क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷काम विशेषले वीरगंको सीमा क्षेत्रपारी
भारतीय बजार रक्सौल बोर्डरमा जाने नेपाली नागरिकहरूलाई त्यहाँका मितेरी पुलमा
खट्ने बिहारी प्रहरीहरूले दिनहुँजसो लुट्ने गरेको समाचार प्राप्त हुन थालेको छ ।
प्राप्त
जानकारी अनुसार रक्सौल भारतीय बजारमा घुम्न जाने क्रममा थाहा पाई–नपाई
तीन चार थान कपडा खरिद गरी आउने क्रममा विहार प्रहरी एवं रक्सौल भन्सारका
कर्मचारीहरूले
नेपालीहरूको हातैबाट रुपैयाँ छिनेर लिने गरेको कुरा पीडित काठमाण्डौबासी रमेश श्रेष्ठसँग रहेको तीन हजार नगद छिनेको बताए ।
नेपालीहरूको हातैबाट रुपैयाँ छिनेर लिने गरेको कुरा पीडित काठमाण्डौबासी रमेश श्रेष्ठसँग रहेको तीन हजार नगद छिनेको बताए ।
त्यसैगरी
विवाहमा सरिक हुन काठमाण्डौबाट वीरगंज आइपुगेका एक युवतीले रक्सौलबाट दुई थान सारी
उपहार दिन खरिद गरी ल्याउने क्रममा रक्सौल भन्सारमा खटिएका बिहारी प्रहरीले रु १०
हजार खोसिलिएको पीडितले क्राइमचेक समक्ष दुखेसो पोखे ।
यसैगरी
वीरगंजबाट घरखर्चकोलागि दुई किलो चिनी, पाँच किलो आँटा, रानी तेल दुई
लिटरजस्ता खाद्यपदार्थहरू ल्याउने क्रममा त्यहाँ खटिएका बिहारी प्रहरीहरू र
भन्सारका कर्मचारीहरूको छिनाझपटीजस्ता लुटेरा प्रवृत्तिले नेपालीहरू आतंकित हुन
थालेका छन् ।
भारतमा
निर्मित लत्ताकपडा, विजुलीका सामान तथा खाद्यपदार्थहरू खरिद गरेर
नेपालमा ल्याउने नेपालीहरूले भारतीय उत्पादनकर्ता तथा भारतीय सरकारलाई लाभान्वित
हुने कुरा सर्वविदित हुँदाहुँदै पनि भारतीय सामानहरू खरिद गरी नेपाल ल्याउने
कार्यलाई हतोत्साही गर्नु भारतविरोधी रवैया हो कि होइन ? यस्ता
भारतविरोधी रवैया अंगिकार गर्ने बिहारी पुलिसलाई बिहार सरकारले कारवाही गर्न
अनिवार्य छ ।
Nepalese Rupee Exchange Rate