सहमतिकालागि कानुन मिच्नुको विकल्प छैन : उपराष्ट्रपति झा



क्राइमचेक प्रतिनिधि/वीरगंज/ कानुन मिचेरै भएपनि वर्तमान समस्याबाट मुलुकलार्इ निकास दिन सबै दल एकजुट हुनुपर्नेमा उपराष्ट्रपति परमानन्द झाले जोड दिएका छन् ।
      रौतहटबाट राजधानी काठमाण्डौ फर्कने क्रममा बुधवार सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपराष्ट्रपति झाले सो कुरा बताउनुभएको हो । उनले संविधान सभाको विघटनसँगै निम्तिएको वर्तमान समस्याको निकासका लागि कानुन मिचेर कदम चाल्नुको विकल्प नभएको बताए ।
संविधानसभामा प्राप्त गरेको मतलार्इ आधार बनाएर ठूला र साना दल भनेर कसैले पनि घमण्ड नगर्न पनि उपराष्ट्रपति झाले आग्रह गरे ।
      संविधानसभा विघटन भइसकेकाले त्यतिबेला प्राप्त गरेको मतको अहिले कुनै तुक नरहेको उनको भनाइ  थियो । निर्वाचन आयोगमा दर्ता भएका सबै दल समान रहेकाले अहिलेको अवस्थामा सबैको समान हैसियतलार्इ आधार स्तम्भ बनाएर समस्याको निकासका लागि लाग्न उनले दलहरूलार्इ सुझाव समेत दिएका थिए । 

(प्रकाशित मिति २०६९ माघ ४ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment