युवराज पारसको स्वास्थ्य लाभकोलागि गहवा मन्दिरमा पूजा–आजाको तयारी
वीरगंज÷हृदयघात भई बैंकमा उपचार भइरहेको युवराज
पारस शाहको स्वास्थ्यलाभको कामना गर्न वीरगंज लगायतका क्षेत्रका लार्खौं जन
साधारणहरु भोलि अर्थात शनिवार वीरगंज स्थित गहवामाई मन्दिरमा पूजा आजा गर्ने
कार्यक्रम तय गरेपछि त्यस पूजामा सरिक हुन पूर्व राजा श्री ज्ञानेन्द्र शाह र रानी
कोमल शाह पनि वीरगंज सवारी हुने जानकारीमा आएको छ ।
पूर्व युवराज पारसको
स्वास्थ्य स्थितिबारे नेपाली जनताहरूमा चासो र चिन्ताले घेरिएपछि विदेशमा कृत्रिम
उपचार र स्वदेशमा धार्मिक हिसाबले देवी देवी देउतासमक्ष भाकल गर्ने र शीघ्र
स्वास्थ्यलाभको कामना गर्नेहरुको संख्या बढ्दो छ ।
यता पूर्व राजा–रानीले आज बाराको
सिमरास्थित राम जानकी मन्दिरमा पूजाआजा गरेका छन् । छोरा पारसको शीघ्र
स्वास्थ्यलाभको कामनाका लागि पूर्व राजदम्पत्ती राम जानकी मन्दिर गएको हुन सक्ने
अनुमान धैरैले गरेका छन् ।
आजै मुसर्नीमाई, कृष्ण मन्दिर लगायतका
मन्दिरहरुमा दर्शन गर्ने कार्यक्रम रहेपनि राजदम्पती राम जानकी मन्दिरमा
मात्र
पूजा गरेर प्रभु निवास फर्केका थिए ।
मध्य तराईका विभिन्न जिल्लाका मन्दिरहरुको दर्शनका
लागि एक महिना लामो भ्रमणका लागि बारामा बस्दै आएका पूर्व राजदम्पतीको भ्रमण छोरा
पारस र नातिनी कीर्तिकाको स्वास्थ्य अवस्थाका कारण स्थगित हुनसक्ने निजी सचिव सागर
तिमिल्सेनाले जानकारी दिएका छन् ।
पूर्व राजा सपरिवारसहित माघको अन्तिम साता सिमरा
पुगेका थिए । आफ्ना पतिको स्वास्थ्य उपचारमा सघाउन पत्नी हिमानी शाह भने बैंकक
पुगेकी छिन् ।
क्राइम चेक परिवार पनि
युवराज पारस शाहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

Nepalese Rupee Exchange Rate