युवराज पारस बारे भ्रामक समाचार पोष्ट गर्ने अनलाईन मिडियामाथि कारवाही कस्ले गर्ने ?
वीरगंज÷अहिले भर्खर प्राप्त खबर अनुसार केही अनलाइन मिडियाले पूर्व युवराज पारस शाहबारे प्रशारण गरेको समाचारहरू भ्रामक रहेको र त्यतातिर ध्यान नदिन सम्पूर्ण शुभेच्छुक नेपालीहरूमा क्राइम चेक परिवार आग्रह गर्दछ ।
विभिन्न समयमा पूर्व राजपरिवारलगायतका सदस्यहरुको बारेमा भ्रमपूर्ण समाचारहरु प्रशारण गर्ने केही विदेशी दलाल मिडियाहरूले युवराज पारसको उपचारको क्रममा बैंक स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको भन्ने खबर अनलाइन मिडियाहरूमा प्रकाशन÷प्रशारण भएपछि युवराज पारसको उपचार भइरहेको अस्पतालबाटै उनका सहयोगी सुनिल खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेअनुसार उनको स्वास्थ्य अवस्था मा गंभीर रहेको भएपनि उनको निधनको समाचार निराधार र अफवाह फैलाउने हिसाबले पोष्ट गरिएको हो ।
यसरी कुनै पनि व्यक्ति, वा कसैको पारिवारिक संवेदनशीलतालाई ध्यानमा नराखी तथ्यहिन र आधारहीन समाचारहरु प्रकाशन गरी भ्रम फैलाउन खोज्ने विदेशीका एजेण्ट एवं दलाल मिडियामाथि विश्वास गर्ने कुनै आधार नरहेको बताईन्छ ।
युवराज पारसको अस्वस्थताको खबरले सामाजिक सञ्जालका भित्ताहरु एनको स्वास्थय अवस्थाबारे चासो र शीघ्र स्वास्थ्य लाभको कामना सहितका म्यासेजहरुबाट भरिएको छ भने उनको जीवन रक्षाकालागि नेपाली जनताहरू ईश्वरसँग प्रार्थना गरिरहेको समाचारहरु बाहिर आइरहेका छन् ।
युवराज पारसलाई शीघ्र स्वास्थ्य लाभ मिलोस भन्ने कामना क्राइम चेक परिवारको पनि रहेको छ ।