काठमाण्डौ÷ सरकारले मंगलवार
खाना पकाउने ग्यासको मूल्यमा ६३० रुपैयाँले वृद्धि गरेपनि बुधवार प्रधानमन्त्री
बाबुराम भट्टराईले ट्वीटरमार्फत उक्त मूल्यवृद्धि पूर्व तयारीबिना नै गरिएको कारण
हाललाई स्थगित गरिएको जनाएपनि विद्यार्थीसँगठनहरूले मू्ल्यवृद्धि पूर्ण रुपमा
खारेज नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन् ।
सरकारले
खाना पकाउने एलपी ग्यासँको मुल्यमा भारी बृद्धि गरेपछि आन्दोलनमा उत्रिएका यूवा
विद्यार्थी संगठनहरुले पूर्ण रुपमा मुल्य बृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने
चेतावनी दिएका छन् ।
रिपोर्टर्स
क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा यूवा संघ नेपालका अध्यक्ष महेश
बस्नेतले ट्विटरमा प्रधानमन्त्रीले लेखेर र अहिलेलाई मुल्य बृद्धि कार्यान्वयन
नगर्ने भनि स्थगित गरेकै भरमा
आन्दोलन नरोकिने स्पष्ष्ट पार्दै पूर्ण रुपमा फिर्ता लिएर पुरानै मुल्य कायम नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
आन्दोलन नरोकिने स्पष्ष्ट पार्दै पूर्ण रुपमा फिर्ता लिएर पुरानै मुल्य कायम नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
उनले
साक्षात्कारमै भोली विहीबार उपत्यका बन्दको घोषणा गर्दै तत्काल मुल्य बृद्धि
फिर्ता नभए आम हटताल सम्मको आन्दोलन सुरु गर्ने घोषणा गरे । उनले भने(तत्कालको
लागि स्थगित गर्ने होईन । सदाको लागि फिर्ता हुनु पर्छ ।
ग्यासँले
जनताको घरको चुलो बाल्ने र आवश्यक परे बम समेत बन्ने उल्लेख गर्दै जनताको घरको
सिलिण्डरलाई जम्मा गरेर बालुवाटारमा बम विष्फोट गराउने चेतावनी दिए । बस्नेतले
भने(अब हामि ग्यासको सिलिण्डर पडकाएर सरकार ढाल्छौ ।
उनले
प्रधानमन्त्रीलाई लडाकुको रकमबाट गरेको भ्रष्टाचारबाट आयल निगमको घाटा बेर्होन पनि
चुनौति दिए ।
अनेरास्वीयूका अध्यक्ष माधव ढुङगेलले मुल्य बृद्धिलाई
जनयूद्ध दिवसको अवसरमा जनतालाई एमाओवादीको उपहारको संज्ञा दिदै ११ विद्यार्थी
संगठनले मुल्यबृद्धि विरुद्ध तय गरेको आन्दोलनको कार्यक्रम सार्वजनिक गरे ।
जस अनुसार आज ४ बजे प्रर्दशनी मार्गमा कोण सभा
गरेर सरकारलाई मुल्य बृद्धि फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिने, भोली
२ बजे रित्तो सिलिण्डर र खाली थाल सहित देशब्यापी प्रर्दशन गर्ने , फागुण
५ गते मसाल जुलुस निकाल्ने, ६ गते उपत्यका बन्दको आब्हान गरिएको छ
। त्यस्तै जनतसँग माफी मागेर मुल्य बृद्धि फिर्ता नलिएसम्म हरेक दिन देश भरीका
क्याम्पस अघि विरोध प्रर्दशन र सरकारी सवारी साधनलाई अवरोध गर्ने कार्य क्रम पनि
विद्यार्थी संगठनहरुले तय गरेका छन् । अनेरास्वीयू क्रान्तिकारीका अध्यक्ष हिमाल
शर्माले दोहोरो मुल्य मुल्य कायम गरेकोमा आफ्नो संगठनको आपत्ति नभए पनि अहिलेको
मुल्य बृद्धि भने नस्विकार्ने स्पष्ट पारे ।
उनले
सर्वसाधारणले पहिला २१ सय रुपैया तिर्ने र उपभोक्ता मुल्यमा ८० रुपैया मुल्य
बढाउने निर्णय स्विकार्य नभएको भन्दै सर्वसाधारण उपभोक्तालाई पुरानै मुल्यमा सिधै
डिपोबाट ग्यास दिनु पर्ने धारणा राखे ।
बैज्ञानिक
संयन्त्र नबनाई मुल्य बृद्धि गर्न नहुने भन्दै विद्यार्थीहरुलाई सर्वसाधरण
उपभोक्ताले पाउनु पर्ने मुल्यमा समेत ३३ प्रतिसत छुट पाउने ब्यवस्था गर्नु पर्ने
माग उनले गरे ।
नेपाल
विद्यार्थी संगठनका अध्यक्ष रञ्जित कर्णले मुल्य बृद्धि गर्नु अघि सरकारले ५०
बुलेट ग्यासँ हिजो मात्रै ल्याएर २० करोड रुपैया कमिसन खाएको दावी गर्दै २४
घण्टाभित्र मुल्य बृद्धि फिर्ता नगरे आन्दोलनबाट सरकारलाई नै सडकमा पुर्याउने
चेतावनी दिए ।
मान्छेको
लाशमा उक्लेर सरकारमा पुगेको माओवादी नेतृत्वको सरकारबाट जनताले मुल्यबृद्धिबाहेक
कुनै अपेक्षा गर्न नहुने भन्दै अहिलेको आन्दोलन विद्यार्थीको नभई जनताको जनआन्दोलन
भएको र यसैले सरकार ढाल्ने दावी गरे ।
तरुण दलका अध्यक्ष उदय शमसेर राणाले
मुल्यबृद्धि कार्यान्वयन नगर्ने निर्णय नमान्ने स्पष्ट पार्दै मुल्यबृद्धि पूर्ण
रुपमा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
उनले
भोली बाटै देशब्यापी रुपमा निरन्तर रुपमा चक्का जाम गर्ने आन्दोलनको कार्यक्रम
समेत सार्वजनिक गरे ।
उनले यूवा विद्यार्थीलाई ख्यालख्यालको रुपमा
नलिन सरकारलाई चेतावनी दिदै दोहोरोमुल्य सन्सारमै लागु हुन नसकेकोले नेपालमा पनि
लागु हुन नसक्ने तर्क गरे ।
उनले
यसबाट ग्यासँमा दलाली कालोबजारी र अभाव हुने ठोकुवासमेत गरे । नेकपा–माओवादी
निकट अनेरास्ववीयू क्रान्तिकारीका महासचिव कमल शाहीले कालाबजारीया, माफीया
र तस्कारको ग्राईण्ड डिजाईनमा सरकारले मुल्य बृद्धि गरेको भन्दै यस विरुद्ध
आन्दोलन गर्ने चेतावनी दिए ।
उनले
आन्दोलनलाई शिथिल पार्न मुल्य बृद्धि हालको लागी स्थगित गरिएको भन्दै अब जनता
मुल्य बृद्धि पूर्ण रुपमा फिर्ता नभए जनता घरेलु हतियार लिएर सडकमा ओर्लेर
जनयूद्धको रुपमा अघि बढाउनु पर्ने बताए ।