– निशा खनाल अर्याल
दुइ विशाल राज्य चीन र भारतका विचमा हेर्दै रहर लाग्दो गरी टलक्कै टल्केने र सिन्दुरी रंगबाट सुनौलो रंगमा सबैको मनलाई लोभ्याउने च्याप्टो जाते तरुल फले झैँ हसिलो अनुहार लिएर उच्च छाती फिजाएर गर्वले ठिंग अवस्थित छ - नेपाल । विपरित दिशा तिरका दुइ विशाल चट्टानका रुपमा एक आपसमा चुम्बकीय शक्तिले आकर्षित भए झैँ आकर्षित हुँदा नेपाललाई सायद लोभ र मोह लाग्दो च्याप्टो तरुल बनेर फल्न बाध्य हुनु परेको होला । यो कुरा राज्य विधाता पृथिवी नारायण शाहले पहिला नै अनुमान गरिसक्नु भएको थियो । सायद तिनै ठुला ठुला चट्टानहरु एक आपसमा युद्धमा जुदे झैँ गरि जुध्दा त्यसको परिणाम नेपाल आमाले पटकपटक भोग्नु परेको छ । हिमालयको सृष्टिपनि यसैको उपज हो भने अनादिकाल देखि आइ रहने विनाशकारी भूकम्पपनि यसैको परिणाम हो ।
नेपालमा गएका विभिन्न भूकम्पहरु मध्य १९९० सालको भूकम्प बढी चर्चित थियो । सायद जुन भूकम्प वढी विनाशकारी हुन्छ त्यो नै बढी चर्चित हुने गर्दछ । जसरी नाम कमाउन कि नामी खलनायक वा डाका भए झैँ, भूकम्प पनि बढी विनाशकारी र क्षतिकारी भए सबैको मनमा जीवन्त सम्झना रहन्छ । विश्वभरी नै कलाकार धेरै हुन्छन तर प्रख्यात कमै हुन्छन,. गायक धेरै हुन्छ तर नाम थोरैको चल्ने गर्दछ . त्यस्तै सानोतिनो गुण्डगिरी डाका,लुटेरा,आतंकी,भ्रष्टाचारी गर्ने धेरै हुन्छन तर डर लाग्दोहरुको नामको चर्चा मात्र फैलिन्छ र चर्चित हुन्छन् । कि अति नै राम्रो कामको नामबाट प्रख्यात हुन्छ कि अति नै खलनायक ! भनिन्छ किट अ पूल हाल्नेको नाम रहन्छ रे किट अ पूल काट्नेको , हो त्यस्तै जस्तो लाग्छ मलाई पनि यो भूकम्पको प्रबृति । किन कि स-साना भूकम्पहरु पनि आउने जाने गरि रहन्छन बेलाबेला तर त्यसको वास्ता हुँदैन . क्षतिकारीको मात्र टिप्पणी गरिन्छ रेकर्ड राखिन्छ . जस्तै २०२६ सालमा आएको भूकम्प २०३५ सालमा आएको भूकम्प २०४५ सालमा आएको भूकम्पको रेकर्ड गरिएको छ जसले नेपालमा क्षति गरेको थियो । बेला बेला आइ रहने स-साना भूकम्पको महसुस गरेता पनि मानिसले त्यसलाई मन भित्र राखेका हुँदैन् वास्ता गर्दैन् . भूकम्प जस्तै विनासकारी वाढी ,पैरोपनि नेपालको लागि अभिशाप भएका छन् । तर तिनको पनि त्यति अभिलेख राखिएको देखिदैन ।
यी तिनै दैविक प्रकोपलाई नेपालीहरुले बारम्बार झेल्दै आई रहेछन आज सम्मपनि । म लाज नमानी भन्न पछी पर्दिन कि धनि देशका जनताले गरिब नेपालीहरुको विनाशकारी बाढी,पैरो,भूकम्प जस्तो क्षतिमा देशभित्रको पीडालाई विश्व समुदायले हेर्ने गरकै छ भने सबै भन्दा नजिकका मित्र राष्ट्र चीन र भारतले विशेष सहयोग गरेको देखिन्छ . भलै बाहिरी रुपमा सहयोगको हात देखिएपनि भित्रि रुपमा नेतामा खोट छ कि झैँ लाग्छ . नेपालको सौन्दर्यको लोभ र मोहले गर्दा आपसमा उनीहरुलाई अहिले तछाडमछाड । यो गम्भीर कुरालाई मैले यहा उठाउनुको कारण गोर्खा लडाई ,सिक्किम,आशाम,दार्जलिङ जस्ता नेपालको भूमिलाई भारतले नेपालका भागलाई ओगटेर आफ्नो बनाएको र हिजो आज चर्चित बुद्ध भारतमा जन्मिएको,हिमाल भारतमा पर्दछ ,पशुपतिनाथ इन्डियाको हो जस्ता कुराहरु भारतका च्यानलले प्रचारप्रसार गर्न सुरुवात गरेको हामीले फेस बुकमा भिडियोहरु देखेकै पनि हौ, र चीनले पनि सक्दो प्रयास नगरेको होइन र पनि आजको अबस्थामा उनीहरुको निस्वार्थ सहयोग आजको दुखदायी अबस्थामा ठुलो सहयोगको भूमिका रहेकोले नेपाल र नेपालीलाई राहत मिलेको छ मानबिय धर्म निभाउन उनीहरु दिलो ज्यानले लागि परेका छन् जसले गर्दा आफ्नो देशका नेताहरु भन्दा उनीहरु नै धन्यबादको पात्र बनेकाछन . यस्तै नजिकका छिमेकी राष्ट्र भुटान,वंगला देश,श्रीलंका,पाकिस्तान,दुबई,साउदी,अरब,सिंगापुर, र परापूर्वकालदेखि नै मित्र भइ आएका वेलायत,अमेरिका,जापान,जर्मन,अस्ट्रेलिया ,डेनमार्क,नर्थ वे ,येडिपी, यीएसए आईडी सेभद चिल्डेन,टोयोटा र युरोपका धेरै जसो राष्ट्रले सहयोग गरेका छन चाहे भूकम्प हो वा बाढी ,पैरो ,यी समुदायले नेपाल र नेपालीलाई समय समयमा हुने दैवी प्रकोपमा साथ पूर्णरुपमा सहयोग गरेको कुरा हामी सबैको आँखाको अगाडी छर्लंग छ भने यस देखि अतिरिक्त नेपाली जनसम्पर्क समितिहरु एन आर एन लगायत बिभिन्न संस्थाहरुले विदेशी भूमिमा काम गर्ने संसारभर रहेका नेपालीहरुबाट चन्दा संकलन गरि नेपालमा बिभिन्न स्रोतबाट सहयोग गर्दै आएका छन ।
जब दैविप्रकोप हुन्छ र नेपाली र नेपालीले ठुलो चोट,संकट,पिडा,दुख,दर्द,पाउने गर्दछन । गाँस बाँसले छट्पटी हुन्छन त्यो बेला उनीहरुको आँशु संगै बिदेशमा बस्ने हरेक नेपालीको मुटु छियाछिया हुन्छ र आशुको भेल बग्न थाल्छ र परदेश भएको नेपालीको मुटु सबै भन्दा बढी दुख्ने गर्दछन आफ्नो मातृभूमि नेपालको विपत्ति देखेर,।
त्यस्तै पिडामा रहेका शासित नेपालीहरुको र पीडाबाट दुखि भएका नेपाली सासक नेताहरुको मनभित्र पनि आशा र आनन्द आउँन थाल्छ जब विदेश बाट सहयोग प्राप्त हुन्छ ।
