कलमबाट सच्याउन मिल्ने शब्दहरुमा हतियार प्रयोग गर्ने राजनीति नगरौं

– प्रशान्त महासागर

पहाडियाहरुलाई सिधै मार्नुपर्छ भन ए ! आन्दोलनमा लाग्नेहरु र भेट्यो भने अहिलेको आचरणको हिसाबले मार पनि । म मर्न अब तयार छु । तिमीहरुको नियत देखेर म दिक्क भएँ । होईन भने मलाई हामीलाई ग्याँस देऊ ग्याँस पठाऊ ।
१. आधारभूत आवश्यक तत्वहरुसँग तिमीहरुको के रिस...?
२. व्यापार, शिक्षासँगको द्वन्द किन...?
३. गरी खान मुश्किल परेको अवस्थामा नगर्ने नखाने राजनीति यो कस्तो...?
४. सधैं एकले अर्कोलाई दोष प्रत्यारोपण गर्ने अनि आफु चोखिन खोज्ने मन्त्र कहाँ...?
५. अनि आफ्नो स्वार्थसिद्ध नहुँदा कसैले नेपालभित्र पनि पाकिस्तान जन्माउने रे, रुवान्डा बनाउने रे, लौ हामी पनि हेरौं पाकिस्तान र रुवान्डा को भाँतेहरुले बनाउने कसरी...?
६. र कसलाई नेपाली भएर मर्ने इच्छा छैन आजबाट सबैले खुलेआम भन्दा हुन्छ नै । किन सधैं आनाकानीको रणनीति अपनाएर देशलाई पछाडिबाट अगाडि पार्ने...?

र अर्को कुरा यो देश नेपाल नेपालीहरुको हो भने कोही प्रचण्ड या कोही ओलीको व्यक्तिगत राज्य होईन । सदा तिनीहरु अझ भनौ शासक र समर्थकको विरोधमा मात्र राजनीति टिक्छ र टिकाउँछौ भन्छौ साथै मुखमा जे आयो त्यही बोल्दा लक्ष्य प्राप्ति हुन्छन भन्ने नागरिक अगवाईहरु बोल्छन र नमिलेका कुराहरु मिलाउने मध्यमार्गी छोडेर आन्दोलन या भनौं समर्थनकै कुराहरु मात्र व्यक्त हुन्छन भने मानवहीन तुल्याउन मलाई पनि हतियार उठाउन आउँछ भने आमनेपालीहरुले हतियार बोक्न बिर्सेका छैनन् मात्र बिसाएका हुन यो कुरा सबैलाई अवगत गराउँन चाहन्छु । त्यसैले आम नेपालीहरुको अधारभूत आवश्यकता जति सक्दो त्यति नै शुलभ गर्न कालो बजारी गर्ने सरकारलाई र आन्दोलन गर्ने शुभचिन्तकहरुलाई साथसाथै विचमा बसि आफुहरुलाई सच्चा देशका सपूत ठान्नेहरुलाई आग्रह गर्न चाहन्छु ।

त्यस्तै मागका अधिकारका कुराहरु सदनबाट नै पारित गराउनु होला भन्ने मनशायलाई अन्यथा नसोची आफ्ना जायज कुराहरु आम जनमानसमा राख्नु होला र मरेर मात्र शहीद भईन्छ भने मारेर आन्तककारी नै सावित हुन्छ । त्यसैले जनताहरु अर्पित गर्ने अधिकारहरु जनतासँगै माग्नु होला भने माग्दा आफुहरु खोस्ने सावित नहुनु होला । र अहिले चलिरहेको आन्दोलन र त्यसलाई समर्थन गर्नेहरुसँग मैले सोध्नै पर्ने कुरा के त भन्दाखेरि आन्दोलन कसको विरोधमा हो ? सरकारसँग हो भन्छौ भने सरकारलाई अहिले सम्म कुन तत्वहरुले अवरोध खडा गरेको छ ? न तिनीहरुलाई ग्याँस अभाव छ न त पेट्रोलको । बिरामी हुँदा आकाशबाट उडेर महंगो भन्दा महंगो सुविधामा सेवा पाएकै छन भने आजभोली एम्बुलेन्सलाई तेल नपाएर गाडि थन्की बिरामी आम नेपालीहरुले असुविधा सहेर नै मरिरहेका छन । र त्यस्तै नाकाबन्दी भनेर सरकार जति नै चिच्याए पनि सरकारका को पदाधिकारीहरु बन्दीमा परेका छन आज आम नेपालीहरुलाई सरकारले भन्नै पर्नेछ साथसाथै मिडियाहरुले पनि आफ्नो जिम्मेवारी ईमानदारीपूर्वक निर्वाह गर्नुपर्छ नै । जे मन लाग्यो त्यही लेख्दा वा बोल्दा त्यसको कुनै औचित्य रहँदैनन् पनि ।

अबको आन्दोलन भनेको आम नेपालीहरुलाई सहज हुने हुनुपर्छ भने राजनैतिक मुद्दाहरु सदनबाटै पारित गराई आम नेपालीहरुलाई सुख दिनेका सबै सिद्धान्तका राजनीतिज्ञहरु हुनुपर्छ भन्ने मैले महशुस गरेको छु । यदि यो अवस्थाको राजनीति सबैले गर्छु भनी प्रतिबद्धताहरु जाहेर गरेर कुनै सिद्धान्त लाग्छन भने आम नेपालीहरु मर्न त्यसै त्यसै अग्रसर भई आउँछन पनि । होईन सधैं आफ्नो दूनो सिधा पार्ने र मेरो गोरुको बाह्रै तका भन्ने कुराहरु भई रह्यो भने यो देशमा हुने जे जति पनि आन्दोलनका प्राप्तिहरु हुन त्यो आम नेपालीहरुको कहिल्यै हुँदैनन् । यो कुरालाई सबै नेपालीहरुले बुझ्नुपर्छ नै । कोही कसैले पनि एउटा समुदायको ज्यादतिलाई आफ्नो आन्दोलनको मुख्य बुँदा बनाउँछन भने त्यो केवल स्वार्थपूर्तिको बाटो मात्र सावित हुन्छ कुनै आन्दोलन वा सत्याग्रह भन्ने सबै भ्रम सावित भएको हामी आम नेपालीहरुले राणा शासन विरुद्धको आन्दोलन देखि सुन्दै भने कतिले भाग्दै अहिले गणतन्त्रसम्म पनि पुगेकै हो र गणतन्त्र नै अन्तिम बिन्दु हो भन्नेहरुले फेरि कुन तन्त्रको लागि यो आन्दोलन गरिदैछन सोचनीय कुरा हुन् भने शब्दको फेरबदल भनेको कलमले गर्ने हुन् । कलमको काम हतियारले गर्नुपर्छ कसैले भन्छ भने त्यो कुन ज्ञाताका विज्ञ हुन् अब नेपालीहरुले सोच्नु नितान्त आवश्यक विषय हुन् । र नेपाल समृद्धितिर नलम्किनुको मुख्य श्रेय पनि त्यस्ता बुद्धिजीविहरु र ज्ञाताहरुकै कारण हुन । त्यसैले बुद्धि भएर पनि बिग्रेकाहरु हो अब चूपचाप बस्नु किन कि कुनै समय जीवनमा त्यस्तो आउँछ जहाँबाट आफु जवान होईन बच्चा भएर मरिन्छ त्यो अवस्थामा आफुहरु पद मुक्त हुनु नै अति उत्तम हुनेछ यो देशको लागि, यहाँ नेपाली भएर मर्नेहरुको लागि ।

अन्तमा, नेपालीहरुलाई पिचास बनाउने राजनीति अब सबैले छोड्नुपर्छ भने रुवान्डा बन्ने र बनाउने जस्ता धम्कीयुक्त राजनीति सबैले त्याग्दा नै राम्रो हुनेछन । र कलमबाट सच्याउन मिल्ने शब्दहरुमा कलमलाई प्रयोग गरौं भने नेपालीहरुको मनमा प्रश्न नै नउठ्ने सिद्धान्तसँगै देशलाई अगाडि बढाऔं भन्ने मेरो अपिल सबै सिद्धान्तहरुमा छ ।


SHARE THIS

Author:

Facebook Comment