चैत १५ वीरगञ्ज
वीरगञ्जको माईस्थानमा आज देखि तीन महिने निःशुल्क केश श्रृङगार तालिम शुरु भएको छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, व्यवसायिक सीप विकास तथा तालिम केन्द्र हेटौंडाको आर्थिक सहयोगमा
क्रियटिभ स्कील्स प्रालि पर्साको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको पर्सा व्युटियसन संघकी अध्यक्ष उर्मिला थापाले उदघाटन गर्नुभएको थियो । तालिम उदघाटन पछि बोल्दै थापाले मन लगाएर सिप सिक्न आग्रह गर्नुभयो । उहाँले सीप सिकेपछि त्यसको उपयोग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अवसरको सदुपयोग गर्न सुझाव दिनुभयो । गरिब विपन्न समुदायका महिलालाई लक्षित गरेर सञ्चालन गरिएको ३ सय ९० घण्टे तालिममा व्युटिसियन राधा हमाल र कल्पना खड्काले प्रशिक्षण दिनेछन् । तालिममा सहभागीहरुलाई केस श्रृङ्गार, आई ब्रो थ्रेडिङ, हेयर कटिङ, वेल मसाज, हेयर प्याक, क्लिजिङ लगायत केश सृङ्गारका १३ वटा विधि सिकाईने प्रशिक्षक कल्पना खड्काले जानकारी दिनुभयो । तालिममा २० जना सहभागी छन् । क्रियटिभ स्कील्स प्रालीका मन्टु साहको अध्यक्षतामा तालिम उदघाटन कार्यक्रम भएको थियो ।

 Nepalese Rupee Exchange Rate
 Nepalese Rupee Exchange Rate