अन्नको अपमान कहिलेसम्म सहन गर्ने हो ?

–प्रशान्त महासागर
जय जनता । सबैलाई फेरि एक पटक धन्यबाद दिंदै स्वागत सत्कारका साथै न्यानो अभिबादन भन्दै साप्ताहिक ९१ घण्टा लोडसेडिङ्ग खप्न सक्ने क्षमता सबै जनजाति, आदीवासी, थारु मधेश तथा असन्तोष मनशायका प्रवृतिहरुमा तथा देश निर्माण हुँदा घाटा व्यहोर्नु पर्ने सबै संघ संस्थामा प्रदान होस् भन्ने शुभकामना व्यक्तगर्न चाहन्छु । र शुभकामना सहित नेपालीहरुले अब केही गर्दैनन् भन्ने सत्य जुन सरकारले सोचेका छन् वास्तवमा त्यो सत्य हुन्छ भन्ने मैले पूर्ण रुपमा विश्वास आफुमा जगाएको छु भने नेपालीहरुले बेअर्थका कुरा बाहेक सत्यकालागि आवाज निकाल्न छोडेका कुरा प्रष्ट गर्न चाहन्छु किनभने जुनै सरकारले जे गरेपनि योजनाबद्ध कुनै सिद्धान्त नआउनु नै हो र निस्किनेहरु पनि सिमित स्वार्थ सोहरेर लाग्ने कुराले पनि विगत र वर्तमानमा नेपालीहरु कष्टकर हुनु नै हो । र भविष्य भनेको केवल लोडसेडिङ्ग तालिका हेरफेर हेर्नु मात्र भएको छ ।

नेपालमा आम नेपालीहरुको कुनै भविष्य छैन र खोज्नु उचित छैन भन्ने कुरालाई बारबारका आन्दोलन जस्मा शब्दहरु मात्र फेरबदल भएभने राजनैतिक हस्तिमा पुराना खेलाडीहरु जसका सुजबुजले कामगर्न छोडि सकेका छन् तिनीहरुकै दबदबा कायम हुनुले पनि देखाउँदै आएका छन् । यी यस्ता स्वार्थसिद्धका सिद्धान्तहरुले गर्दा नै नेपालीहरुले आज मैनबत्तीमा खाना पकाउँदै आउनु परेको हो भने नेपालीहरु सहर्ष स्वीकार्न तयार छन । जबसम्म नेपालीहरु ठाउँ गाउँ हुँदै एकै स्वरमा गलतलाई गलत भन्न जागरुक हुँदैन साथै असहयोगलाई माग पूर्ति त्यो पनि सत्यमा मात्र नाकि स्वार्थसिद्धमा गर्दैन तबसम्म सरकारमा सचेतना आउँछ भनि कल्पना गर्नु नेपालीहरुको हकमा मूर्खता नै हुनेछन् । नेपालीहरु सहनमा अति सहन्छन् भन्ने कुरालाई लोडसेडिङ्ग थपिंदै लगिनु हो भने उतपादनको लेखाजोखा नेपालीहरुसँग नहुनु हो र थप उत्पादन किन भएन भन्ने उत्सुकता नहुनु साथै शेयर लगानीमा मात्र जागरुक हुनु अर्को नेपालीहरुको दोषपूर्ण दृष्टि हुन् । र एउटा साधारण कुरा दशैं तिहार ताकाबत्ती हुनुलाई सरकारले सबै कल–कारखाना बन्द हुने कुरा अगाडि सारेका छन् भने आन्दोलनको समयमा देशभरिका सबै उद्योग थप्प हुँदा नि लोडसेडिङ्ग हप्तै पिच्छे बद्ढै जानुलाई नेपालीहरुले किन बेवास्ता गरे भन्ने कुरा मैले पूर्ण रुपमै बिर्सें ।

र नेपालीहरु कस्तो माटोबाट बनेका हुन् भन्ने कुरालाई मैले बुझ्नै छोडेको छु भने हावापानी कस्तो चाहिन्छ भन्ने कुराबाट पूर्णरुपले अनविज्ञ हुँदै अग्नी र आकाशसँगको नेपालीहरु मित्रता पनि बिर्सेको छु । गाँस, वास र कपास भन्ने पनि नेताहरुकै नारा मात्र हुन् जुन नेपालीहरु लुट्ने मन्त्र नै पो हो कि....? होईन भन्छौ भने कहिले देखि सरकारसँग युद्ध गर्ने ? सुशासन र सुप्रसाशनको लागि मर्न अब कहिले देखि नेपालीहरु तयार हुने हो ? हुन त हामीसँग धेरै अभावहरु छन् ती अभाव मध्येका पनि आधारभूत आवश्यकता जुन भिख होईन आफ्नै परिश्रम पसिनाबाट सुलभ होस् भनेर कहिले देखि लागी पर्ने हो ? होईन यो सरकारको दायित्व हो भनी चूप लागेको खण्डमा अभाव र अल्झिनहरु बढ्नु सिवाय घट्ने छैन किनभने हाम्रो जीवनसँगको प्रत्यक्ष खेलवाड नै कसैको कमाई कमिशन भएको कुरालाई हामीले राम्ररी बुझि सकेका छौं । अत: अब कहिले देखि आफ्नो लागिन भएपनि आफ्ना सन्ततीहरुका लागि एकचोटि खर्चिने पो हो कि........ ? हुन त हामी आफै खर्चि रहेकै छौं अर्थहीन, सारहीन हुँदै त खाई रहेको खानाको समेत बेइज्जत गर्दै बाँचीआई रहेका छौं । हामीले हाम्रो अन्नहरुको अपमान कहिले सम्म सहन गर्ने हो मैले त बुझ्न छोडे नै ।

SHARE THIS

Author:

Facebook Comment