तीन दलका नेताले देश बिगारे


काठमाडौ÷मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन प्रमुख दलका केही शीर्ष नेताहरुको कारण मुलुकको अवस्था विग्रिएको दावी गरेका छन् ।
                रिपोर्टर्स क्लब नेपालमा रेखा यादवद्धारा प्रकाशित सम्पादित द पाँपुरल टाईम्स मासिक पत्रिकाको विमोचन गर्दै उनले संविधानसभालाई संविधान निर्माण नगरी बिघठन गराएर तीन दलका केही नेताहरुले मुलुकलाई बर्बादि तिर धकेलेको आरोप लगाए ।
यादवले बर्तमान सरकारले मुलुकको अर्थतन्त्र, सुरक्षा, कानूनी शासन र विधीको शासनकोव उपहास गरेकोले यो सरकारको बर्हिगमन नभई निकास ननिस्कने दावी गर्दै सञ्चारमाध्यमले राष्ट्रलाई निकास दिने गरी सत्य तथ्य उजागर गर्नु पर्ने जिकिर गरे ।
                मुलुक संकटमा परेको बेला पत्रकारिता झनै चुनौतिपूर्ण  हुने भन्दै यस्तो अवस्थामा पत्रकारिता अघि बढाउन झनै कठिन रहेको बताए ।
                महिलाको सम्पादन र प्रकाशनमा पत्रिका निष्केकोमा खुसी ब्यक्त गर्दै महिला शसक्तिकरणको लागि पत्रिकारलाई समर्पित गर्न सुझाव दिए ।
                भारतकालागि पूर्व नेपाली राजदुत डा दुर्गेशमान सिहले सस्तो राजनीतिक कुरालाई छाडेर बृहिद राष्ट्रिय स्वार्थमा कलम चलाउन सुझाव दिए । आरसिएनबाट

SHARE THIS

Author:

Facebook Comment