छिमेकीको हेपाइबाट जोगिनु छ भने यसो गरौं...

-मीनबहादुर थापा
आज का दिन हरु मा हामी कस्ता देश भक्त राष्ट्रबादी बनेका छौ हामी आफैलाइ आफुले गरेको कुरा थाहा छैन | देश मा गणतन्त्र धर्म निरेपेक्ष स्थापना भए पछि हामी ले गरे का काम हरु देखेर बिस्वो जनसमुदाय पनि हास्दै छक्क पर्छन होला | तेस मध्ये पहिलो काम हो राजा प्र्थिबिनारायण शाहा ले अहिले को आधुनिक नेपाल राष्ट्र निर्माण गर्न नै हुने थिएन भन्ने कुरा आज का हाम्रा धर्म निरेपेक्ष गणतन्त्र बादी नेता हरु बाट उनि हरु को भनाइ र गराई ले स्पस्ट पारेको छ | विदेश तिर हो भने राष्ट्र निर्माण गर्ने व्यक्ति लाइ राष्ट्रपिता भनिन्छ उनको जन्म दिन रास्ट्रिय एकता को रुप मा मान्ने गरिन्छ | तर यहाँ भने राष्ट्र निर्माण गर्ने व्यक्ति लाइ सामन्ती ,रास्ट्रिय अपराधी भन्दै उनको शालिक तोडफोड गरिन्छ | यो भन्दा लज्जास्पद हास्यास्पद कुरा अरु के हुन सक्छ ? जन्म दिने बुबा आमा लाइ लात हानेर हामी घर को सुरक्षा को कुरा र परिवार को उत्थान र अधिकार को वकालत गर्दै छौ | अनि हामी लाइ क्षिमेकि ले नहेपे नदबाए के सम्मान गर्छ त ? राष्ट्र बनाउने व्यक्ति अपराधी सामन्ती उसै ले निर्माण गरेको राष्ट्र मा बसेर आफु चाही ठुलो राष्ट्रबादी ? अनि ठुला लोकतन्त्रबादी ? दोस्रो कुरा चाही राष्ट्र को पहिचान र गौरब का बिषय हरु हामी लाइ नचाहिने रहेछ भन्ने कुरा अहिले बने को संबिधान ले स्पस्ट पारेको छ | बिस्वो का सबै राष्ट्र हरु ले चाहे धनि हुन् चाहे गरिब हुन् आफ्नो राष्ट्र को पहिचान र गौरब का बिषय हरु खोजि खोजि संबिधान मा नै राख्ने गर्छन जसले संसार का अरु देश हरु ले यहि कारण ले हाम्रो देश लाइ चिनुन जसका आकर्षण ले देश को उन्नति प्रगति होस् जनता को जीवन स्तर उठाउन मा टेवा पुर्यावोस | तर यहाँ त हजारौ वर्ष देखि पारापूर्वकाल देखि चलिआएको सनातन हिन्दु धर्म जो नेपाल राष्ट्र को पहिचान थियो जसलाई बिस्वो जगत ले संसार को एक मात्र हिन्दु राष्ट्र नेपाल भनेर चिन्दथे तियो पनि समाप्त परियो |अहिले बनेको संबिधान मा पशुपति नाथ लाइ राष्ट्र देव लेख्न सकिएन ,भगवान बुद्द नेपाल मा जन्मिएका लेख्न सकिएन .सगरमाथ बिस्वो को अग्लो चिचुरो नेपाल को शान हो भनेर लेख्न सकिएन , आज को बिज्ञान ले पनि माने को बेद शास्त्र का रचियता बेद ब्यास नेपाल मा जन्मिएका हुन् भनेर लेख्न सकिएन ,माता सिता को जन्म नेपाल जनकपुर मा भएको हो भनेर लेख्न सकिएन भिर्कुती नेपाल कि छोरि हुन् भन्न सकिएन , किरातेस्वर देव हाम्रो देश का देव र गौरब हुन् भन्न सकिएन ,गोरख नाथ जसका आशिर्बाद ले राजा प्रिथिबी नारायण ले नेपाल राष्ट्र निर्माण गरे गोरख नाथ र राजा प्र्थीबी नारायण शाहा को नाम उचारण सम्म पनि गर्न सकिएन | अब के कुरा ले हाम्रो देश नेपाल एकता को कुरा ले बाधिने? गणतन्त्र ,लोकतन्त्र ,धर्म निरेपेक्ष ? यि सबै राजनीति मा सत्ता मा पुग्ने शब्द जाल मात्रै हुन्| राष्ट्रिय एकता हुन् का लागि भावनात्मक सम्बन्ध हुनु पर्छ | भावनात्मक एकता हुन लाइ हाम्रा पिता पुर्खा ले गरेको इतिहांश लाइ जीवित राख्न सक्नु पर्छ | आफ्ना देश का बिभुति लाइ अक्षुण राख्न सक्नु पर्छ | राष्ट्र को गरिमाय पहिचान ,गौरब ,आन ,बान, शान लाइ सुरक्षित राख्न सक्नु पर्छ | जब मूल संबिधान मै नेपाल र नेपाली को पहिचान र गौरब हुने कुरा लाइ निस्तेज परिन्छ अनि कसरि राष्ट्र बलियो हुन्छ ?अनि जनता कुन आधार ले एक हुन्छन ? भारत ले केहि वर्ष देखि भगवान बुद्द भारत मा जन्मे का हुन् भारतीय हुन् भनेर बिस्वो को ध्यान आकर्षण गरि राखे को छ तर हामी ले अहिले बने को संबिधान मा बुद्द नेपाली हुन् नेपाल मै जन्मिएका हुन् भनेर भन्न र लेख्न सकेनौ | अब भारत को मुख ले मात्रै सत्तो सराप गरेर के हुन्छ ?आफु र आफ्नो पार्टी सत्ता मा पुगन सस्तो क्षणीक राष्ट्रबाद को कुरा गरेर के राष्ट्र दर्बिलो हुन्छ ? यावत बिषय हरु पहिले सुधार गर आफै अनेकता मा एकता हुने छ राष्ट्र दर्बिलो बनेर जाने छ ,क्षिमेकि ले हेप्न सक्ने छैन | हामी मा नैतिक शाहस को उत्पादन हुने छ | असली राष्ट्रबाद यहि हो यसै मा नेपाल र नेपाली को कल्याण छ | अनैतिक कार्य गर्ने सबै कम्जोड़ दुर्बल हुन्छन अहिले का धर्म निरेपेक्ष गणतन्त्रबादी नेता सबै दुर्बल छन् महाभारत मा कौरब धेरै थिए दुर्बल थिए कारण अनैतिक मा थिए ,पाच पाण्डब थोरै थिए तर नैतिकता मा थिए तेसै ले उनि हरु दर्बिलो थोये| तेसै ले अहिले भरत संग को लडाइ जित्न पहिले आफु नैतिकता मा आउ सुध्र हेर भारत आफै पछारिने छ | बिस्वो समुदाय ले साथ हामी लाइ दिने छ | अहिले भारत ले हेप्ने कारण १२ बुंदे सम्झौता नै हो जसले यो दिन ल्यायो | यति बुझे मा देश आफै दर्बिलो भएर जाने छ |

SHARE THIS

Author:

Facebook Comment