विशेष अव्यवस्था र अस्तव्यस्तता भित्र विशेष ब्यबस्था गर्नु पर्दा विभिन्न निकाय र नेताहरुलाई हम्मे हम्मे त पर्ने गर्छ तर त्यसको खर्चको प्रपारदार्शिता आज सम्म भएको पाइएको छैन । पिडामा रहेका नेपालीहरुले पाउने राहत,वितरण प्रक्रिया र राहतबाट हुने परिणामलाई हामी स्वतन्त्र रुपमा हामीले मुल्याकन गर्दा असमन्जस्यता मात्र पाइन्छ ।
लक्षित वर्गमा बहुतै कम राहत पुगेको हुन्छ भने तालिम र ब्यबस्थापनमा बढी खर्च भएको देखिन्छ । यसरी जनताको आशा र नेताको आशाको मात्र फरक देखिन्छ । त्यस्तै हाउभाउ नेताको प्रकृति फरक देखिन्छ जसरी अहिलेपनि सबैको सामु छर्लंग नै छ । पिडित जनताले भन्दा बढी राहत संसदीय मिटिंग भत्ता र उच्च कर्मचारी पदाधिकारीहरुमा नै वितरण हुन्छ आफ्नै ससुरालीबाट आएको कोशेली झैँ गरि । पिडा नेता र जनता दुबैमा देखिन्छ । फरक जनतालाई भोक र शोक,अनि कसरि गर्जो टार्ने,कहाँ शिर लुकाउने जस्ता पिडा तर नेतालाई आएको रकमको काटुन भित्र भएको डलरको विटो कसरी खर्च मिलाएर आखाँमा धुलो छ्याप्ने जनतालाई भन्ने पिडा । आशा र पिडा दुबैमा हुन्छन मात्र फरक बाध्यता र व्यबहारमा हुन्छ । पिडित, अपिडित,स्वदेशमा बस्ने ,विदेशमा बस्ने सासक,सासित,सबैलाई दात्री निकायबाट सक्दो धेरै सहयोग आए हुन्थ्यो भन्ने लाग्छ ।
खबरदार ! नेपाली शासकहरु !
नेपाली पाटीका राजनीति नेताहरु !
सभासद ज्यु हरु र उच्च वर्गका कर्मचारीहरु !
हामी जनताहरुले विदेशबाट आएको पिडित नेपालीको भोक तिर्खा ,गाँस ,बाँस मेटाउने सहयोग रकमको रेकर्ड एक एक गरि राखेका छौ ।
सम्बन्धित निकायमा उपयुक्त राहत पुगेंन भने र नष्ट भएका हाम्रा परम्परागत आदर्शका र पहिचानका धरोधरहरु पुह:निर्माण भएन् भने अनि राहत सदुपयोग भएँन भने र मात्र नेताहरुको ससुराली ताज महल बनेमा वा नेताहरु र उच्च कर्मचारीहरुको घरभित्र डलरको सिरक,डसना,बन्यो भने नेपाली जनताको आँशु तिमीहरुको घरभित्रको अभिशाप बन्ने त छदै छ नेपाली जनताले तिमीहरुलाई कदाचित छोड्ने छैनन अनि आफ्नो छातीलाई छिया छिया गरेर चिरिनुको पिडाले मातृभूमि आमाले तिमीहरुलाई धिकार्ने मात्र हैन लोभको खेतीगर्ने हरुलाई नष्ट गर्नेछिन् । मानबिय नैतिकता राखी आफ्नो जन्मभूमि र नेपाली जनताको आँशु पुछ ।
खबरदार ! संसारको सबै भन्दा गरिब र रोगी,बोलेको वाणी सम्म कसैले प्रष्ट बुझ्न नसक्ने प्रधानमन्त्री ज्यु !
