प्रधानन्यायाधीश लाइ प्रधान मन्त्रि नबनाउन सर्वोच्चमा रिट !

काठमाडौं, फागुन ६- प्रधानन्यायाधीश खीलराज रेग्मीको नेतृत्वमा चुनावी सरकारको गठन गर्ने विषयमा दलका शीर्ष नेताहरुबीच छलफल चलिरहदा सर्वोच्चमा रिट परेको छ । रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन नमिल्ने भन्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न नमिल्ने भन्दै अधिवक्ता भरत जंगमले रिट दायर गरेका हुन् । रिटमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु संविधानवाद, शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको भन्दै अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
रिटलाई अग्राधिकार दिन समेत जंगमले माग गरेका छन् ।
प्रमुख दलको शनिबार बसेको बैठकमा प्रधानन्यायाधीश खीलराज रेग्मीलाई चुनाबी सरकारको नेतृत्व दिन दलहरु सैद्धान्तिक रुपमा सहमत भएपछि ८ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलले चुनावी सरकार गठन प्याकेजमा सहमति गर्ने सहमति गरेको छ।
(ग्रेट वे अन लाइन बाट साभार)

SHARE THIS

Author:

Facebook Comment