पर्बत युवा सेवा समाज कतारको सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दिल कुमार श्रेष्ठ दोहा  –
गत शुक्रबार पर्वत युवा सेवा समाज कतारले सांगीतिक कार्यक्रम सांगीतिक धमका भब्यता का साथ सम्पन्न गरेको छ । बिबिध सांगीतिक प्रस्तुति रहेको सो कार्यक्रममा स्थानीय लगाएत नेपालबाट आएका वरिष्ट तथा चर्चित लोकगायक गायिकाहरुले प्रस्तुति दिएका थिए । कतारको सालिमार होटलमा भएको सो कार्यक्रममा बिल्कुलै संगीतमय भएको थियो । औपचारिक कार्यक्रमको अन्त्य संगै सुरु भएको सांगीतिक कार्यक्रमले हलभरि रहेका दर्शकहरुले कार्यक्रम अबधिभर भरपुर मनोरन्जन लिएका थिए ।

सुरुभएको  अनौपचारिक कार्यक्रम कार्यक्रमको अन्त्य सम्म दर्शकहरुलाई तानेर राख्न सफल भएको थियो । “मेरो पतालु कम्मर होकी” भन्ने गीतको बोलमा  स्थानीय कलाकार मिना मगरले कम्मर मर्कौदै नाचे पछि दर्शकहरु पनि रमाउन सुरु गरेका थिए । लगतै दर्शकलाई नाकुराई नेपालबाट आएका राष्ट्रिय गायिका कल्पना काफ्लेले आफ्नो प्रस्तुति दिन आएकी थिइन् ।

उनले दुनियाले मुटु जलाए, चुप्प चुप्प मुई खान मन लाग्छ तिम्रो गालामा, हासौं बोलौं दुई दिने चोला फेरी भेट होला, या नहोला, लगाएत आधा दर्जन गित गएर दर्शकको मन जितिन भने तन्नेरी दर्शकहरुलाई आफ्नो आफ्नो ठाउँबाट उठेर नाच्न बाध्य बनाएकी थिईन । त्यसै गरि कलाकार इशा घतानीले कोहि आँखा लगाउन सिपालु भन्दै स्टेज हल्लाउन आइ पुगेकी थिईन ।
मौलिक शैली र लोक पारखिहरुको लागी बसन्तको वाहर भएको धमका कार्यक्रम फेरी अर्की गायिका सावित्री जोशीले सबैकी म प्यारी सायद मा काली भएर होला गित गाउन म यहाँ आएको छु सायद पर्बतेको माया र ताली भएर होला भन्दै स्टेजमा उक्लेकी मात्रै थिईन । दर्शकको माहोल गरम भएको थियो, उनले पनि जहाँ गएनि सिठी र ताली, नाचौ गाउन भेट भाको भेलामा, जस्ता चर्चित गएर उपस्थिति सबैलाई उफारेकी थिईन । त्यस्तै कलाकार तुफान काफ्लेको ट्युबलाइट डान्सले सबैको मुटु कमाएको थियो । अनि कतारका सोल्टीहरुको मनको ढुकढुकी बन्न सफल गायिका जमुना रानाले सोल्टीले मलाई आँखा मार्यो भन्दै आउदा तालीको स्वागतसंगै उमंगको कोलाहल नै मच्चिएको थियो । साथमा उनले झ्याउरे सालैजो देखि भुर भुर गर्ने पुतली बोलको लगाएत आधा दर्जन गाउदा सम्म हलमा भएका सबैले आफुले बसेको ठाउँ नै छोडी सकेका थिए ।

Presentation3 यसरि आफ्नै बिर्सने माहोललाई अजि रक बनाउन लेकाली ब्यान्डका नरेन खड्का, चितवन आइडल २०७० नबराज श्रेष्ठ र दामोदर न्यौपाने लोक तथा रक पपगित गाउदै सांगीतिक माहोललाई तातो बनाए । दिनभरिको प्रतिक्षा अनि साधारण तर असाधारण प्रतिभाका धनि मौलिकपन देखि भोलिका लोकदोहोरी गायकहरुका प्रेरणा बनेका नेपाल लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष तथा बरिष्ठ लोक दोहोरि गायक बिमलराज क्षेत्रीले आफ्नो प्रस्तुति जब दिन सुरु गरे तब सबैले आफुलाई समाल्न नसकी उनको गितसंगै घरि छमछमी नाचे भने घरि उनकै तालमा बहकिएका थिए । उनले ३० भन्दा बढी आफुले गएका गित कुनै ट्रयाकमा गाए तPresentation5 कुनै आफ्नै शैलीमा, कलाले भरिएको उनको निखारता गीतको भाकामा र उनको भावमा प्रष्ट देख्न सकिन्थ्यो । उनले कुन गित गाए भन्दा पनि उनको प्रस्तुति शैलीको प्रसंशा गर्न कोहि पछि परेका थिएनन् । उनले सोलो मोसनमा रानीघाटैबाट सुरु गरेर पन्चे बाजा, रोएला, छुटका, भजन, लगाए लोकशैलीका सम्पूर्ण भाकाहरुमा आफ्नो स्वर पुर्याएका थिए । साथै अन्त्यमा कल्पना काफ्ले, जमुना राना, सावित्रीका साथमा विमलले दोहोरि समेत गाएका थिए । उद्घाटन, ब्यानर अनावरणसंगै राष्ट्रिय गानवाट सुरु गरिएको कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष सबिन्द्र श्रेष्ठले गरेका थिए ।

प्रमुख अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष विनेश तामांग रहेको कार्यक्रममा बिशेष अतिथि समाजसेविहरुमा रामहरी गैरे, दिल किरण खुजुम, नरेन्द्र भाट, नरेश श्रेष्ठ, इश्वर काफ्ले, राज अधिकारी, राज कुमार दिक्पाल, क्रान्ति सिंह, होमनाथ शर्मा रमेश भट्ट, दोर्ण बस्नेत, कतारी अहमद अब्बुल्ला लगाएत कतारमा स्थापित स्थापित सम्पूर्ण संघसंस्थाहरुको अतिथ्यता रहेको थियो । सस्थाका सांगीतिक संयोजक शक्ति क्षेत्रीले स्वागत मन्तब्य दिएसंगै कार्यक्रमको लागी शुभकामना मन्तब्य दिनको लागी जनबर्गिय संगठनको तर्फबाट, रामहरी गैरे, ब्यबसायी तथा समाजसेवीहरुको तर्फबाट नरेन्द्र भाट र सम्पूर्ण संघसस्थाहरुको प्रतिनिधित्व गर्दै म्याग्दी प्रवासी संघ कतार साखाका अध्यक्ष गणेश श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए ।

साथै शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि बिनेश तामांगले कला र सस्कृति को लागि लोकसंगीतले बिसेष भूमिका खेलेको भन्दै कतारमा पनि आगामी दिनमा कल्चर सेन्टर हुने मा ढुक्क हुन भनेका थिए । भोलिका दिनमा हुने यस्ता कार्यक्रमलाई मध्यनजर गर्दै एनआरएनले यस्तो प्रक्रिया चलेको र राजदुताबासबाट समेत यस बिषयमा लबिंग भएको बताएका थिए ।

अन्त्यमा धन्यवाद सहित कार्यक्रमको समापन गरेका सभापति श्रेष्ठले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी शुभचिन्तक संघसस्थाहरुमा हार्दिक आभार प्रकट गरेको कार्यक्रमको संचालन महासचिब दिल कुमार श्रेष्ठ र सल्लाहकार शेषराज तिमिल्सेनाले गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment