छत्र बहादुर मैनाली |
बिक्रम सम्बत २०६२ मंसिर ७ गते नेपाल कम्युनिस्ट पार्टी माओबादी र ७ राजनीतिक दलबीच नयाँ दिल्लीमा सम्पन्न१२ बुंदे समझदारीपत्र देखि वर्तमान सम्म नसोचेका धेरै उतारचढाव भएका छन् चल्तीको भाषामा भन्नु पर्दा बागमतिमा धेरै पानी बगी सकेको छ पटक पटक म्याद थपेर लम्ब्याएको संबिधान सभा २०६९ जेष्ठ १४ गते मध्यराति विधिवत अवसान पश्चात राजनीतिक दलहरुमा असफलताको सूचक त्यस बेला देखि नै कायम रही आएको छ तर असफलताको जस लिन कोहि तयार छैनन् आफैले बनाए आफैले भत्काए एक आपसमा दोषारोपण गरेर सबैमा पानी माथिको ओभानो बन्नु नै छ तै पनि सत्यता लाई एकातिर पन्छाएर बिभिन्न बहाना बाजीमा देश र जनतालाई गुमराहमा राख्ने काम भएको छ नेपाली जनताले जे जस्तो गरे पनि सहन गर्दै आएका छन् १२ बुंदे समझदारी पत्रको १ नम्बर बुंदामा उल्लेख भए बमोजिम नेपाली जनताको लोकतन्त्र, शान्ति , समृधि ,सामाजिक अग्रमन ,तथा स्वतन्त्र सर्वभौम नेपाल आम नेपालीको चाहना भए पनी त्यसको मुख्य बाधक निरङ्कुश राजतन्त्र नै हो भन्नेमा ७ राजनीतिक दलहरु पूर्ण सहमत भएका छन् निरङ्कुश राजतन्त्रको अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना नभए सम्म देशमा शान्ति , प्रगति र सम्रिधि सम्भव नहुने, १ नम्बर बुंदाको भावना र मर्म अनुसार नै राजतन्त्रको अन्त्य गर्नका निम्ति सहमत हुँदै आफ्नो आफ्नो क्षेत्र बाट आन्दोलनको नेतृत्व गरेका थिए , निरङ्कुश राजतन्त्रको अन्त्य गरेर लोकतन्त्र स्थापना गर्ने कुरामा ७ दल पूर्ण सहमत भै सकेको सन्धर्वमा ०६२, ६३ को आन्दोलन मार्फत मृत अवस्थामा रहेको प्रतिनिधि सभालाई ब्युञ्झाउन तत्कालिन राजा ज्ञानेन्द्रलाइ बाध्य बनाइयो राजा ज्ञानेन्द्रले २०६३ साल बैसाख ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेर आन्दोलान्करिका माग सम्बोधन गरे पश्चात राजसंस्था हटाउने बारेमा बिपरित निर्णयहरु हुँदै गए
तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेकपा माओबादी अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड )बीच २०६३ साल मंगसिर ५ गते बृहद शान्ति सम्झौता पत्रमा हस्ताक्षर भएको थियो शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने बनावटी अठोटका साथ लाग्न चाँही लागी परेका हुन् तर हरेक बिषय बस्तुमा विवाद उत्पन्न हुँदै हुँदै अन्तत: सहमति खोजि गर्ने क्रममा कहिले गोदावरी रिसोर्ट कहिले गोकर्ण हुँदै हुँदै हात्तीवन , धुलिखेल पुग्दा समेत आन्तरिक सहमति भेट्टाउन सकेनन, सहमति शब्दको सुगा रटाइ गरेर इतिहासले दिएको शुभ अवसरलाई तिलान्जली दिएको समेत हेक्का पाउन सकेनन समस्या