मनुष्यको व्यवहारले घाइते भगवान्


हल्का, सिमसिमे पानीले 
धर्तीको वस्त्र 
भिजाई रहेको मैले देखें
आँखाका नानीहरु त जुधेनन् हाम्रो
तैपनि मलाई 
दुबैले अवश्य देख्यौ होला
म ओत लाग्दै अगाडि गन्तव्यतिर लागेको
जस्को 
विरोध म गर्न चाहन्न
किनभने
विरोध, अवरोध बन्न सक्छ
उत्पादन अभाव बन्न सक्छ
सेलाउन हामी 
युद्धसम्म पनि पुग्नु पर्ने हुन्छ
त्यसैले बिर्सि म अगाडितिर नै लागें
जहाा एक अलपत्र घायल देखें
मैले के भो सोधें
जवाफमा मलाई तिमी को भने
मैले मनुष्य हुा भनें
ऊ तर्से, 
मसँग छुवाछुतको व्यवहार गरे
मूर्छित भए
मानौं एकक्षणको लागि समय रुके
मैले केही बुझ्न नसक्दा 
म पनि अचेत सरि नै भएा
र एकक्षण पछि
डर र अछुतताको निम्ति 
आाखाहरुलाई डुलाएा
भीडै भीड वीच हामी थियौ
अफसोच
हामीलाई देख्ने कोही थिएनन्
सबैलाई आफ्नो भन्ने भूतले लखेटेको ठाउा 
जहाा म थिएा
जहाा स्वार्थ त थियो नै 
सागसागै विकृत मनसागै
लोभ, मोह, क्रोध, ईष्या आदी आदी
जस्को वर्णन विश्लेषण आफ्नै लागि थियो
भोक आफ्नै, प्यास आफ्नै
कुरा आफ्नै, व्यवहार आफ्नै
असमानता, अशुद्धि सबैमा, चुर्लुम्मै डुबेको आफुलाई पाएा
तैपनि 
उसको धर्मको लागि मैलै अस्पताल पुर्‍याएँ
शरीरको मर्मको लागि विभिन्न उपचार भए
पलभरमा, डाक्टर छक्क, 
रक्ताम्मे शरीर उपचार गर्दा गर्दै हराए सुनाउँदा
म छक्क भएा
त्यही छक्कपनसँगै चूपचाप निस्कें
मनमा अनेक बुन्दै मोडसँग मोडिदै बढ्दै गर्दा
पून: भेटें 
उही रुप, उही रङ्ग, उही घाइते
तर
ओठमा अनौठो हल्का मुस्कान देखें
जसको अर्थ मलाई...
“पाप र पुण्य एउटै बनाउन पैसालाई मेरो रुप किन दियौ
आफ्नो जिद्दि लाद्न मेरो सारको वर्णन किन गर्‍यौ ।”




प्रशान्त महासागर
२०७२–११–१३


SHARE THIS

Author:

Facebook Comment