काठमाण्डौ÷झापाका होम
प्रसाद गौतमले आफूलाई प्रधानमन्त्री बनाए मुलुकलाई बर्तमान राजनैतिक र संबैधानिक
संकटबाट पार लगाउने दावी गरेका छन् ।
साना
नागरिक समाजको तर्फबाट बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर
मुलुकमा निर्वाचन गराएर जनताले चाहेको संविधान दिनु पर्ने देशको आवश्यकता पुरा
गर्न आवश्यक रहेको भन्दै आफूलाई त्यो जिम्मेवारी दिए त्यसलाई बहन गर्न तयार रहेको
स्पटष्ट पारे ।
उनले
भीम सेना थापा देखि बाबुराम भट्टराई सम्मकाले धानेको कुर्सीको गरिमालाई अझै उच्च
बनाउँदै देशको समस्या समाधान गर्न आफू सक्षम रहेको दावी गर्दै प्रधानन्यायधिसलाई
प्रस्ताव गरेर एमाओवादीले उनको अपमान गरेको बताए ।
गौतमले
प्रधानन्यायधिसलाई कानूनमन्त्रीको रुपमा प्रस्ताव गर्नु पर्नेमा प्रधानमन्त्री
प्रस्ताव गर्नु षडयन्त्र भएको भन्दै त्यसको हिसाव नेपाली जनताले माओवादीसँग लिने ।
प्रचण्ड
र बाबुराम भट्टराईलाई संविधानसभाको हत्याको जिम्मेवारी लिन आग्रह गर्दै अन्यथा
कालान्तरमा यहि दोषमा दुई जना जेल जानु पर्ने भविष्यबाणी गरे ।
स्वर्गिय गिरिजाप्रसाद कोइराला जस्तो पर्टनर नपाएको
भन्दै प्रचण्डले दिएको अभिब्यक्ति प्रति ब्यङग्य गर्दै उनले स्वर्गबाट प्रचण्डको
लागि कुनै पार्टनर नआउने र स्वर्गमा गएकालाई फेरि यहाँ बोलाएर दुख दिने षडयन्त्र
नगर्न सुझाव दिए ।