हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण गरेरै छाड्ने


हेटौंडा,१६ चैतःनेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशीले हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण गरेरै छाड्ने बताउनुभएको छ ।
शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै जोशीले राजनीतिक अस्थिरतका कारण काम सुरु गर्न नसकिएको बताउनुभयो । ‘निजी क्षेत्रको दौडाइसँग सरकार दौडन सकेन’ नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्षसमेत रहनुभएका जोशीले भन्नुभयो, ‘हामीले चाहेजसरी सरकारले काम गरेको भए यतिबेला धेरै काम भइसक्थ्यो ।’
गत माघ २६ गते नै शिलान्यास गर्ने तयारी गरिए पनि निवर्तमान भौतिक योजना तथा निर्माण मन्त्री सकारात्मक नभएकाले समस्या आएको उहाँले बताउनुभयो । ‘त्यसैले त्यतिबेला हामीले पूजापाठमात्रै गर्यौं’, उहाँले भन्नुभयो । अहिलेको सरकारका भौतिक योजना मन्त्री आफूहरुप्रति सकारात्मक रहेको भन्दै जोशीले अब छिट्टै सुरुङमार्ग निर्माणको काम सुरु हुने दाबी गर्नुभयो । 

SHARE THIS

Author:

Facebook Comment