वीरगंज/फागुन १५
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा यस वर्ष पनि फागुन २२ गते वीरगन्जमा महिलाहरुको मात्रै सहभागीतामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
वुमेन फर ब्लड र नर्सिङ्ग एसोसीएसन अफ नेपाल पर्साले नारी दिवसको अवसरमा वीरगन्जमा फागुन २२ गते संयुक्त रुपमा महिला रक्तदान कार्यक्रम आयोजना गर्ने भएका हुन् । महिला रक्तदान कार्यक्रमका बारेमा जानकारी दिन वीरगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा वुमेन फर ब्लडकी संयोजक मायामितु न्योपानेले रगतको आवश्यकता सबै भन्दा बढी महिलालाई हुने गरेको भएपनि रक्तदान कार्यक्रममा महिलाको सहभागीता अत्यन्तै कम हुदै आएकाले गत वर्ष झै यस वर्ष पनि रक्तदान गर्नका लागि महिलाहरुलाई उत्प्रेरीत गराउने उद्देश्यले फाल्गुन २२ गते रतmदान कार्यक्रमको आयोजना गर्न लागिएको बताउनु भयो ।
उहाँले यसपालीको रक्तदान कार्यक्रममा ग्रामीण क्षेत्रका महिलाहरुको पनि सहभागीता गराउने लक्ष्य राखिएको बताउनुभयो । कुनै शारीरिक समस्या नभएमा हरेक तिन तिन महिनामा रक्तदान गर्न सकिने भए पनि रगत दिदा कमजोर भइन्छ भन्ने धारणाका कारण कतिपय महिला रक्तदान गर्न पछि पर्ने भएकाले उत्प्रेरणा जगाउन आवश्यक रहेको र कार्यक्रम सफलताका लागि सबैलाई सहयोग गरिदिन पनि उहाले आग्रह गर्नु भयो ।
रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख प्रविण मानन्धरले गत वर्ष एउटै कार्यक्रममा एकसय भन्दा बढी महिलाले एकैपटक रक्तदान गरेको वीरगञ्जमा मात्रै नभएर नेपालमै पहिलोपटक भएको दाबी गर्दै कार्यक्रममा ग्रामिण महिलाहरुलाई पनि समावेश गराउन सके अझै प्रभावकारी हुने बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, ब्लड डोनर्स एसोसिएशनका अध्यक्ष शत्रुघन नेपाल, कृष्णउदास खनाल, भूषण यादव, सन्तोष पटेल, विक्रान्त नेपाल, अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम फागुन २२ गते विहान ७ बजेदेखी मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने संयोजक न्यौपानेले बताउनु भयो ।