कुरा मिलेन कार्यदलको बैठकमा


काठमाडौं÷मूख्य दलले गठन गरेको कार्यदलको बैठक बिहीबार बस्ने गरी सकिएको छ । चुनावी सरकार गठनको प्रक्रिया टुंगो लगाउन बसेको कार्यदलको बैठकमा सहमति हुन बाँकी विषयमा सहमति नजुटेकाले बिहीबार फेरी छलफल हुने कार्यदलका सदस्य एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।
                कार्यदललमा नागरिकता, मतदाता नामावली, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्वन्धी आयोग गठनबारे
कुरो मिल्न सकेको छैन । यि विषयमा पहिलेदेखि सहमति नभएको भन्दै रावलले भोलिको बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
                काठमाडौंको नयाँबानेश्वरमा बसेको कार्यदलको बैठकमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि संवैधानिक र कानुनी जटिलता फुकाउनेबारे भएको छलफल पनि निषकर्ष पुग्न सकेन ।
                सबै विषयमा प्याकेजमा सहमति भएपछि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको प्रकृया सुरु हुने नेताहरुले बताएका छन् ।

२०६९ फागुन १७ गते बिहीवार प्रकाशित

SHARE THIS

Author:

Facebook Comment