लेन्डुप दोर्जी प्रबृत्ति चैतेहरुबाट सा बधान !

-जनक मान डंगोल !
 
यो चैत्य भनेको के हो मलाइ यसको पुरा सब्दार्थ मलाइ पनि त्यति राम्रो थाहा छैन ! २०४६ साल पछी नेपालमा जन्मेको यो मुला सब्द आज २३ बर्ष सम्ममा पनि उत्तिकै लोकप्रिय ! बरु नेता तथा तिनका हुक्के, बैठके, ढोके चम्चेहरु सुपरडुपर हिट नहोलान तर चैते भन्नेहरु सधै सुपर डुपर हिट हुन्छन ! हिजो पन्चेतकालमा पनि यी त्यत्तिकै लोकप्रिय थिए ! बहुदल अर्थात प्रजातन्त्र आए पछी झन अपुतालीनै परेको जस्तो भाकोथ्यो तर त्यो भन्दा पनि हजार गुना अपुताली यी चैतेज्युहरुलाई लोकतन्त्र रे भन्ने नया गणतन्त्र भन्ने सासन ले दिएछ !
२०४५ साल माघ बाट कानमा कानेखुसी गर्दै गाइगुइ गाइगुइ बाट पंचायत हटाउ सुरु भाको आन्दोलन चैतमा आइपुग्दा उग्र बनि सकेको थियो ! त्यहि बेलामा हिजो को अरास्ट्रिय तत्व भनेको खास गरि काँग्रेस, पंचायतकालमा खोसुवामा परेका, सरकारी सुको हाम काण्डमा परेका, तस्करी जस्ता जति पनि  असामाजिक तत्वहरु आन्दोलनमा छिरे अनि सुरु भो उग्र आन्दोलन ! कतै चैतमा छिरेका भएर नै चैते भाका ता हैनन ! माओबादीको बन्दुक राजमा मुसा जस्तै दुलो पसेका यी चैतेज्युहरु जब माओबादीले अलकापुरीको राज गर्न के पाका थिए पंचायतकालिन स्टाइल अंगाल्दै सरिर लाइ भगवान श्रीरामको धनुष स्टाइलझैँ  जिउलाइ पुरै धनुष जस्तै बनाएर नया माहाराज तथा महारानीको अगाडी चैतेज्युहरुले त्वम शरणम गच्छामी बनेर दक्षिणा साथ झुकाए पछी जसको मन पनि नपग्लिने कुरै भएन ! बाउराम डाक्टरसापले पी.यम हुनासाथ सबै हिजोका प्रजातन्त्रे कर्मचारीहरुलाई राणाको दर्बार शिंह दरबारमा भेला पारेर सामन्ती राणाको दरबारमा बाबुराम बसेर सरकार चलायो भन्दैमा आइस्योस, गैस्योस भन्ने जस्ता सामन्ती भाषा बोल्यो भने त्यो किक आउट नक आउट हुन्छ भनेर जान्नु भनेर हु.प्र अर्थात हुकुम प्रमांगी जारि गरेका थिए ! त्याहा पनि थिए चैतेज्युहरु ति चैतेज्युहरुले मनमनै भनेका थियेरे आज याहा आएर फुर्ति लाका छन भोलि पंचायत जस्तै बनाइ दिन्छ्म ! हामि धमिरा हौ भन्ने कुरा यी बालक बबुराहरु लाइ के थाहा ! ठिक भनेका रैछन ति धमिरारुपी चैतेज्युहरुले ! सियो बनेर पसे फाली बनेर देखाई दिए देखाऊदै छन पनि ! सिल्बरजुब्ली मनाउने बेलामा ठसठस कन्दै थर्काएर, फकाएर आदि आदि इत्यादि गरेर पैसाको कर्रा राप्ति खोला बगाएर क्यास माओबादी अर्थात एमाओबादीहरुलेएकताको महाधिबेसनगरे ! नाम चैँ एकताको तर .. कता भने जस्तो ! हिजोको सहयात्रीहरु आज सेम पार्टी ड्यास माओबादी खोलेर खुल्लम खुल्ला च्यालेन्ज दिदैछन ! यस्तो बेलामा झट्ट क्यास सुप्रिमोको भेजा गिरिजा फर्मुला याद आएछ ! हुले भटाभट चैतेज्युहरुलाइ ! मापन गर्ने त प्रतिसतमै हो क्यार ४५/४६ प्रतिसत नाघ्योरे भन्दै गोहीको आँसु तुरुक्क चुहाउदै हिजो लाल सलाम भनेर मर्न र मार्न नडराउनेहरुले भटाभट पार्टी लाइ बाइ बाइ गर्दा पनि काला जाएगा तो क्या हुवा गोरा आएगा भन्दै बसेका छन ! बुढो सुकेको रुखले पहिला त्यस्तै गर्यो! सक्कल बमोजिम नक्कल दुरुस्त गर्दै हामि पनि के कम भन्दै डुब्न लागेको घाम हरुले पनि त्यस्तै फोटोकपी उतार्यो जसको परिणामस्वरूप आज जनताले कर्के नजरले पनि हेर्न रुचाउदैन बुढो रुख तथा घामको तारकासुरहरुलाई ! तारकासुरबाट १ तह पदोन्नती भाका भस्मासुरहरुले पनि तारकासुर फर्मुला प्रयोग गरेका हुन कि प्रयोग गर्न बाध्य बनाइएका हुन त्यो चाहिँ तिनै दानबराजहरुलाई थाहा होला !

