क्राइमचेक
प्रतिनिधि/वीरगंज/विभिन्न पदमा कार्यरत रहेका
भ्रष्ट कर्मचारीहरूमाथि कारवाही गर्न निर्देशन दिइएको छ ।
प्राप्त
जानकारी अनुसार स्थानीय विकास मन्त्रालयका सचिवको नेतृत्वमा खटिएको अनुगमन टोलीले पर्सा
र बाराका स्थानीय निकायका भ्रष्टाचारमा संलग्न कर्मचारीहरूविरुद्ध कारवाहीको निर्देशन
दिएको हो । स्थलगत अनुगमनमा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठको
नेतृत्वमा खटिएको
टोलीले मंगलबार लिखित निर्देशन जारी गर्दै लामो समयदेखि पेश्की बेरुजु फर्छयौट नगरेका
कर्मचारीविरुद्ध कारवाहीकालागि वीरगंज उपमहानगरपालिका कार्यालयलार्इ निर्देशन दिएको
प्राप्त समाचारमा जनाइएको छ ।वीरगंज उप–महानगरपालिकाका अधिकृत स्तरदेखि श्रेणीबिहीनसम्मका गरी २ सय ३७ कर्मचारीको नाममा कूल एक करोड ६४ लाख रुपैयाँ पेश्की बेरुजु रहेको छ भने एउटै कर्मचारीको नाममा ६४ लाख रुपैयाँसम्म पेश्की बेरुजु रहेकोबारे कारवाहीकोलागि उजुरी परेपछि मन्त्रालयबाट खटेका टोलीले यस्तो निर्देशन दिएको हो ।
(प्रकाशित मिति २०६९ माघ ४ गते बिहीवार)
Nepalese Rupee Exchange Rate