाकुसारी गर्ने र उनीहरुका कला र गलासँग नजिकबाट परिचित बन्ने अवस्थाको पनि अन्त्य गरिदिएको छ ।
यसै विच साँस्कृतिक मन्चले प्रमोद खरेल र राधिका हमाल ल्याएर गर्ने कार्यक्रम रद्ध गर्न पुग्यो । नेवा गुठीले चैते दशैको भोज रद्ध गरयो । माउन्ट एभरेष्ट क्लबले एमबी बमजम फुटबलको नियमित श्रंखला स्थगन गरयो । गत ८ मार्चमा भएको आपसको भिडन्तवाट एनआरएन कुवेतको चुनावी महौल पनि अस्तव्यस्त बनेको छ । एनआरएको चुनाव हुने की नहुने ? सवालहरु उठेका छन । भईहाले पनि भाग लिने की नलिने भनेर सबैजना अनिर्णयको बन्दी भएका छन । जब नेपालीहरुका लागि भनेर कसैले राम्रो काम गर्न खोज्छ र त्यहाँ अबरोध सृजना गर्ने गरिन्छ भने किन लाग्ने सामाजिक सँघ सँस्थामा ? किन अघि सर्ने म केही गर्छु भनेर ? काम गर्ने सोच र विचारहरु माथि नै हमला भए पछि कसको लागि काम गर्ने ? सवालहरु प्रसस्त छन ।
यसै विच साँस्कृतिक मन्चले प्रमोद खरेल र राधिका हमाल ल्याएर गर्ने कार्यक्रम रद्ध गर्न पुग्यो । नेवा गुठीले चैते दशैको भोज रद्ध गरयो । माउन्ट एभरेष्ट क्लबले एमबी बमजम फुटबलको नियमित श्रंखला स्थगन गरयो । गत ८ मार्चमा भएको आपसको भिडन्तवाट एनआरएन कुवेतको चुनावी महौल पनि अस्तव्यस्त बनेको छ । एनआरएको चुनाव हुने की नहुने ? सवालहरु उठेका छन । भईहाले पनि भाग लिने की नलिने भनेर सबैजना अनिर्णयको बन्दी भएका छन । जब नेपालीहरुका लागि भनेर कसैले राम्रो काम गर्न खोज्छ र त्यहाँ अबरोध सृजना गर्ने गरिन्छ भने किन लाग्ने सामाजिक सँघ सँस्थामा ? किन अघि सर्ने म केही गर्छु भनेर ? काम गर्ने सोच र विचारहरु माथि नै हमला भए पछि कसको लागि काम गर्ने ? सवालहरु प्रसस्त छन ।
के अब का दिनहरुमा नेपाली समाजलाई भयमुक्त गर्न जरुरी छैन ? कसले लिन्छ यो दायित्व ? को छ त्यस्तो नेता जसले कुवेतमा जे जस्तो अवस्थाको विकाश भएको पाईयो त्यो सधैभरी रहन दिन हुन्न भन्ने सोच राख्दछ । के यस्तो प्रकारको भिडन्त र पूर्वाग्रहले नेपाली समाजमा अमन चयन ल्याउन सक्छ ? किन मौन छन ? यहाँका समाज सेवक वा सुधारकहरु ? किन कोही बोल्दैनन यो राम्रो भएन भनेर । किन खोजी गरिन्न समाधानका उपायहरु ? यसै बीच द टाईगरले अप्रिल महिनामा फुटवल खेल खेलाउने साहास गरेको सूचना आयो । उसले यीनै बेतिथीको अन्त्य गर्न र नेपालीहरुमा मित्रता तथा सदभाव कायम गर्न आयोजना गर्न लागेको फुटवल सूचना निकालेको २४ घण्टा नपुग्दै रद्द गरेको समाचार आयो ।
नेपाली नेपाली भिडेयौ भने यो भन्दा बदनामी र दुर्भाग्य अरु केही हुदैन । आउनुहोस सवै मिलेर एउटा सदभावपूर्ण सम्बन्धको विकाश गरौ । जो जो बाट जहाँ जहाँ गल्ती गरेका छौ आफै म म भनौ । समस्या कही पनि रहन्न । गल्तीवाट पाठ सिक्ने हो गल्ति दोहरयाउने होईन । एउटा भनाई नै छ की पश्चतापले पाप लाई खाईदिन्छ . साभार: नेपाल कुवेत