महिला प्रहरीलाई फोन गरेर दुःख दिने स्ववियु उपसभापति पक्राउ

विरगञ्ज, फागुन २३ -
 महिला प्रहरी जवानलाई अनावश्यक रुपमा पटक पटक फोन गरेर दुख दिएको आरोपमा प्रहरीले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु उपसभापति प्रमोद यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवानलाई यादवले गलत नियतले पटक पटक फोन गरेर मनसिक तनाव दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले बताउनुभयो । यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर केहि सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक बोगटीले बताउनुभयो । 

SHARE THIS

Author:

Facebook Comment