दलहरूको सहमति, हात्ती आयो–हात्ती आयो फुस्सा !


क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन एकीकृत नेकपा माओवादीले राखेको प्रस्तावमाथि सहमति जुटाउन राष्ट्रपति निवासमा बसेको मुख्य चार राजनीतिक शक्तिबीचको बैठक सहमति जुटाउन विफल भएको छ ।
                राष्ट्रपति रामवरण यादवको रोहवरमा मुख्य चार राजनीतिक शक्तिबीचको बैठक चुनावी सरकार गठनबारे सहमति जुटाउन विफल भएको हो ।
                चुनावी सरकार गठनका विषयमा छलफलमा व्यस्त नेपाली काँग्रेस र नेकपा एमालेका अधिकांश नेताहरुले वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एकीकृत माओवादीको प्रस्तावको चर्काे विरोध गरेपछि छलफल असफल भएको हुन गएको हो । सोमवारसम्म सहमति हुने पक्कापक्की भएको प्रचारबाजी गरिएपनि ती दुई दलको मंगलवार भएको केन्द्रिय समिति बैठकमा उक्त प्रस्तावको विपक्षमा तीव्र
आवाज उठेपछि दुवै दलले त्यसलाई तत्काल स्वीकार नगर्ने निस्कर्षमा पुगेको जनाइएको छ ।
                यता एकीकृत नेकपा माओवादीले चाहिँ प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीमा नियुक्त गर्न संवैधानिक र अन्य जटिलता नरहेको तर्क प्रस्तुत गरेको छ ।
                वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने एकीकृत माओवादीको प्रस्तावपछि आन्तरिक छलफललाई तीब्र बनाएका काँग्रेस र एमालेका नेताहरु नै उक्त प्रस्तावबारे विभाजित भएको देखिएको छ ।
                दुवै दलका केन्द्रिय समिति बैठकमा बोल्ने केही नेताले मात्र उक्त प्रस्तावलाई ठीकै भनेको तर अधिकांशले त्यस्को विरोध गरेको सहभागी नेताहरुले बताए ।
                नेकपा एमालेको केन्द्रिय समिति बैठकले पनि वहालवाला प्रधान्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार गर्ने निष्र्कष निकालिएको बताइएको छ ।
                यता विपक्षीहरूले आफ्नो पार्टीको प्रस्ताव अस्वीकार गरेपछि आक्रोशित भएका एमाओवादी अध्यक्ष प्रचण्ड टुँडिखेलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै, “हामीले प्रधानन्यायाधीशको नेतृत्वको प्रस्ताव गरेपछि त्यो संविधान विपरित भयो भन्नु सरासर गलत हो, अमेरिका, छिमेकी मुलुक बांग्लादेश, ग्रीस र कैयन अफ्रिकी मुलुकमा पनि अप्ठेरो परेको बेला न्यायालयको सदुपयोग गर्ने गरिएको छ ।भन्दै विपक्षीहरू नै सहमतिको बाधक भएको आरोप लगाउनुभयो । उता काँग्रेस, एमालेको बैठक र एकीकृत माओवादीको कार्यक्रमपछि काँग्रेस सभापति सुशिल कोईराला निवास महाराजगञ्जमा तीन दल र मधेशी मोर्चाका नेताहरुबीच पनि यस विषयमा छलफल भएको थियो ।
                उक्त बैठकबाट पनि ठोस र्निणयमा पुग्न नसकेका नेताहरु त्यहाँबाट फेरि शितल निवास पुगि जारी प्रयासहरुबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
आफ्नै अडानमा अडिग देखिने दलहरुले चुनावी सरकारको नेतृत्वको विषयलाई तत्काल टुङ्गाउने कुनै संकेत नदेखिएपछि प्रधानमन्त्री बाबुरामले पद त्याग गरी डेरा सर्ने तयारी गरिरहेको विपक्षी दलहरूको प्रचारबाजी हात्ती आयो हात्ती आयो फुस्सा भएको छ ।

SHARE THIS

Author:

Facebook Comment