बझाङ-जम्मा ४ कक्षा उत्तीर्ण उनको पद कार्यालय सहयोगी हो । पदअनुसार उनको जिम्मेवारी फाँटमा बसेर काम गर्ने होइन, फाइल ओसारपसारजस्ता काममा सघाउनु हो । तर, जिल्ला प्रशासन कार्यालय, बझाङको नागरिकता फाँट १४ वर्षयता उनी एक्लैको काँधमा छ ।
उनी अर्थात् चन्द्रबहादुर ओली । हरेक दिन कार्यालय पुगेपछि नागरिकता फाँटमै समय बिताउने उनी सेवाग्राहीसँग मिजासिलो व्यवहार गर्छन् । नागरिकता दिलाउने प्रक्रिया के हो, सम्बन्धित फाइल कहाँ छन्, उनलाई कुनै द्विविधा छैन । सेवाग्राहीमध्ये प्रायः सबैले उनलाई फाँटवाला नै ठान्छन् ।
आवश्यक कर्मचारी नियुक्त नगरिँदा जिल्ला प्रशासन कार्यालय, बझाङको नागरिकता फाँट १४ वर्षयता पियनका भरमा चलिरहेको हो । ओलीले सकेजति भरथेग गरिरहे पनि दरबन्दीअनुसार फाँटवाला कर्मचारी नहुँदा विभिन्न झमेला झेल्नुपरेको सेवाग्राहीको गुनासो छ ।
'सात वर्षअघि बनाएको नागरिकता खोलामा बग्यो, प्रतिलिपि लिन ढड्डा भिडाउन फाँटवाला खोज्दै दिन बित्यो, सुब्बा होलान् भन्ने सोचेको थिएँ, फाँटमा त कार्यालय सहयोगी पो रहेछन्,' कोइरालाकोट–३ अदुकालीका रंगलाल जोशीले भने । नागरिकताजस्तो संवेदनशील फाँट लामो समयदेखि कार्यालय सहयोगीको भरमा रहँदा पनि दरबन्दीअनुसार कर्मचारी नपठाउनु सरकारको लापरबाही भएको उनको भनाइ छ । 'अन्यत्रका नागरिकता फाँटमा सुब्बा, अधिकृत हुन्छन्,' उनले भने, 'हामी बझाङीलाई चाहिँ यतिसम्म लापरबाही किन ?'
ओली नागरिकता फाँटमै अल्झिनुपर्दा उनले आफ्नो नियुक्तिअनुसारको काम गर्न भने भ्याउँदैनन् । यसको असर कार्यालयका अन्य कार्यालय सहयोगीमा परेको छ ।
'हामी सात जना कार्यालय सहयोगी छौं, ओलीजी दिनभर नागरिकता फाँटमै व्यस्त भइदिँदा हामीलाई कामको बोझ बढेको छ,' कार्यालय सहयोगी विष्णु ऐडीले बताए ।
बाध्यताले आइलागेको जिम्मेवारी दत्तचित्त भएर पूरा गरिरहेका छन्, कार्यालय सहयोगी ओली । अन्य फाँटमा कर्मचारी भेट्नै मुस्किल पर्ने सेवाग्राहीको गुनासो हुन्छ तर नागरिकता फाँट कहिल्यै खाली हुँदैन । काम समयमै हुन्छ । मिजासिलो व्यवहारले उनले सेवाग्राहीको मन जितेका छन् ।
'ओलीजी सेवाग्राहीसँगै साह्रै्र राम्रो व्यवहार गर्दा रहेछन्, अरू फाँटमा कर्मचारी भेट्नै मुस्किल भए पनि नागरिकता फाँटमा उनी जतिखेरै भेटिन्छन्,' नागरिकता बनाउन गएका जयबहादुर बुढाले भने । जयपृथ्वी नगरपालिका–१२ का उनले थपे, 'अरू फाँटमा बारम्बार नमस्कार गर्दा पनि बल्लतल्ल काम हुन्छ, नागरिकता फाँटमा भने आफैं नमस्कार खान पाइन्छ, काम पनि सजिलै हुन्छ । कार्यालय सहयोगी भए पनि जनताको सेवामा लाग्ने कर्मचारी रहेछन् ।'
सरकारी सेवामा ३२ वर्ष बिताइसकेका ओली आफूले नागरिकता फाँटमा सम्बन्धित कर्मचारी नियुक्त गरिदिन पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्छन् । हरेक नयाँ सिडिओसँग उनको यही आग्रह हुन्छ ।
