काठमाडौं,६ फागुन: प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनगरी जेठमा
चुनाव गर्न आवश्यक पर्ने विधि र प्रक्रियाको मस्यौदा तयार भएको छ । मस्यौदा
तयार गर्न चार दलका नेता सम्मिलित कार्यदलको बैठक आज राष्ट्रपति भवन शीतल
निवासमा बसेको थियो ।
बैठकले जेठमा निर्वाचन गर्नका लागि आवश्यक पर्ने विधि, प्रक्रिया, निर्वाचन आयोगमा पूर्णता लगायतका विषयमा प्याकेजमै सहमतिका लागि प्रस्ताव तयार पारेपछि अहिले
शीर्ष चार राजनीनिक शक्तिबीच शीतल निवासमै छलफल भइरहेको छ ।
एकीकृत माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट विमलेन्द्र निधि र डा।मिनेन्द्र रिजाल, एमालेबाट भीम रावल र अग्नी खरेल तथा मधेशी मोर्चाबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव सदस्य रहेको कार्यदलले मस्यौदा तयार गरेको हो ।
राष्ट्रपतिको रोहवरमा चार राजनीतिक शक्तिबीच सहमति भएपछि आजै साँझसम्म पं्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व सुम्पिने बुझिएको छ ।यसअघि हिजो साझ राष्ट्रपति भवनमा भएको बैठकमा दलहरुबीच प्रधानन्याधीशको नेतृत्वमा सरकार बनाएर जेठमा चुनाव गर्ने सहमति भएको थियो ।