सक्कली फुटोको प्रति लाइ दोश्रो पटक फोटोकपी गर्दा अलि धमिलो छापिन्छ ! अनि त्यहि छापिएको धमिलो प्रतिलाई पुन फोटोकपी गर्दा झन् धमिलो छापिन्छ यस्तै गरि छाप्दै जाँदा अन्त्यमा मुहारै चिन्न नसकिने गरि छापिन्छ ! भाको पनि यस्तै छ ! पहिला पन्चेत्का माहा पन्च अनि कांग्रेस तथा माले एमाले हरु सुटकेसमा छापिए भने आज क्यास हरु क्यासमा बिक्दैछन ! धन देख्दा पार्वतीको हसबेण्डको आँखा तिर्मिराकोथ्यो त्यो सत्य जुगको कुरा ! यो कलियुगमा सिताको पति देखि रामको श्रीमती सबैको तिन नेत्र बलेको छ! जनता जाय भाडमे ! यो सब्द हिन्दुस्थानी सब्द पर्यो तर सिता राम हरु पनि सबै हिन्दुस्थाना बसेर आका ! नपत्याय गाम्घरका लाहुरेको बोलि हेर्नुस अच्छा, लेकिन, और, क्याबात भन्ने एकरूप्पे साठी पैसो भाषा मिसाएर बोल्छन भने उनीहरुले पनि नबोल्ने र नबुझ्ने कुरै भएन ! यो संसारमा सबै भन्दा खुराफाती अंग्रेज भन्दा पनि डेन्जर हरु हिन्दुस्थानका कांग्रेसीहरु हुन ! तिनैले पहिला नेपालका समाजबादी त्यस पछी माले एमालेबादी र अहिलेका क्रान्तिबादीलाइ शिक्षा दीक्षा दिएका हुन ! शिक्षा दीक्षाको पहिलो पाठनै “जनता जाए भाडमे” हुन्छ ! ब्यबहारमा लागु गरेर देखाएको कुरालाई हैन भनेर नपत्याउने कुरा पनि भएन ! त्यहि माथि चैतेज्युहरुको छुट्टै लेक्चर बाट प्रभावित भाका छन नेपालको नेताहरु ! आँखा चिम्लेर पहिला चैतेज्युहरुले भगवान बिष्णुको वाइफको स्टाइलमा धन बर्षा गर्छन र पछी पुरानो राणासासनको पालामा गाम्घरको मुखिया बा स्टाइल अपनाउदै ब्याज, स्याज अनि घ्यु खाने ब्याज भन्दै असुल्छन ! नपत्याए बास्बारी छाला बाट सुरु भाको सरकारी उधोग अन्तमा माता जानकीको माइतीमा रहेको क्यान्सर पाइप बनाउनेमा आएर स्टप भाकोछ ! अहिले चैतेज्युहरुले झोलामा खोला भन्दै हिडेका छन ! यस्ता यस्ता चैतेज्युहरुले लगाएको मोहनिमा परे पछी जति सुकै विद्वान किन नहुन तिनीहरुको मति भ्रस्ट नहुने त कुरै भएन ! गुरुबाले पुरानो भक्ते सिक्किमे काजिको लेन्डुपको फुटो लाइ देखाउदै भनेका छनरे बन्ना हेतो अइसा भक्त बनके देखाओ ! देखो गुरु दक्षिणामे क्या क्या नही दिया ! कुरो सहि हो नि ति काजि लेन्डुप भन्ने मुलाको सागले पनि कुइरिनि बे गरेका थिए !अंग्रेजी बने अनि सबै अंग्रेजी बन्दा बन्दै अन्तिममा जन्म भुमि छोडेर भाग्नु पर्यो! गिर्जाउले पनि त्यहि पथ सिके तर सफल भयनन ! अहिले सिताको पति देखि हिसिलाको पतिहरु सम्म लागेका छन ! नेपाल रस्गुल्ला हैन क्वाप्प मुखा हाल्यो चपायो निल्यो ! २००५ सालको जमाना छैन ! हिजो ज्यान दिन र लिन नडराउनेहरु रास्ट्रको माया र जनताको मायाले छुट्टेका हुन ! हिजो आफ्नालाइ टाई टाई फिस गर्न फर्काको बन्दुक भोलि चैतेज्युहरुले अहिले माया गरेका पट्टि नै नफर्काइ देलान भन्ने के ग्यारेन्टी छ ? सबै लाइ चाहिएको सुको हो क्यार ! बिना सुको रौ पनि हल्लिदैन ! हदै हरामी हुन्छन हैन छन हो यी चैतेज्युहरु ! आफ्ना स्वार्थपूर्ति को लागि सुको चाहिन्छ र त्यो सुको पाउन को लागि परेको खण्डमा चैतेज्युहरुले आफ्नै आमा र श्रीमती पनि बेच्न पछी पर्दैनन ! कुरो बुझ्छ्म भने होसको दवाई खाम हैन भने भोलि कुइरिनीको पोइ लेन्डुप दोर्जी मुलाको साग जस्तै होला है नेताज्यूहरु! त्यसैले चैतेज्युहरु देखि सावधान !

 

SHARE THIS

Author:

Facebook Comment