–स्वयम्भुनाथ कार्की
गणतान्त्रिक नेपालको उद्घोष भएदेखिका सरकारहरुले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य राख्ने गरेको वाक्यांश हो ‘तीन खम्बे आर्थिक नीति अवलम्वल गरिने छ ’। सरकारी उद्यम पहिलो नीजि उद्यम दोश्रो र सहकारी तेश्रो खम्बाको रुपमा व्याख्या गरिने गरिएको छ । पुर्वेली समाज र दर्शनको नक्कल गरेर बेलाईतमा शुरु भएको भनेर भनिएको साझ या सहकारीको अबधारणालाई यसको प्रारम्भ मान्ने गलत बुझाई छ । सन १८४४मा बेलाइतको राजडेल शहरबाट शुरु भएको भनेर ‘सहकारीकर्मी’हरुले जति नै पढाए पनि यो एक प्राचिन अवधारणा हो जो पूर्वेली समाजमा अदिकालदेखि अनेकौरुपले प्रचलित छ ।
आफुसंगको साधनश्रोत आफु भित्रै परिचालन गरेर सदस्यहरु लगायत समुदायको नै समस्याहल गर्ने अनेकौ संरचना कुनाकाप्चासम्म अझैपनि सञ्चालित छन । यसैको परिस्कृत रुप हो साझा वा सहकारी जुन अवधारणा पश्चिमा मुलुकले यहिबाट सिकेका हुन । कुनै सामाजिक वा पारंपारिक कार्य सम्पादन गर्न बनेका छन भने कुनै आर्थिक क्रियाकलापको निमित्त । स्वत निर्मित र परिचालित यस्तै समुहहरुलाई परिष्कार गरेर पहिले सहकारीको नामबाट र त्यसपछि साझा अनि फेरी सहकारीको नामबाट बोलाईने यी संरचनाहरु जहिले पनि मुलुकको आर्थिक, सामाजिक गतिविधीमा महत्वपूर्ण खम्बाको रुपमा नै रहेका छन ।
कतिपय मध्ययूगिन चलन तथा परंपराहरु असान्दर्भिक भए, त्यो मात्र हैन अमानविय पनि भए त्यसलाई बदल्न आवश्यक थियो । तर ती चलनहरुको सामाजिक जीवनमा महत्वपूर्ण स्थान पनि रहेको थियो । त्यसलाई हटाउदा त्यसले समाजमा राखेको स्थान भर्न अर्को संरचना आवश्यक थियो । यहि मध्येको एक प्रथा साहु महाजनको पञ्जाबाट सर्बसाधारणलाई मुक्त पनि गर्नु थियो । बेलामा खाँचो गर्जो टारिदिएर त्यसको बदला गरेको शोषण रोक्न जरुरी थियो । साहु महाजनको शोषण रोक्दा उनिहरुले टार्दै आएको खाँचो गर्जो टार्ने संरचना आवश्यक थियो ।
राज्यले प्रत्यक्ष सबै कुरा गर्न साधन श्रोतको अभाव हुने गर्दछ । त्यसैले आफुमध्यबाटै आफ्नै उत्पादन अनिवार्य बचत गरेर धर्मभकारी खडा गरियो । यो धर्मभकारीबाट सर्वसाधारणले आफ्नो गर्जो टार्न सापटी लिने र त्यसलाई तिर्ने संरचना पञ्चायतले निर्माण गर्यो । सानो संरचना भएकाले ऋण तथा बचतको बाहेक अन्य उत्पादनलाई देवा दिने आर्थिक कृयाकलाप गर्न संभव भएन । त्यसैले यस्ता धर्मभकारीहरुको पूँजी संकलन गरेर हरेक अनिवार्य बचतकर्तालाई शेयरहोल्डर बनाएर साझा संस्था गठन गरियो । सदस्यहरुलाई आवश्यक पर्ने वस्तुहरुको आपुर्ती र उनीहरुको उत्पादन खरिद गर्ने थप उदेश्य लिएर गठित यो संरचना पञ्चायत प्रणलीको आर्थिक आधार बन्यो ।
यसरी अहिले भनिने गरेको तीन खम्बे आर्थिक नीति पञ्चायतको आधारभूत तत्व थियो । शिक्षाको कमीले आर्थिक हिसाव राख्न बाधा नपरोस भनेर ‘चार खाता’ भनिने लेखाप्रणली विकसित गरियो । यसमा आधुनिक दोहोरो लेखाप्रणालीको विषेशता त छ नै त्यत्तिकै लेखा सम्बन्धी कम ज्ञान भएकाले पनि काम गर्न र ठिक बेठिक जाँच्न सक्ने गरेर सरल पनि छ । वर्तमानमा पनि सहकारी कार्यलयमा सहकारीहरुले पेश गर्नुपर्ने लेखा विवरण यहि प्रणाली अनुसार हुनु पर्ने नियम छदैछ । अनिवार्य बचत र धर्मधकारीले पूँजी निर्माण भईसकेपछि अब थप बचत अनिवार्य हुनुपर्ने आवश्यकता पनि समाप्त भयो । शेयर होल्डरले संचालक समिति बनाएर काम गरे पनि टाठाबाठाले फाइदा नउठाउन भनेर प्रत्येकमा एक सरकारी कर्मचारी खटाईयो ।
वर्तमानको सहकारी भने पञ्चायतको साझा भन्दा भिन्न छ । यस्ता सहकारीहरु धेरैजसो बचत तथा ऋण सहकारीको रुपमा सञ्चालित छन । पञ्चायतको वेलामा अन्तरिम व्यवस्था अनुसारको धर्मभकारी प्रणालीमा नै चलेको पाइन्छ । जसरी केही धर्मभकारीहरुले सर्वसाधारणको बचत हिनामिना गरेका थिए त्यस्तै वर्तमानका सहकारी सञ्चालकहरु हिनामिना गरेर भागेका समाचारहरु नियमित जसो सुन्न पाईन्छ । मन खोलेर भन्नुपर्दा बहुदलको सहकारी पञ्चायतको साझा भन्दा एक तह तलका देखा पर्दछन । भर्खर धर्मभकारी तहमामात्र भएकाले सरकारले संरक्षण गरेर आर्थिक नीतिको तेश्रो खम्बा बनाउन पर्ने आवश्यकता भएको हो ।
विराटनगर १
प्रकाशित मिति २०७२।८।१०

Nepalese Rupee Exchange Rate