क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷मकवानपुर जिल्ला बामपन्थीको किल्ला ! कुनै बेला यस्तो थियो,
ढुंगाको
प्रतिमालाई यो एमालेको उम्मेदवार हो भनेर भनेको भरमा मकवानपुरे जनताले आँखा
चिम्लेर समर्थन गर्दै भोटको वर्षा गरिदिन्थे । २०४८ सालको आम निर्वाचनमा कुनै
पार्टीलाई ढम्किन पनि दिएका थिएनन् । जनतालाई कोरा आस्वासन दिए । निर्वाचनमा विजयी
भए पश्चात मान्नीयदेखि जन प्रतिनिधिसम्म फर्केर आफ्नो निर्वाचन क्षेत्रमा पाइला
टेक्न नजाने । जनताले बिस्तारै थाहा पाए नतिजा स्वरुप वामपन्थीको किल्लामा हिजो
मण्डले, पञ्चे आदि नाम दिएकाले । सिट जितेर देखाई दिए ।
यो
मकवानपुर जिल्लाको सानो झलक मात्र हो । देशमा यस्तै घटना धेरै ठाउँमा घट्न थाले ।
२०४६ सालको जन–आन्दोलनले हिजोको निरंकुश भनिने पञ्चायती
व्यवस्थामा लागेकाहरूलाई पूर्णरुपमा पाखा लगाईसकेको थियो । अधिराज्यभरिको पहिलो आम
निर्वाचनमा नाम मात्रको सिटमा जित हात पार्न सफल तिनै पूर्व पञ्च समर्थकले
मध्यावधि निर्वाचनमा तेश्रो शक्ति बनेर देखाएनन् मात्रै २÷२ जना पूर्व
महापञ्चले प्रधानमन्त्री समेत बनेर देखाई दिए । यति हँुदा पनि नेपालको
प्रजातन्त्रवादी तथा वामपन्थी हौं भन्नेको आँखा खुलेन । तत्कालिन स.ज.मो. ने.क.पा.माओवादी
बनेर उदायो ।
पंचायतकालिन
अन्तिम राजनेताहरुले जस्तै “मुट्ठीभरका” भन्दै समस्यालाई
अत्यन्त हलुकाढंगले लिएको नतिजा देश र जनताले हज्जारौ हज्जार जन र अर्बाैको क्षती
व्योहोर्नु प~यो । यत्रो घटना आँखा अगाडी घट्दा घट्दै पनि
प्रजातान्त्रिक तथा बामपन्थी शक्तिहरु खाली सत्ता र भत्ताको लडाइमा लडन थाले । २०६२÷६३ को जन आन्दोलन गरे । युगौं पुरानो राजसंस्थालाई जनताको अभिमत नबुझी विदेशी शक्तिको इशारामा रातारात हटाइए । धर्म निरपेक्ष घोषणा गरे तब नेपाली जनताले थाहा पाए नेपालको राजनैतिक दल तथा ती दलमा लाग्ने भनेको जनताका नोकर हैनन रैछ । “मै खाउँ, मै मात्र लाउँ” सिद्धान्तमा चलेका यी राजनीतिक दल तथा तिनका आसेपासेले २३ वर्षमा देश र जनतालाई नांगेझार पारेर देखाई छाडे । नेपाली जनमानसमा एउटा उखान छ “बोक्सीले पनि अरुलाई भेददा आफ्नो छिमेकी घरलाई छोड्छ रे !” तर नेपालका पार्टी तथा तिनका नेता र आसेपासेले कोहि कसैलाई पनि बाँकी राखेनन् । “कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाल्दा पनि कहिल्यै सिधा हँुदैन” भन्ने उखानलाई चरितार्थ पारे ।
प्रजातान्त्रिक तथा बामपन्थी शक्तिहरु खाली सत्ता र भत्ताको लडाइमा लडन थाले । २०६२÷६३ को जन आन्दोलन गरे । युगौं पुरानो राजसंस्थालाई जनताको अभिमत नबुझी विदेशी शक्तिको इशारामा रातारात हटाइए । धर्म निरपेक्ष घोषणा गरे तब नेपाली जनताले थाहा पाए नेपालको राजनैतिक दल तथा ती दलमा लाग्ने भनेको जनताका नोकर हैनन रैछ । “मै खाउँ, मै मात्र लाउँ” सिद्धान्तमा चलेका यी राजनीतिक दल तथा तिनका आसेपासेले २३ वर्षमा देश र जनतालाई नांगेझार पारेर देखाई छाडे । नेपाली जनमानसमा एउटा उखान छ “बोक्सीले पनि अरुलाई भेददा आफ्नो छिमेकी घरलाई छोड्छ रे !” तर नेपालका पार्टी तथा तिनका नेता र आसेपासेले कोहि कसैलाई पनि बाँकी राखेनन् । “कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाल्दा पनि कहिल्यै सिधा हँुदैन” भन्ने उखानलाई चरितार्थ पारे ।
भर्खरै
एनेकपा माओवादीले जुन ठाउँमा आफ्नो महाधिवेसन गरेको थियो त्यस स्थानलाई हेटौडा
कपडा उद्योग परिसर भनिन्छ । स्व.राजा वीरेन्द्रको आग्रहमा मित्र राष्ट्र चीन
सरकारले करोडौं खर्च गरेर बनाइदिएको त्यो कारखाना आज टाट पल्टेर खण्डहर जस्तै भएको
छ । देश भरका कुनै सरकारी सम्पति बाँकी राखेनन् । आजको मिति सम्ममा पनि सत्ता र
भत्ताको लागि कुकुर र बिरालो जस्तै गरि लड्दै बसेका छन् । जनता भनेको त भेडा हो
भने नेता त गोठालो न हो । गोठालोले जता डो¥यायो उतै जान्छन् । मरुभूमिमा लगेर
चराउन खोजेपछि ती भेडाहरु भोकै हुन्छन कि हुँदैनन् ? मरुभूमिमा
घाँसपात बोट बिरुवा उम्रिन्छ ?
