क्राइमचेक प्रतिनिधि÷
रौतहट÷ जिल्लाको एक गाउँमा पानीको विषयलाई
लिएर दुई अभिभावक बीच भएको झगडाले उग्ररुप लिएपछि एकजना बालकको हत्या भएको रौतहट
प्रहरीले जनाएको छ ।
जिल्ला
प्रहरी कार्यालय रौतहट गौरले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला एक
जना बालकको हत्यामा संलग्न रहेको आरोपमा दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको कर्कच कर्मैया गाविसका बालकको हत्यामा संलग्न रहेको भन्दै त्यही गाउँका
दुईजना महिलालाई पक्राउ गरी प्रहरीले मंगलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक
गरेको हो ।
हत्यामा
संलग्न रहेको आरोपमा स्थानीय ४० वर्षिया रजियादेवी र बालककै ठूली आमा पर्ने ३५
वर्षिया लालुदेवीलाई पक्राउ गरी सावर्जनिक गरिएको हो यही फागुन १० गते ककर्च कर्मैया –९
टिकुलिया बस्ने बिनोद राय यादवका ७ वर्षिय छोरा शिवजी राय यादवको हत्या भएको थियो
।
केही महिना अघि पानीको विषयलाई लिएर बालकको आमासँग
झगडा भएको र त्यसकै रिसईवीमा बालकको हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको
भनाई छ । बालकलाई मिठाई खुवाउने प्रलोभन देखाएर
हत्या गरिएको प्रहरीले जानकारी दिएको हो । स्थानीय शंकर राय यादवको उखु
बारीमा घाँटी काटेर फालिएको अवस्थामा शव फेला परेको थियो ।
Nepalese Rupee Exchange Rate