–पंकज कुमार मल्लिक
लालबहादुर शास्त्री गणतन्त्र भारतको दोश्रो प्रधानमन्त्री हुनुभयो । वहाँ ९ जुन १९६४ देखि ११ जनवरी १९६६ सम्म आफ्नो मृत्यु पूर्व लगभग अठारह महीनासम्मको लागि भारतको प्रधानमन्त्री रहनु भयो । उक्त प्रमुख पदमा कार्यरत रहदा भारतले पाकिस्तान संगको युद्ध देखि धेरै किसिमको आपतकालीन स्थिति पनि देख्नु पर्यो । तर पनि उनको कार्यकाल भारतको इतिहासकै अद्वितीय रहयो । शास्त्रीजीलाई उनको सरल जीबन, देशभक्ति र इमान्दारीताको लागि अहिले पनि पूरै भारतवासी श्रद्धापूर्वक सम्झना गर्दछन् ।
यहाँ कुरा गरौं वहाँको अमेरिका भ्रमण बारेमा । त्यसताका भारत खाद्यान्न अभावको चुलीमा थियो र छाक टार्न अमेरिकाबाट गहुँ लगायत अन्य सामग्री भारत भित्रिने गर्दथ्यो । अनुदान सहयोगमा पाएको खाद्यान्न वापत भारतले धेरै आत्मघाती समझौतामा हस्ताक्षर गर्नु पर्ने देखेर शास्त्रीजीले हामी उक्त समझौतामाथि भोलि बिचार गर्ने छौं भनि फर्के । राती एम्बेस्सीमा विचार बिमर्श गरिरहेका बेला उनले आफ्ना निजी सचिवलाई सोधे कि, “यो अमेरिकाले दिएको खाद्यान्न हामीले जम्मै भारतवासीलाई एकैपटक खुवायौं भने कति दिन चल्छ त ?” सचिवले हिसाबकिताब गरि भने “मात्र “एक” दिन, “हो र ?” “त्यसो भए एकदिन त हामी भोकै पनि बस्न सक्छौ त ?” शास्त्री जी अचम्मित हुँदै सोधे ।
भोलिपल्ट बिहान, ओके थान्क्स, हामीलाई तिम्रो खाद्यान्न चाहिन्न भनेर उनी स्वदेश फर्के । फर्केर सुरुमा आफ्नो घरमा सबैलाई हप्ताको एकदिन भोकै बस्न अनुरोध गरे । र पछि पूरा देशसँग अपील गरे कि, यदि हामी हप्ताको एकदिन मात्रै भोकै बस्यौ भने भारतमा यति अन्न बच्छ जसले हामीलाई अरु सामु भविस्यमा हात थाप्नु पर्दैन । उनको कुरा पूरा भारतवासीले मनन गरे र हरेक जनाको अथक प्रयास र उनको “हरित क्रान्ति“ (नचभभल चभखयगितष्यल) को लागि भारतको पंजाब प्रान्तमा गरिएको मेहनतले गर्दा होला भारत त्यसपछी अहिलेसम्म खाद्यान्न निर्यातक नै रहिआएको छ ।
उनका बारेमा एक अन्य रोचक प्रसंग पनि कोट्याउन मन लाग्यो । सन् १९६५ मा अचानक पाकिस्तानले भारतमाथी साँझ ७:३० बजे हवाई आक्रमण गर्यो । परम्परानुसार भारतीय राष्ट्रपतिले आपात बैठक बोलाए । जुन बैठकमा तिनओटै रक्षा बिभागको प्रमुख संगै मन्त्रीमण्डलको सदस्य नि शामिल थिए । संयोगवश उक्त बैठकमा प्रधानमन्त्री शास्त्री अलि ढिलो आए । उहाँ आउदै विचार–विमर्श सुरु भो । तिनओटै रक्षा प्रमुखले बस्तुस्थिति बुझाउँदै सोधे, “सर ¤ के आदेश छ त ?” शास्त्रीजीले एक वाक्यमा उत्तर दिए “तपाई देशको रक्षा गर्नुस् र हामीलाई भन्नुस् कि हामी के गर्न सक्छौं ?”
