५ फागुन, काठमाडौं । नेकपा एमालेको बैठक लम्बिएपछि प्रमुख चार दल र राष्ट्रपतिबीच हुने भनिएको छलफल अलपत्र परेको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनबारे निर्णय गर्न शीतल निवासमा अपराहृन ३ बजे एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको बैठक बोलाइएको थियो ।
बैठकमा लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित माओवादी, कांग्रेस र मधेसी मोर्चाका नेताहरु शीतल निवास पुगेपनि केन्द्रीय समिति बैठक लम्बिएपछि एमाले नेताहरु जान पाएका छैनन् ।