गोली लागि घाइते भएका प्रदर्शनकारीको मृत्यु

रौतहट, पुस १९ - रौतहटमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका शेख महिरुद्दिनको ज्यान गएको छ । 
भदौ २७ गते गोली लागेर घाइते भएका रौतहटको अकोलवा गाविस वडा नम्बर ५ का ५५ बर्षका महिरुद्दिनको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 
महिरुद्दिनको यसअघि काठमाडौंमा पनि उपचार गरिएको थियो ।

SHARE THIS

Author:

Facebook Comment