क्राइमचेक
प्रतिनिधि/
बारा/
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको तफबाट बिगतमा भौतिक योजना तथा तथा
निर्माण सहायक मन्त्री हुन पुगेकी कलावती पासवान विरुद्ध उनकै पूर्व निजी सचिवले ठगी
मुद्दा दायर गराएका छन् ।
Kalawati Paswan |
प्राप्त जानकारी अनुसार पूर्व
मन्त्री पासवान विरुद्ध उहाँकै पूर्व निजी सचिव दिपलाल हजराले जिल्ला प्रशासन कार्यालय
बारामा ठगी मुद्दा दर्ता गराउनु भएको हो । हजराले विभिन्न व्यक्तिलार्इ जागिर लगार्इ
दिने प्रलोभनमा पूर्व सहायकमन्त्री पासवानले आफूबाट रकम असुल गरार्इ रकम फिर्ता
नगरेको
भन्दै ठगी मुद्दा दर्ता गराएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । पूर्व सहायक मन्त्री पासवानले प्रहरी
र खानेपानी संस्थानमा जागिर लगार्इ दिन्छु भन्दै विभिन्न व्यक्तिबाट २५ लाख रुपैयाू
असुल गरे पनि अहिले त्यो रकम फिर्ता गर्न अस्विकार गरेकाले त्यसबारे छानबिन गरी कारवाही सहित रकम फिर्ता
गरार्इ दिन आग्रह गर्दै हजराले मुद्दा दर्ता गरेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरी
पुष्करले जानकारी दिनुभयो ।
यस सम्बन्धमा पूर्वसहायक मन्त्री
पासवानलार्इ सम्पर्क गरी सोधपुछ गर्दा उनले दिपलाल हजरालार्इ आफूले नचिनेको र आफूलार्इ
बदनाम गर्न उजुरी गरेको हुन सक्ने प्रतिकृया दिइन ।
(प्रकाशित मिति २०६९ माघ ४ गते बिहीवार)