भनेको राजनीतिक दल भित्र नेतृत्व तहमा बसेका हरु बाट दल भित्रै असन्तोष पैदा हुनु नेतृत्व कर्ताले सबैलाई समेटेर अगाडी बढ्न नसक्नु , गुटबन्दीमा आधारित राजनीति आदि हुन् ,दलहरुले गुटबन्दी सिर्जना गरेर आफ्नो भजन गाउनेलाई काखी च्यापे पछि कदापी गन्तव्यमा पुग्न सकिन्न भन्ने बिबेक समयमा खुलेको भए नेपाली राजनीतिले यतिबेला स्वच्छताको प्रमाणपत्र हासिल गरि सक्थ्यो
इतिहासमा ठुला कहलिएका राजनीतिक दलहरुले आफ्नो स्वार्थ अनुकुलका डम्फु बजाउँदा बजाउँदै समय यस्तो ठाउँमा पुगेर अड्कियो जुन डम्फुको न ताल छ न त शुर नै राजनीतिक ट्रयाक नै परिवर्तन हुन पुग्यो अझै पनि यिनका गुनगान पशुपतिनाथ को भन्दा बढी सुन्ने गरिन्छ
तत्कालिन बदलिँदो परिस्थिति अनुकुल २४० बर्षे राजसंस्थालाई हटाएको खण्डमा पहिलो राष्ट्रपति हुन पाइने भित्रि आकाँक्षा त्यस बखत नै प्रकट भै सकेको थियो यहि बिषयलाई परिवर्तनको बाधक देख्न पुगे ,हो राजसंस्था बाधक थियो केवल यिनका भित्रि मनोगत आकांक्ष को निम्ति ,ब्वाँसोले र्याल काढेर सिकार ढुके जस्तै तिनले पनि अवसरलाई ढुकेर बसेका हुन् सके सम्म आफु आफुमा को बन्ने भन्ने कोसिसमा लुकेको बल लगाएर कसरतमा लागेका हुन् केहि शिप नलागेको खण्डमा लोक लाजका निम्ति मात्र अरुलाई समर्थन गर्ने रणनीतिका साथ ठुला दलहरु मौका पर्खेर बसेका थिए जसनुरूप अबरोधका रुपमा रहेको राजसंस्था सामान्य सहमतिका साथ हतार हतार निर्णय गरेर २४० वर्षको इतिहास बोकेको संस्थालाई बिदावारी गरेर राजा ज्ञानेन्द्रलाई सामान्य नागरिकको दर्जामा झार्न सफल बने अन्तत: मुलुकमा पहिलो पटक सामान्य किसान परिवार बाट आएको व्यक्तिले राष्ट्रपति बन्ने सौभाग्य मिल्यो नेपाल एकीकरण पश्चात सामान्य जनताको छोरो राष्ट्र प्रमुख भएको पहिलो पटक हो ठुला पार्टीहरु बिचमा राष्ट्रपति बन्ने होड , घ्यु दाल मा पोखियो कि ? अन्त भन्ने चाही ठुला दलहरुले मनन गरेकै होलान यध्यपी राजसंस्थाको बिदाई देखि राष्ट्रियताको सवालमा ठुला दलहरुले औचित्य पुष्टि गर्न सकेका छैनन् सर्वप्रथम औचित्य पुष्टि गरेर कमसेकम इतिहास प्रति गधारी नगरौं
बिगत देखि नेपाली जनता परिवर्तनको पक्षमा उभिएका छन २००७ सालको परिवर्तन देखि ६२ ६३ को आन्दोलन सम्म नेपाली जनताले सधै साथ र सहयोग गर्दै आएका हुन् देश बिकाशको पक्षमा ,मुलुकमा परिवर्तनको माध्यम बाट नै भबिष्य सुनिश्चित हुन् सक्छ भन्ने बुझेरै साथ दिन पुगेका हुन् परिवर्तनको सपना बाड्नेहरु बाट पटक पटक धोखा हुने गरेको इतिहास छ जसले गर्दा नै आज मुलुकले यो दुरा अवस्था भोग्नु परेको छ मुलुकको भबिष्य धेरै पछाडी धकेलिएको छ आम जनतामा भबिश्य