क्राइम
चेक प्रतिनिधि/
बारा/जिल्लाको निजगढबाट तीन महिना अघि अपहरणमा परेका दुर्इजनाको अवस्था पत्ता लगाउन
वुधबारदेखि नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्यूरोले अनुसन्धानको थालनी गरेको छ
।
चुरे भावर राष्टि्रय एकता पार्टी
बाराका अध्यक्ष भीमलाल श्रेष्ठ
र बकैया ठाकुर सामुदायिक वन उपभोक्त समितिका वन हेरालु
र्इन्द्रलाल चौलागार्इ गत असोज 1५ गतेदेखि बेपत्ता रहेका छन्
। उनीहरूको अपहरण भएको आशंका गरिएपनि अझसम्म उनीहरूको अवस्थाबारे पत्ता लाग्न नसकेपछि
केन्दि्रय अनुसन्धान ब्यूरो (सिआइबी)ले
अनुसन्धान थालेको हो ।
वनमा स्याउला र घाँस संकलन गर्न
गएका बेला बकैया ठाकुर सामुदायिक वनबाट श्रेष्ठ र चौलागार्इ अपहरणमा परेको आशंका गरिएपनि
अभैmसम्म यसको पुष्टी समेत भएको छैन ।
प्रहरीले उनीहरूको खोजी कार्यलार्इ
व्यापकताका साथ जारी राखेपनि तीनमहिनासम्म सफलता प्राप्त हुन नसकेपछि माथिल्लो निकायमा
अनुरोध गरेर सिआइबीको सहयोगमा पुन: अनुसन्धान थालिएको जिल्ला
प्रहरी कार्यालय बाराले जनाएको छ ।
केन्दि्रय अपराध अनुसन्धान विभागका
प्रहरी उपरीक्षक विष्णुहरी गौतम र केन्दि्रय अनुसन्धान विभागका विशेषज्ञ सहितको संयुक्त
टोलीको सहयोगमा अपहरितको अवस्था पत्ता लगाउन अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक
दानसिंह बोहराले बताए ।
(प्रकाशित मिति २०६९ माघ ४ गते बिहीवार)