'नयाँ सिडिओ आउनासाथ कार्यालय सहयोगीजस्तो मान्छे फाँटमा बसेर काम गर्न सक्दिनँ भन्छु, चिन्ता नगर, केही दिनमै व्यवस्था हुन्छ भन्छन् तर कहिल्यै कर्मचारी आएनन्,' ओलीले भने, '४ कक्षा पास गरेको मान्छे राम्ररी पढ्न आउँदैन, विश्वासकै भरमा काम गरेको १४ वर्ष बितिसकेछ ।'
ओलीका अनुसार नागरिकता र राहदानी गरी दिनमा ४०–५० वटासम्म ढड्डा (अभिलेख) भिडाउनुपर्छ । ५८ सालमा संकटकाल लागेसँगै कार्यालयका कागजपत्र सेनाको ब्यारेकमा राख्न थालिएपछि उनको काँधमा यो जिम्मेवारी आएको हो । यसबीच बझाङ जिल्ला प्रशासनमा १८ जना सिडिओ फेरिए तर कार्यालय सहयोगी ओलीको काम फेरिएको छैन । 'फाँटैभरि आफू एक्लै भए पनि सकेसम्म कसैको काम अड्काइदिएको छैन,' उनी भन्छन्, 'तर, ढड्डा मिलान गर्दा समय लाग्छ ।'
लोकसेवा आयोगले कर्मचारी नपठाउँदा कार्यालयमा समस्या रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी बताउँछन् । कार्यालय सहयोगी ओलीलाई नागरिकता फाँट नभई नागरिकता अभिलेखको काम दिइएको उनी दाबी गर्छन् । 'नागरिकता फाँटको काममा त कहिले शान्तिसमिति त कहिले साल्ट ट्रेडिङका कर्मचारीको सहयोग लिने गरिएको छ,' उनले भने ।
ओली अनुभवी कर्मचारी भएकाले प्रजिअ चौधरी उनीप्रति पूर्ण विश्वस्त भने छन् । 'अधिकांशको अनुहार चिनेर काम गर्न सक्छन्, कार्यालयलाई गलत गर्दैनन् । म यहाँ आएको करिब पन्ध्र महिना भयो, उनीबारे अहिलेसम्म एउटै गुनासो आएको छैन,' उनले भने ।
जिल्ला प्रशासनमा नागरिकता, त्यसको प्रतिलिपि र राहदानी बनाउन आउनेको दिनहुँ घुइँचो हुन्छ । कर्मचारी नभएकै कारण एक दिनमा सकिने काम दुई दिन लाग्ने गरेको सेवाग्राहीको गुनासो छ ।
सरकारले जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगीसमेत २४ जनाको दरबन्दी तोेकेको छ । तर, दरबन्दी अनुसार कर्मचारी भए–नभएबारे कसैले चासो नदिएको नासु गोरखबहादुर धामी बताउँछन् । 'आवश्यक कर्मचारी छैनन्, अधिकांश फाँटको कामसमेत कार्यालय सहयोगीले सघाउने गरेका छन्,' उनले भने ।
दरबन्दीअनुसार बझाङ प्रशासनमा सिडिओ, सहायक सिडिओ दुई, नासु आठ, लेखापाल एक, खरिदार दुई, कम्प्युटर अप्रेटर, सात जना सहयोगी हुनुपर्ने हो । तर, अहिले सिडिओ, एक सहायक सिडिओ, एक नासु, दुई कम्प्युटर अपरेटर र सात कार्यालय सहयोगी मात्रै छन् । दुई दिनअघि मात्रै सहायक सिडिओ खगेन्द्रबहादुर मल्ल कार्यालयको कामले जिल्लाबाहिर गएका छन् । खरिदार मदन ठगुन्ना दसैँअघि नै बैतडी र खरिदार देवराज जोशी जिल्ला हुलाक सरुवा भएपछि उनीहरूको ठाउँमा कोही आएको छैन । त्यसै गरी लेखापाल चन्द्रप्रसाद जोशी धनगढी सरुवा भएका छन् ।
-साभार नागरिक न्युज

Nepalese Rupee Exchange Rate