सौर्य उज्यालो छलफल कार्यक्रम सम्पन्न

चैत ३
ऐतिहासिक बागमती नदी किनाराको सडक करिडोरमा सडक बत्ती जडान गर्ने सम्बन्धमा बागमती सौर्य उज्यालो छलफल कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयालले सो कार्यक्रमको आयोजना गनुभएको हो । देशमा उर्जा संकट रहिरहेको अवस्थामा काठमाडौं जिल्लाको उत्तरवूर्वी क्षेत्र गुहेश्वरी देखि गोकर्ण सम्मको बागमती सडक किनारा तथा सार्वजनिक स्थलमा सौर्य बत्ती जडान गर्नका लागि सांसद फुयालले अभियान संचालन गर्नुभएको हो । अभियान अन्र्तगत अन्य सडक, सार्वजनिक स्थान, मन्दिर, विद्यालयहरुमा सौर्य बत्ती प्रयोग गर्ने र निजी घर तथा कारखानामा सौर्य उर्जा प्रयोग गर्नका लागी समन्वय, प्रचारप्रसार तथा प्रोत्साहित गर्ने उहाँले जानकारी दिनुभयो ।

सुरक्षा स्थितिलाई मध्यनजर गर्दै रातीको समयमा हुने खतरा कम गर्ने, रातीको समयमा हिडडुल गर्ने मानिस तथा सवारीसाधनको यात्रा सहज बनाउन सौर्य बत्ती जडान गर्ने अभियान संचालन गरिएको फुयालले बताउनुभयो । “देशको विद्यमान लोडसेडिङ समस्या समाधान गर्न आ आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ तसर्थ हामीले उर्जाभार कम गर्न सौर्य उर्जा कार्यक्रम संचालन गरेका हौं” उहाँले भन्नुभयो “रात्री समयमा बागमती नदीमा फोहोर फाल्ने कार्य रोक्न र सुरक्षा स्थितिमा सुधार गर्न कार्यक्रम आवश्यक छ” ।
प्रधानमन्त्रीको १ बर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने योजनामा हरेक जनताकोसकारात्मक सोच र साथ को आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।
 जनता जागे केही बर्षमै लोडसेडिङको अन्त्य हुने उहाँले बताउनु भयो । उहाँले काठमाडौं ३ को निर्वाचन क्षेत्र विशेष पूर्वाधार विकास कार्यक्रमबाट बागमती किनार सौर्य उज्यालो कार्यक्रममा रु. ७ लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले लोडसेडिङ घटाउन सौर्य उर्जाको प्रयोग बृद्धि गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले केन्द्रले संचालन गरिरहेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो । गोकर्णेश्वर, नगरपालिका, कागेश्वरी मनहरा नगरपालिकाका कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका प्रतिनिधीहरुले जनसहभागितामा संचालन हुने कार्यक्रमहरुमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा अभियान संचालनका लागि सांसद फुयाल संरक्षक रहने गरी गोविन्द ढुंगेलको अध्यक्षतामा १९ सदस्यीय बागमती किनार सौर्य उज्यालो कार्यक्रम उपभोक्ता समिति गठन भएको छ । कार्यक्रममा विभिन्न सरकारी संघ संस्थाका साथै ४० भन्दा बढी स्थानीय उपभोक्ता समिति तथा संघ संथाका प्रतिनिधी तथा २०० भन्दा बढी स्थानीय ब्यक्रिहरु, उर्जा व्यवसायी तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
मोहन गौतम, जोरपाटी ९८५१२२२३२४ (माननीय रामेश्वर फुयालको सचिवालय)


SHARE THIS

Author:

Facebook Comment