बागेश्वरी मन्दिर परिसरमा यही साउन १ गतेदेखि महायज्ञ हुने

नेपालगन्ज २९ असार,।
 
 नेपालगन्जमा एैतिहासिक महत्वबोकेको यस क्षेत्रको शक्ति पिठ बागेश्वरी मन्दिर परिसरमा यही साउन १ गतेदेखि महायज्ञ हुने भएको छ ।
 कालीमाता श्री नारिन्ता कुमारी शाहको संकल्पद्वारा १ महिने कोटिहोम महायज्ञ, शिव पुराण, पितृउद्धार, राष्ट्र शान्ति, मानव कल्याणको लागि सवा करोड दिप प्रज्वलन साथै नेपालमा गएको विनासकारी महाभुकम्पबाट अकालमा ज्यान गुमाएकाहरुको आत्म शान्ति र अगामी आउने दिनहरुको शान्ति समृद्धिको लागि कोटिहोम महायज्ञ संचालन हुन लागेको सचिवालय मण्डलका संयोजक पदम आर्यालले मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गरानुभयो ।
साउन १ गतेदेखि सुरु हुने महायज्ञ ४० लाखको लागतमा हुने आयोजकले जनाएको छ । शुभारम्भको दिन राप्ती नदिदेखि कलश यात्रा गर्ने समेत अयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । बडिमालिका सनातन धर्म नेपाल बाँके शाखाको अयोजनामा उक्त महायज्ञ संचालन हुन लागेको हो ।

SHARE THIS

Author:

Facebook Comment