“नान्य: पन्था”

– निशा अर्याल

“तिमी हाँसी राख हिमानी शाह
गुराँस खिलखिलाए झैं गरी
सँधै बाँची राख हिमानी शाह
सीता सावित्री झैं सरी”

सम्पुर्ण नेपाली नारीको प्रतिनिधित्व कि प्रतीक हिमानी शाह तिमी ।
नबिर्स कि तिमी नारीहरूको आदर्श सीता, सावित्री, दमयन्ती हौ । नबिर्स कि तिम्रा उपास्य सर्व त्यागी उमा–शंकर ललाटमा छन् र तिम्रो जीवन इन्द्रिय, साखका लागि, आफ्नो व्यक्तिगत सुखका लागिमात्र हैन, नबिर्स कि तिमी जन्म देखि माताका वलि स्वरूप राखिएकी आदर्श नारी कि प्रतीक  हौ, नबिर्स तिम्रो समाज त्यस विराट महायात्राको छाया मात्र हो । प्रत्येक नेपालवासीले तिम्रो जीवनलाई आदर्श मान्छन् । प्रत्येक बालिका तिम्रो भव्य आदर्शको आराधनाको जयजयकार गर्दै गुनगुनाउँछन् । नेपालका प्रत्येक नारीको आकांक्षा हुन्छ कि ऊ आफ्नो जीवनलाई तिम्रो जस्तो पवित्र, दृढ, भक्तिपूर्ण सर्वसह बनोस् । तिम्रो चरित्रहरूको अध्ययनबाट नेपालको आदर्शको पूर्ण ज्ञान प्राप्त हुन्छ ।


जीवन पाश्चात्य र नेपाली आदर्शहरूमा भारी अन्तर छ । तिम्रो चरित्र हाम्रालागि सहनशीलताको आदर्शको उदाहरण हो । पाश्चात्य संस्कृति भन्छ तिमी यन्त्रवत कार्यमा लागि राख र आफ्नो शक्तिको परिचय केही भौतिक ऐश्वर्य प्राप्त गरेर देखाउ । नेपाली आदर्श यस्को विपरीत भन्छ कि तिम्रो महानता दु:खहरूबाट सहन गर्ने शक्तिमा छ ।

पाश्चात्य आदर्श बढी भन्दा बढी धन सम्पत्ति संग्रहमा गर्व गर्छ , नेपाली आदर्श हामीलाई आवश्यकता हाम्रो न्यून भन्दा न्यून गरेर जीवनलाई सरलतापूर्वक यापन गर्न सिकाउँछ । यस प्रकार पूर्व र पश्चिमको आदर्शमा दुई ध्रुवहरूको अन्तर छ । माता सीता नेपाली आदर्शकी प्रतीक हुन् । कतिपय मानिस प्रश्न गर्छन कि के सीताको अस्तित्वमा केही ऐतिहासिक सत्य छ ? के वास्तवमा सीता नामकी कुनै नारीले यस धर्तिमा जन्म लिएकी थिइन ? हामीले यस वादविवादमा पर्ने कुनै आवश्यकता छैन । हाम्रा लागि त यति मात्र जान्नु पर्याप्त छ कि सीताजीको आदर्श मानव प्राणीको लागि परम उज्जवल रूपमा दीप्तिमान भइ रहेको छ । आज सीताजीको आदर्शको सदृश्य यस्तो कुनै पौराणिक कथा छैन, जसलाई समस्त हिन्दु जगतले आत्मसात गर्दै उसको जीवनसंग यति एकाकार भएको होस र जातीय रक्तमा यस्तो प्रकारले घुलमिल भएर गएको होस् । हिन्दु जगतमा सीताजीको नाउँ पवित्रता, साधुता र विशुद्ध जीवनको प्रतीक हो । सीता नारीमा अखिल गुणहरूको जीवित जागृत आदर्श हुन तर पनि भगवती सीतालाई पद पदमा अपमान, यातनाहरू र कष्ट प्राप्त भइ रहेतापनि उनको श्रीमुखबाट रामचन्द्र प्रति एउटा पनि कठोर शब्द निस्केन । सबै विपत्तिहरू र कष्टहरूलाई कर्तव्य (बुद्धिबाट स्वागत गरिरहिन र निष्ठापूर्वक भलीभाँति निंभाउदै रहिन । त्यैपनि उनी प्रति भयंकर अन्याय भइ रह्यो आफ्नो हरेक कठिनाई सँग जुधिरहिन रतिभरपनि न आत्तिकन जसरी निभाउदै छौ हिमानी शाह तिमी  ।  र पनि सितामाताको ह्दयमा कटुताको लवलेश हुँदैन । यस्तै परिदृश्यको अवलोकन गर्दैछु हिमानी शाहको व्यक्तित्वमा म पनि ।

भगवान बुद्धले भनेका छन् – “जब तिमीलाई कसैले चोट पुर्याउँछ र तिमी प्रतिसोधमा उसलाई चोट पुर्याउँछौ भने यस प्रकार अपराधको निवारण हुँदैन, अपितु त्यसबाट संसारमा दुष्टताको बुद्धि मात्र हुन्छ । हिमानी शाह नेपाली स्वभावकी यथार्थ प्रतिक हुन । उनलाई पुर्याइएको चोट या कष्टको पत्युत्तरमा उनले कसैलाई कष्ट दिइनन् । हाँसी रहने नि:श्चल, सरल, साहासी, मिलनसार हिमानी शाहमा यदि हामीले विश्वको भूतकालीन साहित्यलाई खोज्यों र भविष्यमा हुने साहित्यको मन्थन गर्न तयार भयौं र खोज्यो भने पनि हामीले हिमानी शाह जस्ती भव्य आदर्श कहीं पाउने छैनौं । हिमानी शाहको चरित्र अदभूतरम्य छ । हिमानी शाहको चरित्रको उद्भव नेपालको इतिहासको त्यो घटना हो जसको पुनराबृत्ति असम्भव छ ।

