भारतीय प्रहरीको ज्यादतीले पर्साबासी आतंकित !

अजय यादव/

वीरगंज/अनावश्यक निहुमा भारतीय एस एस बी हरुले पर्साको मधवल वडा नम्बर मा आक्रामक शैलीमा लाठी चार्ज गरी ज्यादती गरेका छन् ।नेपा भारत को सिमा भन्दा करिब २०० मिटर टाढा रहेको आफ्नै निजी जग्गामा लगाएको रुख काटिरहदा  पाँच सात जनाको संख्यामा आएका सिमा नजिकै रहेको प्रहरी चौकीका जम्दार तथा एस.एस.वी का जवानहरुले पर्सा जिल्ला मधवलका सर्वसाधारणहरुलाइ निर्घात कुटपिट गरेका छन् साथै घटनाका बारे जानकारी गराउदा समेत भारतीय तथा नेपाली प्रहरीले कुनै वास्ता नगरेको स्थानीय रमेस साहले बताउनु भएको झौेवागुठी वडा नं मा भारतीयहरु प्रवेश गरेर सधै हेप्ने गरेको सामान पनि चोरेर लाने गरेको स्थानिय सर्वसाधारणहरुको गुनासो रहको साथै भारतीय एस एस वी हरुको यस्तो रवैयालाई नियन्त्रण गर्न प्रति कसैको कुनै चासो नभएका कारण उनीहरुको मनोबल दिन प्रतिदिन बढ्दै गइरहेको सीमा क्षेत्रका आम जनताहरु आफुलाइ असुरक्षित महसुस गरिरहेको समेत मधवलवासीहरुको गुनासो रहेको

SHARE THIS

Author:

Facebook Comment