क्राइमचेक प्रतिनिधि/
वीरगंज/भारत विहार जिल्ला मोतीहारी थाना आदापुर बर्बा ग्राम पंचायत बस्ने ३५ वर्षीय छोटेलाल साहलाई १ हजार दरका २३ थान र ५ सय दरका ६२६ थान समेत गरी ३ लाख ३६ हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
सीमा
प्रहरी चौकी छपकैयाबाट खटिएको प्रहरी टोलीले माघ ८ गते १३ः०० बजे वीरगंज उपमहानगरपालिका–१ स्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारी तलासी लिँदा कम्मरको भागमा कपडाले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त भारतीय रुपैयाँ फेला परेको थियो । निजलाई आवश्यक कानुनी कारबाहीको लागि प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।