क्राइमचेक
प्रतिनिधि/
वीरगंज/राष्टि्रय सहमतिकालागि राष्ट्रपति डा. रामवरण यादवले
दलहरूलार्इ बिगत दुर्इ महिनादेखि पटक–पटक गरी म्याद दिंदै आएपनि दलहरूबीच कुनै सहमति नभएपछि थकित भएर राष्ट्रपतिले
जहिलेसम्म भएपनि सहमति गर्नु भन्ने अभिप्राय सहितको म्याद पत्र जारी गरेका छन्
।
दुर्इ
महिनासम्मको म्याद थपाथप गरी सहमति खोज्ने काम व्यर्थ भएपछि राष्ट्रपति रामवरण यादवले
मंगलवार सहमतिका लागि म्याद बिनाको वक्तव्य
जारी गरेका छन् ।
मंसिर ८ देखि शुरु भएको मिति तोकेर
म्याद थप्ने यात्रा मंगलबार टुङ्गिएको हो । राष्ट्रपति कार्यालयåारा जारी विज्ञप्तिमा सहमति गर्न पहिलेको जस्तो निश्चित
मिति तोकिएको छैन । मिति तोकिँदा त सहमतिका लागि खासै केही नगनर्ेहरूले मिति नतोकिएको
अनिश्चितकालीन म्यादमा केही गर्लान् भनी सोच्नु बेकार हुने सर्वसाधारण नागरिकहरूको
ठहर छ ।
सर्वसाधारण नागरिकहरुका अनुसार
"नालायक प्रतिपक्षीहरूका कारण बाबुराम भट्टरार्इको स्वेच्छाचारी
शासन अझै बलियो हुने डर अब झन् बढेको छ ।" कम्तिमा २० गतेदेखि
हुने माओवादीको महाधिवेशनसम्म यो देशमा दलहरूबीच वार्ता, बागर्ेनिङ
केही हुँदैन भनी ढुक्क भए हुन्छ ।
(प्रकाशित मिति २०६९ माघ ४ गते बिहीवार)