आज
जनताको छोराछोरी काम र मामको खोजीमा विदेशिन बाध्य परेको छ । २०४६ साल भन्दा अगाडी
सम्म पनि पासर्पोट त परै जाओस नागरिकता समेत बनाउनु पर्छ भन्ने थाहा नभएको नेपाली
आज संसारको जुनसुकै मुलुकमा खोजे पनि भेटिने भै सक्यो । यस्तो बनाको कसले ?
विभिन्न
कपोकल्पित आरोप र भ्रम फैलाउँदै राजपाठ छोड्न बाध्य पारिएका ती पूर्व राजाले
नारायणहिटी राजदरबार छोड्दा ५०० को हाराहारीमा पनि जन सर्मथन थिएन होला । आज तिनै
पूर्व राजा राजधानीबाट बाहिर निस्किदै छ रे मात्र भन्ने सुन्नासाथ साथ पूर्व
पञ्चायतकै झल्को दिने गरि बाजागाजाको साथ स्वागतमा लावालस्कर लागेका छन् । के
जनताको इच्छा र आकांक्षालाई कसैले रोकेर रोक्न सक्छ ? रोक्न सकेको भए
राणा शासन, पञ्चायती व्यवस्था कसरी ढल्यो ? प्रजातन्त्र
हटाएर लोकतन्त्र कसरी स्थापना भयो ? छिमेकी हिन्दुस्तानबाट अंग्रेज कसरी
पलायन भए ?
जनताको
चाहना नबुझ्ने र जनता माथि हिटलरी शैलीमा शासन गर्न खोज्यो भने यस्तै दिन देख्न
पाइन्छ । यस्तै गरी शासन चलाउँदै गयो भने हिजो जसरी पूर्व राजालाई भ्रमित गरी
दरबार छोड्न बाध्य पारेको थियो त्यस्तै गरी तिमीहरुको पालो नआउला भन्ने के
ग्यारेन्टी छ ? यो नेपाल ८२.५ प्रतिशत हिन्दु बसेको देश हो । २÷४
पल्ट तिमीहरुको भनाइमा लागेर जात जातिको नाउँमा र धर्मको नाउँमा लडलान् तर समय
सधंै एकनासको हँुदैन । हिजो जसरी गुलिया र चिल्ला भाषण दिएर जनतालाई मक्ख पारेका थियौ अब त्यस्तो छैन । समयले
कोल्टो फेरी सकेको छ । जनताले आज महसुस गरि सकेका छन् । राजा हटाएको जनताले हैन
भन्ने कुरा पनि जनताले बुझिसकेका छन् । किनभने देशको राजधानीमा बस्ने मात्रै
नेपाली जनता र अन्य जिल्लामा बस्ने नेपाली जनता हैन भनेर नजरअन्दाज गर्न मिल्छ ?
पार्टीका
नेता र तिनका कार्यकर्ताको गलत व्यवहार नबुझेको भए आज आएर मानव सागर ओर्लेर पूर्व
राजाको जय–जय भन्दैनथे । जनताको कुरा त परै जावस तिमी नेताहरुको कुरा त तिम्रै
पार्टीका कार्यकर्ता र समर्थकले धरी पत्याउन छोडी सके । यसर्थ दलका नेताहरूले
सस्तो भाषण तथा लोकप्रिय आश्वासन बाँडिरहने तर जनताले केही नपाउने भएपछि अन्ततः
अन्तिम विकल्प राजा ज्ञानेन्द्र शाह नै हुनेछन् भन्ने सबै दलका नेताहरूले हेक्का राखून्
।
भर्खरै राजधानीमा सम्पन्न गरेको ९ दलको आमसभाले ती
सबै घटनालाई ऐना जस्तै छर्लङ्ग पारेको छ नि ! कि त्यो पनि झुट्ठा हो त्यसको जवाफ
दिन सक्छौ जनतालाई ?