तपाइको नियत राम्रै भएपनि आज जनताको नजरमा तपाई pani राम्रो देखिनु भएको छैन । तपाइको नामबाट तपाइको सहयोगको निउमा आएका प्रमुख सल्लाहकार तथा सल्लाहकारहरु देश र जनताको मानिस बन्न सिक्नुस् र आजको यो दुखद मातृभूमि नेपालको अबस्था प्रति चिन्ता लिदै नेपाली जनताको हितमा रही उनीहरुको गाँस बाँस र पीडामा साथ दिनुस् र राहत आफै अघि सरेर वितरण गर्न लगाउनुस ।. हैन भने भन्नै लाजमर्दो हामी बिदेसी नेपालीहरुको लागि प्रधानमन्त्री ज्यु त्यै पनि संसार कै गरीब भनेर इन्डियाका प्रधानमन्त्रीले व्यख्या गरेका तपाई जस्तो प्रधानमन्त्रीको कोठाभित्र बैकमा डाकाले लुटे झैँ गरि दुइ पल्ट सम्म कयौ लाख र करोड़ चोरी भएको कुरा पत्रपत्रिकामा पढ्न पाइएको हुँदा र हामी नेपालीको शिर लाजले झुकेकोले अब यो अवस्थामाथि गम्भीर भएर देश र जनताकोलागि सोच्नुहोस् किन कि तपाईका सहयोगीहरुले काटुनमा आएका विदेशी डलरको खेति देखेर रयाल चुहाई रहेका होलान ,कसैलाई आफ्नो ससुराली ताज महल बनाउने जस्ता सपना देख्दै बसेका होलान,।
तपाइ जनताको दृष्टिमा त्यागि नेता मानिनु हुन्थ्यो महामानव वीपी पछि नेपाल र नेपालीको मुटुमा वस्न सक्ने नेताको रुपमा . तर किन आज आएर खलनायक झैँ वन्नुभयो तपाइ ? गरिव भएर धेरै पैसा भ्रष्टाचार गर्न वातावरण वनाउनु भयो किन ? बुद्धि र विवेक नभएका र अति भ्रष्टलाई सल्लाहकार बनाएको परिणाम त हैन कतै ? राणाले जस्तै प्रेमीकाहरुलाई दरवारमा छिराउनु,त्यै पनि सभासद वा सल्लाहकार का रुपमा। छातिमै हात राखेर कसम खानुस् र भन्नुहोस -- देश र जनता प्रति समर्पित खै को छ ? हामी जनताको आशा तपाई माथि भएर आज सबैको सामु यस्तो देशभित्रको विपत्तिमा जनताको दर्द,दुख,पिडा बाड्न सम्म अघि नसर्ने ,भनेकाका कुरा जनता सम्म पुर्याउन नसक्ने आज तपाइको जन्मभूमि प्रति र जनता प्रतिको समर्पण खै कहाँ छ ? माघमा सम्विधान बनाएरै छाड्छु भन्ने तपाईका ती भाषण कहाँ गए ? संबिधान बनाउन नसक्ने,जनताको दुख बाड्न नसक्नेले किन कुर्शीमा वस्ने ? के विदेशी डलर भाग लगाउन मात्र हो ? के मर्दा डलर संगै जान्छ ?
अपरिहार्य कोहि छैन . एउटा स्टेटको मूख्यमन्त्री भएर तपाईले नवस्दा देश अघाडी वढ्छ। तपाईको नजरमा देशको प्रगति र जनताको हित गर्नु भन्दा ठुलो आफु र नातेदारको भलाई चाहिएको रैछ र त्यस्तै देखिन्छ पनि । नजिकका चाकडिवाजको उन्नति गरिदिनु छ । उनीहरुलाई डलरको डसनामा सुताउनु छ । नेपाली जनतालाई प्रधानमन्त्री र राष्ट्रपति समेत भएर शाशन गर्नु छ। त्यसैले ढोंग र नाटक मन्चन गर्दै कसैगरी कुरसीमै टासीएर अन्तिम सास फेर्ने इच्छा राख्नु भएको झैँ लाग्छ नि ? हामी नेपाली जनता के सधै तपाईहरु जस्ताको स्वागत गर्न वाध्यता छौ जस्तो अझै लाग्छ ?। अब देशमा यस्तै हालत रहे विकल्प छैन दरिद्री मानसिकताका नेतालाई जरो देखि उखेर फ्याल्न याद गर्नुस मातृभूमि रोई रहेछिन,जनता खुनको आशुले नुहाएका छन । यस्तो अबस्थामा अहिले आएका सहयोग रकम र सामग्रीहरुको विपत परेको जनतालाई राहत पुगेन,सुबिधापुगेन भने अब तपाइहरुले कुर्सीमा राज गर्ने दिन सकिए भनेर सोचे हुन्छ । हामीहिन्दु राष्ट्रका सम्पूर्ण नेपालीको आवाज हो विदेशबाट आएको राहतको सही सदुपयोग होस् हैन भने खबरदार ! । राहतमा चुहिएको र्याल चाडै पुछोस . नत्र यी अहिले रोइरहेका नेपाली जनताले कसैलाई छोड्ने छैन .
इजरायल
प्रकाशित मितिः२०७२ वैशाख २४ गते बिहीवार