शास्त्रीजीले उक्त युद्धमा भारतलाई एक उत्तम नेतृत्व प्रदान गरे र देशलाई एक नारा दिए “जय जवान–जय किसान”। यसले भारतको जनताको मनोबल यति बढायो कि सारा देश एकजुट भएर आए र जुन भारत उक्त युद्धमा जितको कारण नि रह्यो ।
विषम परिस्थिति हरेक देश, समाज र व्यक्तिले भोगेकै हुन्छ । तर उक्त परिस्थिति बाट निस्किने संघर्ष हरेकले गर्न सक्दैनन् । विषम परिस्थिति हामीले नि हेर्यौ, भारतिय नाकाबन्दीको नाउँमा । हाम्रो नेता विदेश जादाँ यस्तै राष्ट्रघाती समझौतामा हस्ताक्षर गराउन विदेशी कुटनितिज्ञहरुले गर्ने गर्छन् नै । तर उक्त समझौताबाट पन्छिन र त्यसको वैकल्पिक बाटो देखाउन भने हरेक नेताले भने सक्दैनन् । हाम्रा पनि त्यस्तै परे ।
संविधान प्रति मधेसीको असंतुष्टी देखाउदै भारतले लगाएको नाकाबन्दीको “बिकल्प” कुनै पनि नेताले दिन सकेनन् । आखिर हारेर त्यै भारत समक्ष नेता झुके नै र देशलाई आत्मनिर्भर बनाउने प्रयासको “सोच” समेत अहिलेसम्म सुरु भएको देखिएन । अहिले नि “कालोबजारी” गरेर गोजी भर्नमा तल्लिन नेतृत्व वर्ग र विपक्षका नेताले के हामीलाई एक सम्वृद्ध र सम्पन्न नेपालको नागरिक बनाउने हुन त ? अवश्य पनि “होइन” । भने हाम्रो देश सबल र सक्षम कहिले हुने त ? यो गम्भीर प्रश्नको उत्तर खोज्न अब आबश्यक भैसकेको भान हुन थालेको छ ।
तर........... “बाम”फुस्के भाषणबाजी र “मौसमे” राष्ट्रवाद भिराएर देशको “शासक” बन्नमा व्यस्त अहिलेको नेतृत्वसँग यतिको आकांक्षा भने राख्न सकिन्न । आफ्नो “गोजी”लाई बढी प्रोत्साहन दिने र “झिनामसिना” स्वार्थको लागि देश र जनतालाई दु:ख दिइरहने व्यक्तिगत र दलको स्वार्थ भन्दा माथी उठ्न नसकेका हाम्रा नेता र हवादारी गफ दिएर नाम कमाएका हाम्रा राता कमरेड ओली पनि कति कम या बढी हुन् भन्ने कुरा त भविष्यमै थाहा होला, तर एकमहिना अघि नाका खुली सक्दा पनि जनजीवन सामन्य नहुनु र आवश्यक बस्तुहरु नियमित नहुनु उहाँको कार्यकुशलता र नेतृत्वमाथि प्रश्न चाहिँ पक्कै नै उठाउँछ ।
देशको हरेक सानातिना कुरा र महत्वपूर्ण निर्णयको लागि विदेश तिर हेर्ने हाम्रा नेता के भारतका पूर्व प्रधानमन्त्री शास्त्री जस्तै निर्णय लिने क्षमता बनाउन सक्छन् त ? सायद “नो ¤” देशलाई आत्मनिर्भर बनाउन त सबैभन्दा पहिले आफ्ना नीजी स्वार्थको लागि अरु सामु लम्पसार हुने यस्ता नेताको बहिष्कार बाटै सम्भव छ । नभए “जुन जोगी आए नि कानै चिरेको” जस्तै केही हुने वाला छैन् ।
देशमा “शासक” छ जसले “शोषण” गर्न मात्रै जानेका छन् । चाहे त्यो “राणाकाल“ होस् या “राजतन्त्रातमक काल”, “प्रजातन्त्र” होस् या अहिलेको “लोकतान्त्रिक गणतन्त्र” सबैले नेपालीलाई शोषण मात्रै त गरे ।
हाम्रो देशले “शास्त्री” जस्तै एक असल नेता कहिले पाउने त ? जसले देशलाई यस्ता हरेक राष्ट्रघाती सम्झौता बाट बचाउन सकोस् र जसले देशलाई हरेक विषम परिस्थितिमा सबल नेतृत्व प्रदान गर्दै निकास दिओस् । सबैले एकपटक सोचौं । जय नेपाल !!
प्रकाशन मितिः २०७२ चैत्र ०४ गते बिहीवार