के हुने हो ? भन्ने कालो बादल मडारी रहेको छ भबिष्य अन्धकारमय बन्दै गएको छ शान्ति सुरक्षाको अवस्था झन् झन् नाजुक बन्दै गएको छ युवा, युवती बृद्ध ,बालबालिका कोहि सुरक्षित छैनन् जनताले शान्ति सुरक्षाको प्रत्याभूति बाट लामो समय देखि बन्चित हुँदै आएका छन् बजार भाउ आकासिएको छ मुलुक दिन प्रतिदिन परनिर्भरता तर्फ उन्मुख छ ,रोजगार सिर्जना को कुरै छाडौं मानव बेच बिखनका दोकान दिन प्रतिदिन बढ्दै गएका छन् त्यसैमा सम्बन्धित निकाय गर्व गरिरहेको छ अब बिस्तारै लाग्न थालेको छ मुलुकमा परिवर्तनको सपना बाँडेर भएको परिवर्तन यस्तो पो हुँदो रहेछ , जुन सिधान्त र उध्यश्य प्राप्तिका लागी जनता उराल्ने काम भयो आजका दिन सम्म निश्चित उध्यश्य प्राप्ति भने हुन सकेको छैन सधै असन्तोषका सास फेर्दै जीवन गुजारा गर्नु पर्ने बाध्यता छ
जागरुक नागरिकको हैसियत प्राप्त गर्ने हो भने के ठिक के बेठिक भन्ने छुट्याएर आफ्नो अस्तित्व रक्षा गर्न सक्नु पर्दछ अर्काको लह लहैमा लागेर बुझ्दै नबुझी दगुर्दाको परिणाम कदापी सकारात्मक नहुन सक्दछ सकारात्मक परिणामको निम्ति गम्भीर भएर अध्यन,अनुसन्धान, स्वबिबेक प्रयोग गरेर मात्र लग्नु पर्दछ तब मात्र सोचे अनुकुलको परिणाम हाता लाग्दछ
आज पहिलो पुस्ताले गल्ति गर्नु भनेको भाबी सन्ततिका निम्ति घात गर्नु हो देश प्रति घात गर्नु हो इतिहास प्रतिको घात हो तसर्थ बिषयको पहिचान गर्न सक्नु नै जागरुक नागरिकको पहिलो गुण हो
पछिल्लो बिकशित राजनीतिक घटना क्रम संगै ४ दलले गरेको १ १ बुंदे सहमति देखि २ ५ बुंदे बाधा अड्काउ फुकाउ प्रति नेकपा -माओबादी पार्टी सहित ३३ दलले खारेजीको माग राखेर सार्वजनिक बिरोध शुरु गरेका छन् मुलुकको सासन सत्ता राजनीतिक ट्रयाक बाट गैर राजनीतिक ट्रयाकमा पुग्न गएको प्रति समेत असन्तुष्टिका ज्वाला लप्किंदै छ नेपाल राजपत्रमा २०६९ साल चैत्र १ गते प्रकाशित नागरिकता सम्बन्धि २ १ नम्बर बुंदामा भएको संबिधान संसोधन यस प्रकार रहेको छ संबिधानको धारा ८ को उपधारा (५)को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्था बमोजिम प्रचलित कानून बमोजिम जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिको त्यस्तो नागरिकताको प्रमाण पत्र लिनु अघि जन्मेका सन्तानलाई बंशजको आधारमा नागरिकता लिन उपधारा (२)को खण्ड (ख) को व्यवस्थाले बाधा पु¥याएको हुँदा त्यसरी जन्मको आधारमा नागरिकता प्राप्त गर्ने सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने गरी, संबिधान संशोधन गरिएको छ । यो सृंखला नागरिकता सम्बन्धि बनेको बिधेयक २ ० ५ ६ कै निरन्तरता हो भन्दा अतिउक्ति नहोला ।