यस कारण देउवाकाे विकल्प छैन

–मिन बहादुर थापा
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो, ठुलो पार्टी हो, पुरानो  ऐतिहासिक पार्टी हो यस मा दुइमत छैन । यो सबै  छ भन्ने बित्तिकै कांग्रेसले गरेका र लिएका बर्तमान परिपेक्षका अडान,सिद्धान्त राष्ट्र र जनताका लागि ठिक छ भन्ने होइन | कुनै पनि राजनैतिक दलको सबै भन्दा उच्च ओहदाका नेताले लिएको निर्णय केहि समयका लागि ठिक हो कि जस्तो लागे पनि बिस्तारै समय बित्दै जाँदा झन् समस्या समाधान हुनुको साटो अरु थपिदै जानुले प्रस्ट हुन्छ कि वास्तबमा पार्टीले लिएको नीति अनुपयुक्त छ भनेर |

ठिक त्यस्तै आज मुलुक मा भएको छ । धर्मनिरेपेक्ष स्थापित गराउँदै राजसंस्था हटाउँदा त्यो बेला समग्र कांग्रेसले निर्णय नगरी ह्टाथमा गिरिजा प्रसाद कोइरालाको क्षणीक सोचाईले यत्रो  ठूलो निर्णय गरियो जुन कुरा नेपाली कांग्रेस पार्टीका संस्थापक नेता बि.पी. गणेश मान जी, किसुनजीका आदर्श र सिद्धान्त भन्दा एकदमै आकाश पाताल जस्तो भिन्नता थियो ।

त्यो बेला तत्कालिन आतंककारी माओबादीलाई मात्रै हेरियो तर उसको पछाडी कुन कुन शक्तिले काम गरिरहेका छन् त्यतातिर कसैको ध्यानै गएन । वास्तबमा त्यो बेला माओबादीलाई हतियार बनाएर उसको पछाडी खेल खेल्ने खेलाडीको अभिष्टलाई पुरा गर्ने काम गरियो जसले गर्दा दिनानुदिन समस्या समाधान हुनुको बदला झन् झन् थपिदै गएको छ ।

यो समस्या त्यति बेला सम्म रहिरहने छ जति बेला सम्म नेपाललाई आफ्नो पूर्ण कब्जामा लिने छैनन्  ।  यो सबै कुरा बि पी कोइरालाले बुझेर नै धार्मिक स्वतन्त्र सहित को हिन्दु राष्ट्र, बहुदलीय प्रजातन्त्र र संबैधानिक राजतन्त्र भन्नु भएको थियो ।  यस कुरामा अब कांग्रेसले आफ्नो महाधिवेशनमा कुरा उठाउनै पर्ने हुन्छ जसले बिग्रिदै गएको राष्ट्र र नेपाली जनता को अवस्थालाई सुधारउन्मुख बनाउन सकोस् । आज त्यस्तो नेतृत्वको खाँचो सिंगो नेपाली कांग्रेस पार्टीले मात्रै नभएर सम्पूर्ण देश र नेपाली जनताले  महसुस गरेका छन् ।

कांग्रेसको अब हुने महाधिबेशनलाई बाहिर र भित्रबाट ध्यानपूर्बक हेरिरहेका छन् । अहिले कांग्रेसले गर्ने निर्णयले राष्ट्र बचाउने कि नबचाउने मा आधारित हुने छ । गिरिजा प्रसाद कोइरालाको निर्णयले  कांग्रेसलाई मात्रै नभएर सम्पूर्ण  राष्ट्रलाइ नै यो अवस्थामा पुर्याई दिएको छ । आम नेपाली कांग्रेसका शुभचिन्तक र बहुमत महाधिबेसन प्रतिनिधिहरुको मनोभावना यति बेला शेर बहादुर देउबा तर्फ उन्मुख भएको आभाष हुने गरेको छ ।

गिरिजाले बिगारेको शाख शेर बहादुरले सुधार्न सक्छन्  भन्ने सबैमा आशा र भरोशा पलाएको देखिन्छ । फेरी नेपाली कांग्रेसलाई बि पी, गणेशमान जी, किसुनजीको आदर्श र सिद्धान्तमा हिडाउन  सके शेर बहादुर देउबा अवश्य नै एकपल्ट बिग्रिएको नेपाल सपार्ने  ऐतिहासिक पुरुष बन्ने छन् जसको मुल्यांकन युगौ युग सम्म रहने छ |

SHARE THIS

Author:

Facebook Comment