क्राइमचेक
प्रतिनिधि/
वीरगज/ पर्सा प्रहरीले जिल्लाको दुर्इ
छुट्टाछुट्टै स्थानबाट डेढ अर्थात साढे एक क्वीन्टल गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले
दिएको जानकारी अनुसार जिल्लाको शिबर्वा गाविसबाट मंगलवार राती एक क्वीन्टल गाँजा बरामद
गरिएको हो । इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी प्रसौनीभाठाको संयुक्त गस्ती
टोलीले सो परिमाणको गाँजा
बरामद गरेको हो ।
तस्करहरूले विश्रामपुर गाविसबाट गाँजा
लिएर भारत तफ लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलार्इ देखेर गाँजा फ्याकेर
फरार भएको प्रहरीको दाबी
छ । बरामद गरिएको गाँजा,
इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको प्रहरी निरिक्षक खेमनारायण
चौधरीले जानकारी दिए ।
यसअघि प्रहरी चौकी पाँडेपुरबाट
खटिएको प्रहरी गस्ती टोलीलार्इ देखेर तस्करहरूले गत शुक्रवार राती २०:४० बजेको समयमा गाविस पिडारी–६ स्थित पिपराढी गाउँबाट भारततफ लैजाँदै गरेको अवस्थामा ५० केजी गाँजा फालेर
फरार भएको उक्त गाँजा बरामद गरेको थियो ।
सो गस्ती टोली प्रहरी
चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्ष्ाक बबलुकान्त झाको नेतृत्वमा खटिएको थियो ।