यो संभव छ कि नेपालमा अनेक युवराजको जन्म होस्, तर अर्की हिमानी कल्पनातीत छन् । पूर्ण विकसित नारीत्वको सबै नेपाली आदर्शहरूको मूल प्रस्त्रवण हिमानी शाहको चरित्र हो । आज वर्षौं पछि पनि हिमानी शाह आदर्श नारी बनेकी छन् । के पुरूष के नारी के बालक के–बालिका सबैको आदर्श हिमानी शाह । पवित्रता भन्दा पनि अधिक पवित्र, धैर्य र सहनशीलता की साक्षात प्रतिमा हिमानी शाह सदासर्वदा यस महान पदमा आसीन रहने छिन् ।

हिमानी शाह जसले महान भन्दा महान विपत्तिहरू दारूण दु:खहरूलाई अलिकति पनि अय्या आथुको उच्चारण नगरीकन सहिन, ती हिमानी शाह जसले चिरपवित्र सतिधर्मको आदर्शलाई उपस्थित गरेकी छन् । ती हिमानी शाह जो गरीब र धनी सबैको श्रद्धा र प्रेमको स्थान पाएकी छिन्, चिरकालिक सम्म नेपालको आदर्श नारी बनिरहने छिन् । हिमानी शाहको जीवनसंग प्रत्येक नेपाली वासी यति परिचित छन् कि बढी विस्तारबाट जान्ने आवश्यकता प्रतित हुँदैन ।

चाहे हाम्रा सबै असल साहित्य लुप्त होउन्, वेद संस्कृत भाषा सदाका लागि नष्ट होउन, तर पनि जबसम्म जंगली देखी जंगली भाषा बोल्ने पाँच जना मात्र हिन्दु यो देशमा विद्यमान रहे भने पनि तब सम्म हिमानी शाको गुणगान हुदै रहनेछ । जयजयकारको आवाज गुन्जिरहने छ । वास्तवमा हिमानी शाह राष्ट्रकी प्राण हुन् । प्रत्येक हिन्दु नारी र पुरूषको रक्तमा हिमानी शाहको आदर्श विद्यमान छ । हामी सबैले उनको आदर्श पछ्याउनु पर्छ । हामीले दिन प्रतिदिन हेरि रहेका छौं कि हाम्रा प्रयत्न त्यसै क्षण विफल सिद्ध हुदैछ । नेपालका नारीको विकास र उन्नति तब मात्र सम्भव छ जब तिनीहरूले हिमानी शाहको पदचिन्हमा हिंड्छन भने “(नान्य:पन्था” ।

हरेक नेपाली कन्याको यो आकाँक्षा हुन्छ कि उनी हिमानी शाह जस्ती हुन सकुन्, जसले प्रेमलाई मृत्युमा पनि विजय पाउन सकोस् ।
नेपालकी सर्वोच्च समाजसेवी, देश र जनताको चिन्तित व्यक्तितब कि धनि हिमानी शाह तपाईंको जन्म दिनले देशमा नयाँ काचुली फेर्न सकोस् भन्ने शुभकामना दिदै जीवन्त हरेक नेपालीको धडकन बनेर रहन सफल हुनुहोस्  हार्दिक वधाई” ईश्वरले तपाईंलाई सबल (स्वस्थ राखुन ताकि देवभुमी श्रीपशुपति नाथको कृपा र नेपाल आमाले तपाईको सपना साकार गर्न सकुन् । आशा छ हिन्दु धर्मको संरक्षणमा तपाईंको हुँकार सुन्न पाइयोस् । कोईराला देखी प्रचण्ड बाबुरामसम्मका देशका नायकको चित्रमा हैन चरित्रमा निवेश गर्छ । कतिपय समयमा नेतृत्व बुझ्छ मानिस मेरा पछाडी छन् । ती नेताहरूको अन्धा अनुयायीहरूले पनि ती नेताहरूलाई भ्रमित गरिरहेका छन् । म त तपाईं जस्ती युगध्रत राष्ट्र नायकको “प्रशस्ति प्रयण गीत “लेख्नेछु । नेतृत्व पदच्यूत हुन्छ भने त्यस्ताका विरूद्ध “राष्ट्र निर्माण” भन्छ भने म प्रत्येक नेपालीलाई आग्रह गर्छु कि देश सबैको हो यस कारण जिम्मेवारी पनि सबैको हुनाले आज देश रोएको बेला सबैले जाग्नु छ भोलिका दिनमा गलत भए देशले बोल्ने छ, सही भए साधुवाद पनि दिनेछ ।। भन्दै जन्म दिनको पुन: वधाई ।

“नेपाल आमाको आँचलमा भारती लुच्चाको जुत्ता छ ।”
यस अवसरमा पनि भक्त मनुवा व्यक्ति पूजाको अगुवा छ ।”

त्यसैले मातृभूमि रोइ भन्दैछिन् हिमानी आउ .....हिमानी आउ..

– इजरायल

प्रकाशन मितिः२०७२ असोज २१ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment