–स्वयम्भुनाथ कार्की
राप्रपा नेपालका अध्यक्ष कमल थापा सबैलाई उछिन्दै फेरी चर्चाको शिखरमा पुगे । सन्दर्भ उनीद्वारा संविधानसभामा राखिएको संशोधन प्रस्तावमा एक्लै पर्नु थियो । निर्वाचनको परिणाम घोषणादेखि नै यो कुरा अपेक्षित थियो । यसैले उनलाई देवत्वकरण गर्न खोज्नेले व्यक्तिगत उनको प्रशस्ति गाउनु पर्ने कारण पनि थिएन । त्यसै गरेर उनको विरोध गर्नेले पैसा खाएको, पदको लोभ वा भाईलाई बचाउन हारेको भनेर दानवीकरण गर्न त विल्कुलै अनुचित हो । यो दुई अतिका बिचमा उनका केही गलत निर्णय र गलत कदमको आलोचनालाई छायामा पारिदियो ।
यो एक आवश्यक मूल्यांकन र पुर्नमूल्यांकन हो र केवल तिनीहरुको मात्र सन्दर्भको कुरा हो जसको एजेन्डा राप्रपा नेपालले बोकेको छ । मौका यही हो भनेर खोइरो खन्ने कामले यी एजेन्डाहरुलाई कमजोर नै बनाउँछ । अझ निराशा नै पनि ल्याउन सक्छ, संविधानसभामा एक अप्रिय तर अपेक्षित परिणाम आएका कारणले नै हार मानेर बस्नु पर्ने पो हो कि भन्ने निराशा जाग्नु कति ठिक कति बेठिक हो ? आफुलाई यी एजेन्डामा समर्पित भन्नेहरुले पनि आत्ममूल्यांकन गर्नु पर्दछ ।
मानवोचित स्वभावको वशिभूत भएर कमल थापाले केही विराएका छन् । यो उनले सच्याउनै पर्दछ, यसको निमित्त ति कुराहरु औल्याउन आवश्यक छ । यो कामलाई उनको अन्धसमर्थन गर्नेहरुले विरोध बुझेर धम्कीको भाषासम्म प्रयोग गर्न पनि पछि पर्दैनन् भने त्यो दुर्भाग्यपूर्ण कुरा हो । यस्तै विरोध गर्न तम्तैयार भएर बसेकाहरुले जे पायो त्यही भनेर मानमर्दन गर्न खोज्छन भने त्यो पनि उचित हैन । त्यस्ताले आफ्नो पनि मूल्यांकन गर्ने वेला भएको छ । निर्वाचनताका आफुले यस्तै कुरा गरेर राप्रपा नेपालको कति स्थान घटाईयो त्यो सोच्नु पर्दछ । आज त्यो स्थान पनि राप्रपा नेपालसंग भएको भए केहि हुन्थ्यो कि ?
यो वेला कमल थापाका गलत निर्णयहरु देखाएर भविष्यमा त्यस्तो नहोस भनेर सच्याउन सघाउने वेला हो । तर राप्रपा नेपालको संसोधन प्रस्ताव असफल हुने वित्तिकै सबै थोक सकियो भन्ने संदेश प्रवाह गर्न खोजिएको छ र यसले पार्ने दुस्प्रभावबाट बच्न यो आलेखमा पहिले उनी उपरका यी आरोप केलाउनै पर्ने भएको छ । तर यसको अर्थ उनले जे जे गरे त्यो सबै ठिक हो भन्न खोजिएको हैन । उनका गल्तीहरुको तथ्यपरक प्रस्तुति पछिको निमित्त राख्नै पर्ने परिस्थिति पैदा भएको छ ।
राप्रपा नेपालले उठाएका एजेन्डाहरु त्यसको एकमात्र स्वामित्वको एजेन्डाहरु होईनन् । न यी एजेन्डाहरुको संवोधन यो संविधानसभाबाट हुन सक्थ्यो । त्यहाँ केवल यी कुराहरुको उपस्थिति छ भन्ने देखाउन मात्र राप्रपा नेपाललाई पठाएको हो । यो उपस्थिति राप्रपा नेपालले राम्रैसंग जनाई सकेको छ । अर्थात जे कामको निमित्त त्यहाँ प्रतिनिधित्व गराईएको थियो त्यो पुरा गरि सकेको छ । कमल थापाले संविधानसभाबाटै यो पुरा गर्छु भन्नु अतिशयोक्ति थियो त्यसैको दण्डको रुपमा अहिले आफ्नो निर्धारित काम सफलतापूर्वक गर्दा पनि निम्नस्तरको आलोचना उनले खेप्नु परेको छ ।
धर्मनिरपेक्षताको विरोधमा आवाज हलुका गर्न पैसा खाएको भन्ने जुन आरोप छ त्यो विश्वसनिय लाग्दैन । ६३ जेष्ठ ५ गतेदेखि नै यो विरोधको आवाज उठन थालेको हो । त्यसवेला अहिलेका राप्रपा नेपालका सबैजसो नेताहरु करिव करिव लुकेका अवस्थामा थिए । मुद्दा लगाउने पक्राउ गर्ने आदि कामहरु उत्कर्षमा थिए । त्यो विरोधको आवाजमा चाहेर पनि साथ दिन सक्ने अवस्था राप्रपा नेपालका कोहि थिएनन् । अन्य आवाज दवाउन जेजस्ता उपाय, साधनश्रोत लगाउनु पर्यो त्यो शक्तिले कमल थापाले समाउदैमा यो आवाज बलियो हुने र उनले छोड्दैमा विलाएर जाने भनेर सोच्न कठिन पर्दछ । यस्तो अवस्थामा पनि यदि त्यो शक्तिले पैसा दिन्छ भने त्यो वालुवामा हालेको पानी सरह हुन्छ ।
अर्को आरोप संविधान जारी भएपछि मन्त्री पदको लालचको आएको छ । मुलुक गृहयुद्धको जस्तै अवस्थामा रहेको वेला जारी गरिएको संविधान लागु गर्न सकिने हो वा हैन भन्ने शंकामा स्वयं तीनदलका शीर्ष नेताहरु नै छन् । यसको प्रमाण उनीहरुले जसरी पनि संविधान जारी गरि छाड्ने भन्ने बारंवारको कुर्लाई हो । संविधानसभामा अत्याधिक बहुमत कायम राख्न आफ्नै दलका सभासदहरुलाई कति अचेटनु परेको छ त्यो कमल थापाले देखेका छैनन भन्ने कुरा पत्याउन सजिलो छैन । त्यसैले हातको कुरा छोडेर सपनाको फलमा आँखा लगाए होला भनेर मान्ने आधार भेटिदैन ।
तेश्रो आरोप हो भाई गणेश थापाको मुद्दामा कडाई गर्ने डर । जसले जे भने पनि कमल थापा आला काँचा राजनैतिक खेलाडी हैनन । आफ्नो दलको अन्तरविरोध लगायत अहिलेका शिर्ष नेताहरुलाई पनि चुनौती दिंदै आफ्नो स्थान बनाउदै गएका नेता हुन । यसवेला उनको भाईलाई कारवाही गरिनु भनेको उनलाई नायकत्व प्रदान गरिनु हो । जे कारणले गरिएको भए पनि यसवेलाको कारवाहीलाई संसारले प्रतिशोधको कारवाही भनेर ठान्छ । आज जो गणेश थापा दोषी नै हुन कि भनेर सोच्छ यस्तो वेलामा गरेको कारवाहीले उनी अन्यायमा परेको सोच्ने हुन्छ । त्यसैले भाइको कारण दवावमा परेको तर्क पनि बलियो छैन ।
बुझ्नुपर्ने कुरा के हो भने यी एजेन्डाहरु संविधानमा संवोधन भए पनि नभए पनि त्यो हारजित होईन । बरु यो संविधानमा संवोधन भएको भए अधुरो र अपुरो हुने थियो, कमजोर भएको वेला कसैले दयाले केहि दिएको जस्तो । त्यसैले वास्तविक संघर्ष त संंविधानसभा समाप्त भएपछि शुरु हुनु पर्छ र हुन्छ पनि । हारको मनस्थिति बनाउनु भन्दा खेल मैदानमा प्रवेश गर्नुभन्दा पहिलेको जोश र हौसला चाहिने हो ।
विराटनगर–१
प्रकाशन मितिः २०७१ भदौ ३१ गते बिहीवार